Category Archives: Personal

just written……

जीवन यहां जीवन जस्तो नलागेको बेला । मन अचेत र अवचेतन जस्तै भएको बेला अनि समय क्रुर निष्ठुर र पराई भएको बेला । ति विगतका मिठा नमिठा यादहरु मनको मझेरीमा सुस्ताउन आईपुग्छन् । किहंकतै मिठा यादहरु अनि किहंकतै आफ्नै नमिठा घातहरु । धेरै पर छोडीएका सुन्दर फूलजस्तै हरसमय फकि्ररहने ती सुन्दर दिनहरु अब जीवनमा आउंदैनन् कि भनेर अत्यास लाग्छ । हो सांच्चै त्यो मिठो निर्दोषपना अहिले त आफ्नै मनभीत्र पनि छैन होल । समयको छलांगसंगै भत्किएका ती सुन्दर सपनाहरु अब त पर क्षितिजमा विलाईसके । सपना पनि कति मिठो कति रंगीन हुन्थ्यो त्यसबेला । मिठो सपना देख्ने लोभमा छिट्टै निदाउन विस्तारामा पल्टिहाल्ने बहाना खोज्न पनि मन छैन आजभोली । सपनाले पनि आफ्नो ठान्दैन आजभोली । आफैलाई डर र अत्यास लाग्ने सपना देख्ने त्रासले निन्द्रा पनि नजिक आउन मान्दैन आजभोली । तर कहां सकिन्छ र फेरी पनि जिन्दगीमा ननिदाईकन ब्युझन त ।
समक्रमसगै सपनाका रंगहरु पनि बदलिने रहेछन् । दुनियांसंगको साक्षात्कार जति लम्बिदै गयो जिन्दगी उस्तै नमिठो लाग्दै जानेरहेछ अनि त्यो संगै सपनाको रंग पनि परिवर्तन हुनेरहेछ । हो आजभोली दुनीयाको छलकपट र स्वार्थीपनाले मेरो आफ्नै संसार धमिलिएको छ । हरेक मान्छे घटी र बढीमा उस्तै हुनेरहेछन् । कोही कसैलाई आफ्नो नजिकको ठान्न र सोच्न मात्र पनि नसकिने जमाना रहेछ । मायाको बन्धनमा बांधीएकाहरु पनि फगत सम्झौता गर्दारहेछन् । श्रीमान श्रीमती बिचको सम्बन्धमा पनि धेरै तिक्तता देख्दछु म आजभोली । त्यो सुन्दर आवरणभीत्र पनि धोका कपट ईष्र्या र डाह मिसिएको हुने रहेछ । मेरो त्यसबेलाको कलिलो मस्तिष्कले यस्तो विशेषता छाम्ने र केलाउने सामथ्र्य राख्दैन थियो होला शायद । कहिकतै लाग्छ पनि मन त्यस्तै मात्र भएको भए हुन्थ्यो । मनले मनहरु नचिनेको र चिन्न नसकेको भए पनि हुन्थ्यो । आफ्नै मनदेखी असन्तुष्ट छु र गुनासो गर्छु आजभोली । यो दुनियां संगको साक्षात्कारले म आजभोली हरेक मान्छेलाई शंकाको द्रष्टिले हेर्न थालेकी छु । कसैले अगाडी आएर दिएको मिठो मुस्कान पनि मलाई कुटील लाग्छ । अनि कसैले प्रशंसा गरेर भरेको शब्दमा पनि म रमाउन सक्दिन । कसैको मिठो बोली मलाई पछाडीबाट हानेको तीर जस्तो लाग्छ । किनकी मलाई शंका लाग्छ त्यो सांच्चै होईन भनेर । मान्छे सांचो बोल्दैन भनेर मन देखी बोल्दैन भनेर । मान्छे अझै यति महान कहां बनिसकेको छ र अरुको प्रगतिमा खुशी हुन सक्ने । त्यो त देखावटीपन हो दुनीयांको । यो स्वभाव हो मानवको । आखिर यो हरेक मान्छेको विशेषता रहेछ । अरुको काम र कुरामा रमाउन नसक्ने अद्भूत विशेषता त मान्छेमा मात्रै रहेछ । धन्य हो सुन्दर अनुहार भित्रको कूरुप मन । किन बनाउछौ भगवान मान्छेलाई रुपमा धनी अनि सोचमा यति दरिद्रता । तन जस्तो सुकै बनाउ तर मन सुन्दर बनाईदेउ न । खैर अब त सृष्टिकर्तालाई गुनासो गर्न पनि मन छैन । मेरो आग्रह र अनुनय पनि छैन तिमीलाई । मान्छेहरु आफै बांच आफै हास । अरुलाई पछारेर किहं पुगीदैन भन्ने हेक्का पनि राख । अगाडी र पछाडी फरक नबन । जस्तो छौ तिमी भीत्रैदेखी बाहीर पनि त्यस्तै बन । त्यो कुटील आवरण लिएर कृपया म कहां नआउ मान्छेहरु । जिन्दगीमा तिमी पनि जानै पर्छ अजम्बरी लिएर आएका छैनौ त्यसैले कम्तिमा यसको हेक्का राख । हे दुनियांका सभ्य भनाउंदा मान्छेहरु ।

