तिम्रो प्रेम


निष्पट्ट अँध्यारोमा 

क्षितिज पारीको जुनलाई मैले

केवल एक अञ्जुली उज्यालो मागेको थिएँ

बाटो हराएन कतै भने

फर्कीआउँछु भनिकन

देउरालीमा दुई फूल चढाएको थिएँ।

समयले हुत्याएर पर पुर्याएपनि

चौतारीमा एक्लै वर उभिएपनि

म हिंडिरहेको बाटोको

सहि गन्तब्य हौ तिमी

म निष्फिक्री चरा तर 

मौन मन्तब्य हौ तिमी।

रहरहरुलाई पखेटा दिने

चाहनाहरुलाई पालुवा दिने

एउटा अद्भुत सतिसाल जस्तै

मेरो प्रेमको सागरलाई

मायाको बर्को ओढाएर राख्ने

तिम्रो प्रेम

सिंगो आकास जस्तै ।

आजभोली जुन 

मेरै हत्केलामा बोकेर हिंडेको छु

सुन्दर फूलहरुको बगैंचामा

म हरदम फुलिरहँदा 

यस्तो लाग्छ 

निष्पट्ट अँध्यारोमा 

क्षितिज पारीको जुनलाई मैले

केवल एक अञ्जुली उज्यालो मागेको थिएँ

बाटो हराएन कतै भने

फर्कीआउँछु भनिकन

देउरालीमा दुई फूल चढाएको थिएँ

समयले हुत्याएर पर पुर्याएपनि

चौतारीमा एक्लै वर उभिएपनि

म हिंडिरहेको बाटोको

सहि गन्तब्य हौ तिमी

म निष्फिक्री चरा तर 

मौन मन्तब्य हौ तिमी

रहरहरुलाई पखेटा दिने

चाहनाहरुलाई पालुवा दिने

एउटा अद्भुत सतिसाल जस्तै

मेरो प्रेमको सागरलाई

मायाको बर्को ओढाएर राख्ने

तिम्रो प्रेम

सिंगो आकास जस्तै 

आजभोली जुन 

मेरै हत्केलामा बोकेर हिंडेको छु

सुन्दर फूलहरुको बगैंचामा

म हरदम फुलिरहँदा 

यस्तो लाग्छ 

संसारको उज्यालो नै म हुँ

आफ्नै विश्वासको ओजमा जीवन

न कसैको आशिषमा चल्यो, न कसैको आरिसले जल्यो !
इमान र स्वाभीमानको तेल थपेँ, र त आँधीहुरिमा बल्यो !!

कोमल निश्चल आवरणमा अवरोधका धारिला तरबार थिए !
धारैमा रेटिएँ, न आँट डगमगायो न कुनै प्रलोभनमा गल्यो !!

आरोह अवरोह बिना त बाँच्नुको के मजा हुन्थ्यो र जीवन !
आफै माथिको विश्वास न कहिल्यै झर्यो न कहिल्यै ढल्यो !!

तिखारिएका काँडाहरु पाइलैपिच्छे नघोचेका त कहाँ हुन् र !
बसन्त त मेरै थियो, निर्झन शिशिरमा नि ढकमक्क फुल्यो !!

मेरो बाको सपना

IMG_3953
Enter a caption

एउटा सपनाको खोजीमा
अनवरत दौडीयौ
हेक्का राखेनौ त्यो हत्केलाका ठेलाहरु
कयौं पटक फुटेका पैतालाहरुमा
तिमीले धागोले औंला कसेर रगत निकालेको देखें
आफैलाई थिच्ने विशाल भारी बोक्थ्यौ,
बा ! गहुगो छैन भनि सोध्दा
यी भन्दा त मेरा सपना गहौं छन् भन्थ्यौ

अरुले धान फलाउने खेतमा
तिमी सुन फलाउँथ्यौ
माटोसँगको नाता अजम्बरी थियो
विरुवाहरु तिम्रै स्याहारको पर्खाइमा हुन्थे
तिमी हात लगाउँथ्यौ, बोट हलक्क हुन्थे
बा ! तिमाी यो माटोमा के गर्छाै भनी सोध्दा
म मेरा सपनाहरु उमार्दैछु भन्थ्यौ

