About

मानीसका स्वभावहरुदेखी अचम्म पर्छु । परिवतर्नकारी मनहरु देखी छक्क पर्छु । अनि समय संगै बदलीने सासारीक स्वरुपहरु प्रति म नतमस्तक हुन्छु । सबैभन्दा नजीकको प्राणी मान्छेबाट पाएका र सिकेका ब्यवहारहरु आफैमा आएको परिवर्तन अनि समयले सिकाएको पाठ सबैलाई समेट्ने प्रयासमा मेरो यो ब्लग जन्म भयो । यही मनभीत्र छचल्किएका भावहरु पक्कै अभिब्यक्त गर्नेछु ।
समय सधै एकैनास हुने भए सपना पनि देख्ने थिएन होलान नी आंखाहरुले । त्यही सपना चाहना ईच्छाहरु पुरा गर्ने आकांक्षा नहुदो हो त जिवन कति लामो लाग्ने थियो होला । जिवनका बर्षहरु अब दशकहरुतिर ढल्कदैछन् । त्यसैले तिता मिठा भोगाईको ऐना हो यो मेरो ब्लग र सिरानीमा राखेर सुत्ने डायरी जस्तै हो । कहिले सुखका कुरा कहिले दुखका कुरा आंशु हासो रोदन मिलन विछोड सपना विपना जिन्दगीका हरेक क्षणका कुरा लेख्नेछु । मनभीत्रका लहरहरुलाई शब्दको माध्यमबाट ब्यक्त गर्ने मेरो यो ब्लगमा तपाईहरु सबैलाई हार्दीक स्वागत छ । आत्मियता भने उनीहरुलाई जो साच्चै संसारको सर्वश्रेष्ठ प्राणी हुन् ।

7 thoughts on “About

  1. Kalpana ji….
    I am glad to say this ‘your blog is very inspirational for everyone who interested in
    Nepali news and new update.’
    keep it up……
    and try more for we all nepali…..(y)

Leave a comment