मेरो पहिलो गरु आफ्नै बुबा

आज गुरु पर्णीमा रहेछ । त्यही अक्षर बाट बनेका शब्दहरु अनि त्यही शब्दबाट बनेका वाक्यहरु पढेर मैले जिवनमा साक्षर बन्ने सौभाग्य पाएकी हु । आज ति तमाम गुरुहरुलाई मेरो आदरपुर्ण सम्मान र सम्झना । भनिन्छ घर मान्छेको पहिलो पाठशाला त्यसैले मलाई अक्षर सिकाउने मेरो जिवनको पहिलो गुरु पनि मेरो आदरणीय बुबा । आफुले पढ्न नपाएको सौख र सपना पुरा गर्ने बुबाको प्रतिवद्धता अनि त्यही बाटोमा हिडाउन खोज्दा सिकेकी हु मैले अक्षर । कहिले भुईमा कोरेर सिकिन्थ्यो कहिले माटोको भीत्तामा कोरिन्थ्यो । बुबाले पहिलोपटक ल्याईदिनुभएको कालो पार्टी म कहिले विस्रन सक्दिन । जसको वरीपरी हरियो किनारा थियो अनि त्यसमा सेतो खरीले बुबाले लेख्नहुन्थ्यो अनि आफले त्यसैको मुनी लेखिन्थ्यो । बुबा कति मजाले घुमाएर क लेख्नहन्थ्यो । हेर्दा पक्का लेख्न सक्छ भन्ने लागेपनि लेख्न खोज्दा बुबाले जस्तो बनाउनै सकिदैनथ्यो । जति पटक विगारेपनि बुबाले माया गरी हौसला िदंदै सिकाउनहन्थ्यो । त्यसैले मैले छिट्टै टिप्थे । बुबाले अक्षर सिकाउदा ममीले घरधन्दा सिकाउनुभयो । यसअर्थमा ममी पनि यो दिनको लागी सम्झन योग्य ब्यक्तित्व मेरो लागी ।
त्यही कालो पार्टीबाट शुरु गरेको अक्षँर सिक्ने यात्रा अझैसम्म जारी छ । मलाई औपचारिक शिक्षा दिएर सक्षम बनाउने सबै गुरुहरुलाई आदरपुर्वक सम्मान र सम्झना । अनि मलाई मिडिया सिकाउने सबै अग्रज ब्यक्तित्वलाई सलाम । आज गुरुपर्णीमाको अवसरमा जिन्दगी जिउन सिकाउने ज्ञात अज्ञात सबै ब्यक्तित्वलाई मेरो सम्झना र आभार ।

एउटा गज्जबको सन्तुलन

एउटा सार्वजनिक कार्यक्रम आयोजना भएको थियो । जसमा मेरो अफिस Uganda Media Womens association पनि सहभागी भएको थियो । विशेष गरी बालबालीकाका लागी रमाईलो तथा चेतनामुलक कार्यक्रम थियो । मेरो लागी त सबै रमाईलो र नयां अनुभव हुने नै भयो । तर एउटा कुराचाही विल्कुल अनौठो । एकजना मान्छे एउटा अग्लो साईकल माथी बसीरहेको थियो रुखको हांगा समातेर अनि साईकलको चक्का एउटा मात्रै थियो । म सोचीराथे यो मान्छे यो साईकल कसरी चलाउंछ होला भनेर । एकैछिनमा बैण्ड बाजा बज्न थाल्यो । उ साईकल चलाउदै कार्यक्रम स्थलबाट सडकमा निस्कियो । सडक पनि राम्रो पीच गरेको काहां हो र पुरै खाल्डाखुल्डी थियो । तर उसले मजाले साईकल चलाएर देखायो ।

The Power of balance

आखिर यसो सोचे मैले सन्तुलन त रहेछ अभ्यास न रहेछ । उसले आफ्नो शरिरलाई सन्तुलनमा राख्न सकेर त साईकल गुड्यो । तर अलिकति सन्तुलन गुमाएको भए उ घाईते पनि हुन सक्थ्यो । तर त्यस्तो खाल्डाखुल्डीमा पनि जोखीम मोलेरै उसले सन्तुलन मिलायो र लगभग चार किलोमीटर जति मजाले चलाएर देखायो । त्यो भीडमा उ माथी माथी उडीरहेको जस्तो अनौठो लाग्थ्यो । मैले त्यसैलाई आफ्नो जीवनसंग दांजेर हेरे । यस्तै हो सन्तुलन मिलाउन सके जीन्दगी एउटै चक्कामा पनि मज्जाले गुड्दो रहेछ । तर त्यो अलिकती अनौठो चाहीं हुदोरहेछ अरुका लागी । कतै आफ्नै पनि यस्तै अभ्यास हो कि । If you want to see the video..just click this link  http://www.youtube.com/watch?v=YF8ISXHFNYk&feature=youtu.be

अफि्रकामा युरोफीभर

युरोजोनको आर्थिक मन्दीको चर्चा छांयामा मार्दै आहिले युरोकपले विश्व तताएको छ । सबै ब्यस्त छन् दिनदिनैको दैनीकी हेर्दै आ आफ्नो देश टीम र ब्यक्तिको खेल हेर्न । परिक्षा चलिरहेका साथीहरु भन्छन् परिक्षा त बर्षै पिच्छे आउंछ युरोकप त चार बर्षमा एकपटक आउंछ । हो चार बर्षको प्रतिक्षा पछि आउने युरोकप सांच्चै कति महत्व होला । भरखर जन्मिएको बच्चा तोतेबोली सिकेर पनि स्कुल जाने भईसकेको हुन्छ एसएलसी िदंदा युरोकप हेर्नेहरु अर्को युरोकप सम्म त ब्याचलर पढ्ने भईसक्छन् जागीर खोज्दै भौतारीनेहरु जागीरमा परिपक्व बनिकेका हुन्छन् । हामी नेपाली संविधानसभा चुनाव गरेर बैठक बसेर पांच पटक म्याद थपेर पनि भंग गर्न भ्याईसकेका छौ भने अर्को चुनावको तयारी गर्दैछौ । थाहा छैन अर्को यरोकपमा संविधान बनिसक्छ कि सक्दैन । अनि कति लामो रहेछ त युरोकपको एक फन्को । अनि महत्व त हुने नै भयो नी । अहिले हेर्न छुटाए चार बर्ष कुर्नुपर्छ । फेरी आफूलाई मन पर्ने खेलाडी अर्को पटक त चार बर्ष बुढो भईसक्छ अहिलेको जस्तो खेल्न सक्नी पो हो कि होईन अहिलेसम्म जम्मा ६ जना खेलाडीले चारवटा युरोकप खेलेको रेकर्ड छ । अनि अहिले युरोकप नहेरेर भयो त ?
नेपालमा युरोकप हेर्न समय चाहीं विल्कुल फरक परेछ यसपटक । राती १२ बजे खेल शुरु हुने कतिले निन्द्रा माया मारी मारी फुटबल हेरीरहेका होलान् विहान ढिलो अफिस जाउंला भन्दै । धेरैको निन्द्रा विगारेको छ अझ कतिलाई पकेट रित्तिएको पत्तो भएको छैन होला । खेल्ने देश अर्कै खेलाडी अर्कै देशका जितेदेखी कप लैजाने नी अर्कै तर बाजी हामी राख्छौ अनुमानको भरमा । फुटबल भनेको शक्तिशाली टिमले मात्रै गोल गर्न सक्दैन नी अलिकति लक पनि हो । कि्रश्चियाना रोनाल्डो हुदैमा पोर्चुगलले जीत्ने नी होईन वायन रुनी हुदैमा ईगलेण्डले जित्छ नै भन्ने के ग्यारेन्टी । तर पनि हामी पैसा दाउमा लगाउर्छौ । तर युरोकप होस वा विश्वकप साथीभाई भेटघाट गर्ने एउटा रमाईलो बहाना पनि हो हामीलाई ।
युक्रेन र पोल्याण्डले संयुक्त रुपमा आयोजना गरेको अहिलेको यरोकप पुर्वी युरोपमा भएको पहिलो पटक हो । सन १९६० देखी सुरु भएको युरोकप त्यसपछि १९६४ सम्म UEFA European Nations Cup भनिन्थ्यो । यरोपका १६ राष्ट्र आआफ्नो देशमा चादीले बनेको आठ किलोको आकर्षक कप भित्र्याउने दाउमा छन् । प्रत्येक यरोपीयन क्लवमा कम्तिमा एकजना अफि्रकी खेलाडी आवद्ध छन् । जब जब विश्वमाचमा फुटबल शुरु हन्छ तब रंगभेदको विषयमा चर्चा उत्तिकै हुन्छ । रंगभेद भन्नाले खेलाडी अथवा खेल अधिकारीहरुलाई उनीहरुको देश रंग जात आदिबारे टिप्पणी गरेर होच्याउने अथवा गालीगलौज गर्ने हो । स्पेनीस टीमका कोच लुईस एरागोन्स जो विश्वकपमा आफ्ना खेलाडीलाई फ्रान्सविरुद्ध खेल्न तालीम िदंदै थिए तालिममा एकजना खेलाडीसंग उनले रंगभेदी टिप्पणी गरेको भएर स्पेनीस फेडेरेसनले पांच हजार डलर जरीवाना तिराएको थियो । जति नै रंगभेद भएपनि यरोपीयन क्लवमा अफि्रकी खेलाडीहरुको आकर्षण उस्तै छ । किनकी रंग हेरेर होईन खेल्ने तरिकाले प्रभावित पार्छ दर्शकलाई । स्वयम युरोपमा पनि अफि्रकी जस्ता काला जाति छन् । म्याडोना रोनाल्डोजस्ता खेलाडी बाहेक आईभोरी कोस्टका काला डिडियर ड्रोग्वा ब्राजीलका रोनाल्डीन्हो अथवा पेले नै किन नहुन् उनीहरुका करोडौ फ्यान छन् विश्वमा । अफि्रकी जनताले फुटबलाई त्यति प्राथमिकता दिन्छन् जति भारतमा कि्रकेटलाई दिईन्छ । फुटबलको चार्म देखेर म छक्कै पर्छ । यीनीहरु ब्ाडो निश्चिन्तका छन् । अहिले यहां युरोकपको फिभर छ । बाटोभरी युरोकप हेर्नेको भिड हुन्छ जताततै । रेस्टरेन्ट होटलको ब्यपार भरीभराउ छ । मोबाईलमा अनेक थरी प्राइज राख्दै एसएमएस आएर हैरान पार्छ । नेपालमा साथीभाई मिलेर खाजा खुवाउने सिनेमा हेर्ने अथवा यस्तै सामान्य बाजी राखेको थाहा थियो । तर यहां त बाजी खेलाउने कम्पनीहरु नै हुदा रहेछन् । त्यसमा पनि कसले जित्छ कति गोल हान्छ कसले हान्छ जस्ता तह हुने बाजीकॊ । बाजीमा जग्गा घर कार टेलिभीजन फि्रज लगायतका सामान पाउन सक्ने जित्नेले । त्यसैले उनीहरु प्रत्येक अपडेट हेरीरहन्छन् बाजी राख्नको लागी अनुमान गर्न सजिलो हुने गरी । बाजीकै कारण यहां कोही करोडपति भएका छन् भने कोही रोडपति नी भएका छन् । कतिले अफिस विदा लिएर बसेका छन् युरोकप हेर्नै भनेर । उनीहरुको आंखा लगातार टेलिभिजन रेडीयो ईन्टरनेटमा हुन्छ ।
हेरौ यसपटकको युरोकपको अन्त्य कसरी हुन्छ । २००८ मा कप लगेको स्पेनले निरन्तरता दिन्छ अथवा हारेको जर्मनीले अहिले बदला लिन्छ । पोर्चुगल ईंगलेण्ड र फ्रान्स पनि दाउ हेरीरहेका छन् । के थाहा चेक रीपब्लिक या ग्रीसले पो लाने हो कि अझ मैले ईटाली ग्रीस त छुटाएछु । जे होस अब जुलाई १ सम्म यो फीभर घट्नेवाला छ्रैन झन् बढ्दै जानेछ र उच्चविन्दमा पुग्नेछ । सन् २००८मा नेपालमा हेरेको यरोकप २०१२ मा अफि्रकामा हेर्दैछु । यतिखेर म चाहीं सोच्दैछु सन् २०१६ मा फ्रान्समा हुने युरोकपमा कहां भईन्छ होला । शायद फ्रान्समै पो भईन्छ कि । के भन्न सकिन्छ र जिन्दगीको बाटो कता मोडीन्छ ।

उ नेपाली ठिटो

मलाई आफ्नै पौरखले जीवन बांच्नेहरु मन पर्छ । अभिजात वर्गमा जन्मिएर अमेरीका र युरोप भन्दा आफ्नै बलबुताले खाडीमा जानेहरुले बगाएको पसिनाको बढी सम्मान गर्न मन लाग्छ । अर्काले बनाईदिएको बाटोमा हिड्न त जसलाई नी सहज हुन्छ तर जसले आफूले बनाएको बाटोमा िहंड्छ उसले बुझेको हुन्छ साचो अर्थमा जीवन । पैत्रीक सम्पतिमा आंखा लाउने भन्दा आफ्नो श्रममा विश्वास गर्नेहरुप्रति म सम्मान गर्छु । 
दैलेखदेखी आफ्नो जीन्दगीको बाटो आफै कोर्दै युगाण्डा आईपुगेको एउटा भाईसंग भेट भयो । उमेरले उ म भन्दा कान्छो तर विहेवारी गरेर छोराछोरीको जिम्मेवारी बोकेको परिवारको जेठो छोरो । सोसल मिडियाकै उपयोगबाट उ संग मेरो भेट भयो । फोन नम्बर आदानप्रदान भयो । पहिलोपटक उसैले मलाई फोन गर्यो । उसको आवाजमा छचल्किएको त्यो खुशी मैले प्रष्टै अनुभव गरे । यस्तो लाग्थ्यो उसले बर्षौ देखी नेपाली बोल्नै पाएको थिएन नेपालीलाई भेट्नै पाएको थिएन । उसको निम्ता थियो एकपटक भेट्नै पर्ने । त्यसैले एकदीन म आफै भेट्न गए । उसको र मेरो बसाई ठ्याक्कै सातदोबाटो र धापासी जस्तो थियो । तर पनि म सोध्दै खोज्दै म गए उसकोमा । एउटा इण्डियन साउको रेस्टुरेन्टमा बसीरहेको गमक्क परेको मोटो मोटो । उसलाई उसको नाम ठिक्क सुहाएको गणेश ।
मलाई देखेर उसको मुहारमा एक प्रकारको चमक महशुश गरे । उ पटक पटक दोहोराईरहन्थ्यो तपाई संग भेटेर म एकदमै खुशी छु । म झन् खुशी नहुने कुरै भएन । मेरो आतिथ्यताका लागी उसले कति धेरै खानेकुरा बनाएर राखेको रहेछ । मम तन्दुरी नान दाल भात कति मिठो थियो । अझ त्यसमा उसले माया सम्मान र आत्मियता मिसाएको थियो ।

enjoying food with ganesh

उ फोनमा जसरी खुलेर बोलेको थियो भेटमा भने निहुरीएर बोल्ने बानी रहेछ । गाउंमा बस्ने श्रीमती दुई वटा छोराहरु अनि बुबाआमाको न्यास्रोले केही अत्तालीएको जस्तो । उ विस्तारै आफ्नो कुरा फुकाउदै गयो । घरमा आइए मा फेल भएपछि बाले हानेको एक लातले एक रातमा उसलाई दिल्लि पुर्यायो । अन्जान ठाउंमा आफूले बांच्न गरेको संघर्ष उ कहिले बिस्रन सक्दैन । बांच्न विकल्पको लागी मान्छेले नगर्ने के हुन्छ र  उसले होटलमा काम गर्यो समय जसरी अगाडी बढ्दै गयोउ काममा पोख्त हुदै गयो । अनि एकजना आफन्त मार्फत उ युगाण्डा आईपुग्यो । यहां आएको पनि तीन बर्ष भएछ । अब त उ साउको विश्वासीलो पात्र बनीसकेको छ । यो पुरै रेस्टुरेन्ट उसलाई आफ्नै जसरी दिएको छ साउले । उसले नै काम लगाउने अख्तियारी पाएको छ अनि तलब पनि त धेरै भएको छ ।
धेरै संघर्षबाट उसले पाएको अहिलेको जिवनले केही सन्तुष्टि दिएको छ । पढाई पुरा गर्न नसकेकोमा भने कताकता पछुतो छ उसलाई । तर अनगीन्ती सघर्षका बाबजुद उ अहिले धेरै कमाउने घरघडेरी जोड्ने भएको छ ।  जे होस एउटा यस्तो संघर्षशील पात्रलाई भेट्दा म पनि खुशी नै थिए । तीन बर्षपछि यसपाली दशैमा  घर जाने योजना बनाएको छ उसले ।  उसको खुशी प्रत्येक वाक्यमा उ जोडीरहेको थियो ।  मात्र नेपालीको नाताले भेटेको उसलाई मैले । फर्कने बेला उसले मलाई सोध्यो तपाई संग खर्च छ  धन्य हौ तिमी गणेश भाई । तिम्रो जीवनमा सफलताको कामना ।

उस्तै भीडमा फरक म

आफूजस्तै मान्छेको जमातमा बांचेको त जीवनमा धेरै भयो । धेरै बर्ष उस्तै परिवेश अनि उस्तै खालका मानीसहरुसंग संगत गरियो । स्कुल पढ्दा उस्तै साथीहरु थिए कलेज जिवनमा पनि उनिहरु नै जागीर खान थालीयो उस्तै साथीहरु । एउटै देश एउटै वातावरण उस्तै रहनसहन र सामाजिक वातावरणमा हुर्किएपछि विचार र संस्कारमा पनि खासै फरक पर्दैन । हाम्रा आफ्नै सामाजिक मुल्य र मान्यताहरु छन् जुन युरोप अमेरिका लगायत पश्चिमा मुलुक भन्दा भिन्न र मौलिक छ । हामी उनिहरु जत्ति खुला र उदार छैनौ हामी केही रिजर्भ छौ । तर हामी त्यही ठाउंमा बसेर अनुभव गर्न पाए सांच्चै कस्तो फरक हुन्थ्यो होला भन्ने मनको चाहना अहिले पुरा भएको छ । म पूर्वि अफि्रकामा पर्ने एउटा मुलुक युगाण्डामा छु । हामी त्यस्ता मुलुकका नागरिक हौ जहां कुनै अमेरिका या युरोप मुलुकको पनि हुनुपर्दैन सेतो छाला भएको खैरो कपाल र कुईरो आंखा भएको मान्छेप्रति अर्कै आशक्ति हुन्छ । उनीहरुप्रति हाम्रो आशक्ति यस्तो छ कि एकपटक बोल्न पाए उ मेरो साथी हो भन्न पाए धन्य सम्झन्छौं । उनीहरु सम्पन्न हुन्छन् हामीलाई दिन बांड्न आएका भन्ने ठान्छौ र हात मोल्दै अघिपछि गर्छौ ।
केही यस्तै अनुभव गर्दैछु म अहिले अफि्रकामा । काला अफि्रकनहरुको भीडमा म ठ्याक्कै चिनिन्छु परैबाट । मलाई देखेर जो कोही पनि फर्किएर हेर्छन् । बाटोमा एक्लै िहंड्दा सबैको आंखा आफूतीर भएको देख्दा कहिलेकाहीं एकदमै अनौठो लाग्छ । यीनीहरुलाई कम्प्लिमेन्ट दिन कसैले भेट्ने रहेनछ । हाई ब्युटीफुल आई लाईक योर हेयर आई लाईक योर आईज यु आर ब्युटीफूल आई लाईक योर सुज ड्रेस त बाटोमा िहंड्नेले नि भन्छन् अफिसका साथीहरुको त के कुरा गर्नु । बाटोमा हिडिरहेको बेला खेलीरहेका केटाकेटी मलाई देखेर खासखुस् गर्छन् उसले उसलाई हेर्न गोरी केटी आउंदैछे भनेका होलान् शायद त्यसपछि सबै एकै स्वरमा दंग पर्दै हात हल्लाएर बाईबाई गर्छन् । गोरीलाई हामीले कुईरी भनेजस्तै यीनीहरुले स्थानीय भाषामा मुजुंगी भन्छन् । उनीहरु बाईबाई मुजुंगी भन्छन् कुईरी खैरी भन्या भए पो अलि अलि रिस उठ्थ्यो मैले पनि हात हल्लाएर बाई बाई भन्दिन्छु । उनीहरु खुशी हुंदै दंग पर्छन् । त्यसबेला मलाई आफ्नो बाल्यकाल सम्झना आउंछ । जतिबेला गाउंमा कोही गोरा मान्छे आउंदा त्यसैगरी बाईबाई गर्थे किनकी त्यसभन्दा बढी अग्रंेजी आउथेन । यस्तैगरी अहिले यहांका केटाकेटी मलाई दंग परेर हेर्छन् म फुरुंग हुन्छु । साना तोतेबोली बोल्ने कलिला केटाकेटीको अनुहारको चमक देखेर म सांच्चै प्रफुल्लित हुन्छु ।
उस्तै काला मान्छेहरुको भीडमा फरक गोरी हुनु पनि अनौठो अनुभव हुनेरहेछ । म कुनै कार्यक्रममा सहभागी भएभने उनीहरु मलाई कुसर्ी छाडीदिन्छन् । म आफूलाई उनीहरुले गरेको सम्मान सम्झन्छु । कतिलाई मेरो कपाल छुन मन लाग्छ मेरो कपाल देखेर लोभीन्छन् । ईथियोपीयामा एउटा केटाले मेरो कपाल छोएर यो सक्कली हो भनेर सोधेको थियो । अफि्रकनहरुको कपाल दह्रो हुन्छ अलि अलि बढ्यो भनेपनि कोर्न सक्दैनन् त्यसैले महिलाहरु नक्कली कपाल राख्छन् भने पुरुषहरु मुडुलो हुन्छन् । साथीहरु भन्छन् तेरो कपाल काटेर मलाई देन कोही भन्छन् हे भगवान मेरो पनि त्यस्तो कपाल भईदिए ।
केही राम्रा अनुभव हुंदा हुदै पनि फरक हुनुको बेफाईदा पनि छ । म परबाटै टक्क चिनिन्छु । सबैको आंखा पर्छ । पाकेटमार र चोरको बीगबीगी त आफ्नै देशमा पनि छ । त्यसैले गोरा मान्छेहरु संग धेरै पैसा हुन्छ भन्ने मानसीकताले किहंकतै काम गर्छ कि जस्तो लाग्छ । बाटोमा एक्लै िहंडदा बसमा यात्रा गर्दा चाहीं कहिलेकाहीं म पनि उनीहरु जस्तै भएको भए नि हुन्थ्यो नि जस्तो सोच्छु । किनकी कसैले एकदमै नोटीस गरिरहेको भान हुन्छ । तर घरमा आएर ऐना हेर्छु अहं नाई मलाई म नै ठिक छु । यस्तै गरी काटौंला म यहां दिनहरु । जिवनमा एउटा नयां र विल्कुल फरक अनुभव जुन शायद मलाई किहं कतै प्राप्त हुंदैन । म उस्तै मान्छेहरुको भीडमा फरक मान्छे गोरी लामो कपाल भएकी नाकमा फूली लगाएकी नेपाली केटी ।

I am missing you

तिमिसंगको साईनो मेरो जन्म अर्थात मैले धर्ति टेक्नु र सृष्टि देख्नु अघिदेखीको । त्यसपछिका हरेक सम्बन्ध तिमि भन्दा सानो छ त्यसैले सम्बन्धमा पहिलो अधिकार मात्र तिम्रो छ । तिमिले दश महिना कोखमा राख्यौ शायद त्यसलाई जिवन्त दिने मिठो कल्पना सजाउंदै । थाहा थियो तिमि बुहारी थियौ त्यसबेला एउटा ठुलो परिवारको । तिमिले त्यो अवस्थामा पनि कति काम गर्नुपथ्र्यो होला । तिमि घांस काट्न जंगल जान्थ्यौ खेतमा काम गथ्र्यौ । त्यसमाथी सासु ससुरा नन्द आमाजु अनि श्रीमानलाई रिझाउन तिमिले आफ्ना कति ईच्छा र चाहनाहरुलाई तिलााजली दियौ होला पक्कै पनि । तिमिले अमफूलाई कहिले केन्द्रमा राखेनौ अहिले पनि तिमि उस्तै छौ । सबैको ख्याल गर्ने तिमिले आफ्नो ख्याल कहिले गरिनौ । त्यसैले त तिमीलाई संसारकै गहन शब्दले पुकार्दैछु । तिमी आमा हौ मेरी आमा । मलाई जन्म िदंदा तिमिले भोगेको प्रसव पीडाको अनुमान मात्र गर्न सक्छु । तिमिले गरेका हरेक संघर्षहरु सांच्चै मलाई कथा जस्ता लाग्छन् । परिवारकी जेठी छोरी र घरकी बुहरीको नाताले तिमिले निर्वाह गरेको हरेक भूमिकामा कहिले आंच आउन दिएनौ । तिमी प्रकृतिले नै त्यस्तै छौ अर्काको खुशीमै आफ्नो खुशी देख्छौ । जिन्दगीका उतारचढावमा तिमिले कत्ति आंशु खसाल्यौ होला कति ठाउंमा चित्त दुख्यो होला तर तिमिले चुपचाप आफ्नो मनसंग मात्र गुनासो गर्यौ । आफ्ना सन्तानले सुख देलान् भन्ने आसामा तिमिलॆ हरेक दुख आत्मसात गर्यौ । तिम्रो त्यो देदिब्यमान चेहरामा दुखका धसा्र कहिले देखिएन किनकी तिमी सुदुर भविष्यको मिठो कल्पनाले ज्वाजल्यमान थियौ । वरीपरी आफ्ना सीर्जनाका फूलहरु ढकमक्क फूलीरहेको सपना देख्थ्यौ । झरी बादल घाम पानी हर समय तिम्रो लागी उस्तै थिए केहीको पर्वाह गर्थेनौ । तिमिले दिनभर घाममा खेत खनेको याद छ मलाई अरुको मेलापात हिडेको याद छ मलाई झमझम पानी परेको बेला घांसको भारी ल्याएर गोठमा बिसाएको याद छ मलाई । तिमी त्यस्ती महान ह्रदयकी धनी हौ जो परिवारका सबैको पेट भरेपछि रहे खान्थ्यौ नभए भोकै सुत्थ्यौ । तिमी बोटमा पाकेको आंप हामीलाई दिन्थ्यौ र आफु बिग्रेको र कांचो खान्थ्यौ । मलाई अझै पनि याद छ सबैजना बत्तिको उज्यालोमा झुम्मिएर पढ्न बस्दा तिमि पर अंध्यारो कुनामा भांडा माझीरहेकी हुन्थ्यौ । मेरो त्यो बाल मष्तिष्कले त्यसैबेला सोचेको थियो तिमिलाई पढ्न रहर छैन होला र तर कहिले गुनासो गरिनौ हामीसंग । तिम्रा सन्तानले पढेर जति प्रगति गरे त्यसमा तिम्रो त्यही संघर्षको देन छ । अहिले त तिमी पनि पढ्न जान्दछौ अलिअलि धेरै सिकाउने रहर थियो तर अब त तिम्रो शरीरले पनि िदंदैन तिम्रा आंखा पनि पहिले जस्ता छैनन् । तिमिले आफ्नो शरीरको पनि ख्याल नगरी दुख गर्यौ नी त्यसबेला । सन्तानका लागी तिमिले गरेको त्याग तपस्या बलिदान र संघर्षको ब्याख्या गर्ने कुनै शब्द छैन । अतुलनीय र अवर्णनीय छ तिम्रो आत्मीयता तिमिले दिएको ममता तिमिले प्रदान गरेको वात्सल्यता अनि तिमिले सिकाएको बफादारीता र ईमान्दारीता । बस म महशुश मात्र गर्न सक्छु । यति ठुलो बनायौ तिमिले कति सपना सजाएकी थियौथाहा छ ति पुरा भएका छैनन् । तर पनि गुनासो गर्दीनौ तिमि त्यसैले त तिमि महान छौ । तिमिलाई खुशी बनाउने असीम ईच्छा छ आमा तिम्रो आंखामा कहिले आंशु देख्न नपरोस् । संसारका हरेक खुशी म तिम्रो लागी दिन चाहन्छु । तिमीले दिएको गुनको बदला दिन सक्ने त्यस्तो कुनै वस्तु छैन यो संसारमा । त्यसैले तिम्रो चित्त दुखाउने अधिकार पनि छैन मलाई । जति तिम्रो समीपमा रहेर सिकें संसारले के सिकायो र । सन्तान भएर तिमी प्रतिको कर्तब्य म कहिले विस्रने छैन । तिमी कत्ति चिन्ता नगर आमा तिम्रो हरेक दुखमा हुनेछु । तिमी निश्चिन्त बन मलाई तिमिले आफ्नो लागी जन्म दिएकी हौ । नजीक हुंदा कहिलेकाहीं चित्त दुखाएं हुंला दुख पनि दिए हुंला तर मेरो अन्तरआत्माले भन्छ मेरो तिमी संगको नाता अजम्बरी छ । समय र परिस्थितीले कहिलेकाहीं संसार देखी टाढा जाने मन होला तर तिमिलाई छोडेर जान सक्दिन म । मेरा हरेक अंगमा तिम्रो रगत बगेको छ । मैले फेर्ने हरेक सासमा तिमी छौ । टाढा छु यत्ति लाग्छ मलाई कि तिमीले मेरो चिन्ता गरेकी हौली । म विश्वास दिलाउन चाहन्छु तिमीलाई कि म तिम्रो सहारा बन्नेछु । मेरा हरेक क्षण तिम्रो लागी हुनेछ । तिमी ढुक्क बन तिम्रा लागी दुनियांका हरेक चुनौती सामना गर्नेछु । तिमीले देखाएको असल मार्गमा िहंडेर जब म लक्ष्यमा पुग्नेछु त्यसको पहिलो श्रेय तिमीलाई जानेछ । टाढा र नजीक त समयले बनाउछ तर मनको दुरी कहिले बढ्ने छैन । तिमी संग पनि दुरी बनाए भने म के सन्तान भएं र आमा आफ्नो कोखमा गर्व गर्ने बनाउंला तिमिलाई । मेरो बलबुताले भ्याएसम्म असल सन्तान बन्ने प्रयत्न गरौंला । तिमी कत्ति चिन्ता नगर आमा तिमिलाई धेरै खुशी लिएर आउंला । जुनीभरी तिमी संगै रहुंला ।

गजल

यसरी भन

जे भन्छौ दिल खोलेर भन

आंखाले होईन बोलेर भन

 

जान्नु नी पर्छ मायाको भाषा

कुरामा मिठो घोलेर भन

 

म्ायामा डर किन हो मान्नु

सबै चुनौती मोलेर भन

 

विश्वास जित्न परिक्षा देउ

मायाको रापले पोलेर भन

A few words

आखिर कहिल्यै पुरा भएर नसकिने रहर त रहेछ जिन्दगी कहिल्यै नसकिने मान्छेका आकांक्षा र चाहनाहरु । एउटा रहर पुरा नहुदै अर्को रहर उब्जन्छ ।  सबैको लीस्ट उतार्नु भन्दा पनि एउटा रहरमात्र खोतल्दैछु । धेरै रहर मध्ये मेरो एउटा रहर थियो ब्लग लेख्नु । स्वभावैले मान्छे अरुसंग घुलमील हुन मन पराउंछ अरुलाई आफ्ना कुरा बाड्न मन पराउंछ र यो भन्दा पनी ठुलो मानवीय स्वभाव भने अरुले आफ्नोबारे के सोच्छ भन्ने मान्छे जान्न चाहन्छ । त्यसैले हामी भन्छौं नी अरुको विषयमा जति सोच्ने गर्छौ त्यती आफ्नो बारे सोच्ने हो भने समाज अर्कै दीशामा अघि बढ्थ्यो । एउटा अंग्रेजी भनाई मलाई सारै मनपर्छ M Mind your business। तर पनि स्वभाव हो सानैदेखी यस्तै समाजमा रहीयो र यस्तै हुन सिकियो ।

मैले रहरको कुरा गर्दै थिए । धेरै रहर मध्येको यो रहर अहिले पुरा गर्दैछु । यो त्यस्तो समयमा गर्दैछु जहां म मेरो समाज मेरो परिवार मेरो साथीसंगी सबैबाट टाढा छु । समय होयसको बहकाईमा बांधीने न हौं हामी । तर जति टाढा भएपनि प्रविधिले कति नजीक ल्याईदिएको छ । मोबाईल र टेलिफोन भन्दा पनि विदेशमा ईन्टरनेटको एकदमै महत्व लाग्यो । अहिले सबैसंग कुरा गर्न पाएकी छु Facebookको माध्यमबाट । नेपालमा हुंदा यसको खासै उल्लेख्य महत्व लाग्ने थिएन उहि सामान्य कुरा गर्यो chat मा पनि त्यति रमाईलो लाग्थेन । त्यसैले म कहिलेकाहीं मात्र online हुन्थे । तर अहिले विदेशमा हुंदा यसको महत्व महशुश गरेकी छु । एउटा सामान्य देशको सामान्य नागरीक म Africa जस्तो देशमा दश महिना काम गर्ने हिम्मत र साहस जुटाएर आएकी छु । नर्वे सरकारको Exchange Project बाट म यहां आएकी हुं । सुरुमा युगाण्डा जाने भनेपछि कता कता मनभीत्र डर नलागेको पनि होईन । तर भनिन्छ नी Oppurtunity does not knocks your door frequently। यसैलाई असल मन्त्र सम्झेर मैले जाने निर्णय गरे । यसमा मलाई मेरो बुबाले अझ बढी हौशला दिनुभयो । विदेश गएपछि धेरै थाहा हुन्छ धेरै बुझीन्छ, अनुभव हुन्छ जसले आगमी दिनमा अझ अघि बढ्न आत्मविश्वास दिन्छ भन्नुभयो । परिवारको पुर्ण समर्थन भएपछि संसारमा जहां गएपनि काम गर्न सकिन्छ भन्ने मनमा  लाग्यो । मलाई लाग्छ बुबा आमा आफ्ना सन्तानका लागी जहिले पनि मार्गदर्शक हुन्छन् । हामीले पढेर के जानेका छौं र जति उहांहरुले परेर जान्नुभएको छ ।

नेपलमा हुंदा युगाण्डा जादैछु भन्दा धेरैले जिब्रो टोकेका थिए । िहंसाले ग्रस्त मुलुक नजानु भनेर कती आफन्त र शुभचीन्तकले नसम्झाएका पनि होईनन् । मैले यो देशबारे अखबारमा विरलै पढेकी थिए भने टेलीभीजनमा पनि कमै देखेको थिए त्यो पनि नकरात्मक कुरा मात्रै । तर यहां आएपछि थाहा भयो बाहीर प्रचार भएजस्तो रहेनछ युगाण्डा । विस्तारै विकास तिर लम्किरहेको एउटा मुलुक जहां अधिकांश जनता गरिबिको रेखामुनी कष्टपुर्ण जीवन बांचीरहेका छन् । जहां मानवअधिकार र कानुनले कमै महत्व पाएको छ ।  नेपालमा जस्ता राजनीतिक नेतृत्व भ्रष्टाचारमा मुछिनु कुनै नौलो कुरा होईन रहेछ । हरेक दीन अखबारमा नेताका  भ्रष्टाचारका कुरा छापीन्छन् । नेताहरुप्रति जनताको तीब्र आक्रोश छ ।

धेरै कुरा भनौला भन्ने छ । साथीहरुसंग धेरै कुरा share गरौंला गफगाफ गरौंला। त्यही भएर अहिले यत्ति मात्र भने । धन्यवाद