कयौ रात मचानमा काट्यौ
चुरेको जंगलबाट ल्याएर बाबीयोको डोरी बाट्यौ
त्यही डोरीको पीङ्गमा सपना झुलीरहे
बगेको पसिनाले तिम्रो सपना भिज्न थाल्यो ।
तिमी भौतारीदै पराई भूमीमा गयौ
फेरी चिचिला सपना सम्झीएर आयौ
बा ! तिम्रा सपना किन रंगहिन भनेर सोध्दा
म इन्द्रेणीको रंग भर्दैछु भन्थ्यौ ।

तिम्रा सपनाहरुको मुटु, कलेजो र मृगौला बने
विस्तारै त्यो पूर्ण आकृती बन्यो
तर तिमीले आफ्ना अंगहरु दान गरेको हेक्का राखेनौ
पसिनाले दोहन गरे तिम्रा अंग अंग
शरीर अब खोक्रो हुँदै गयो, चाउरीन थाल्यो
बा ! तिम्रो आँखामा किन आँशु छ भनि सोध्दा
सपनाहरु निचोरेर म आँखाबाट झार्दैछु भन्यौ

जिवनको सतिशाल ढल्नै लाग्यो
सपनाको पछ्याइमा गिन्ती गरिएका सास
अब भगवानको आसमा रह्यो
अन्तिम सास अघि बालाई सोध्न  सकिन
बा ! आफैले भने, छोरी सपना होइन तँ जिवन बाँच

अन्तिम सत्य जान्दा बाले धर्ति छाडे
म मेरा सपनाहरुलाई चिरा चिरा पार्न थाले
बर्तमानमा बाँच्ने प्रेरणा बटुल्दै
अञ्जुलीमा भरेका ति प्यारा सपनाहरुलाई
बाको पार्थीव शरिरसँगै श्रद्धाञ्जली दिएँ
हो, बा ! म जिवन बर्तमानमा बाँच्छु

विद्रोही मन….

धेरै पटक विद्रोहको रांको बालेर हिड्न मन लागेको थियो । अचानक मन नकारात्मक कुराले भरिन्छ । विद्रोह गर्नु, आगो बाल्नु, कसैलाई भौतीक हानी गर्नु शायद नकारात्मक नै भन्छ यो दुनियां । दुनिया वस्तुको अवस्थिती मात्र हेर्छ । त्यो भन्दा गहिराईमा पुग्नै सक्दैन या चाहदैन । समुन्द्रको बाहिरी छालको लहरामा मान्छे दंग पर्छ, तर त्यो छाललाई कसले कति दुरीबाट कति धकेलेर ल्याईपुर्याएको हो सोच्ला र? अहं सोच्दैन । मैले भनिहाले नी मान्छेले विद्रोहको राँको मात्र देख्छ, त्यो राँकोले कतिको मन डढाएको छ, डढाउनुको परिणाम हो भन्ने बुझ्दैन । मलाई विद्रोहीको परिचय बनाउन मन छ । मौनतालाई आफ्नो मन्त्र बनाएर म भित्रभित्रै पिल्सिएकी छु । मनभीत्र भुस भएर आगो सल्किएको छ । मनभीत्रको त्यो भुसको आगो अब आफ्नै मुखबाट बाहिर निकालेर यो दुनियां जलाउन मन लाग्छ । सारा दुनिया सखाप पारेर त्यही खरानीमाथी आत्महत्या गर्न मन लागेको छ ।DSC_2266

म एक्लै जन्मिएको हो, जसरी अरु मान्छे जन्मिन्छन् । शायद जन्मिनुपूर्व आफ्नो हैसियत थाहा पाईन्थ्यो र यो दुनियाको बारे जानकारी हुन्थ्यो भने म पहिले नै विद्रोह गरिसक्थे होला । म जन्मिने थिईन, मलाई पटक्कै मन हुने थिएन । तर वेखबर सुन्दर पालुवा पलाउंदा फुरुक्क हुन्छ, उसलाई के थाहा हुन्छ र कति असिनाले चुट्छ, कति घामले पोल्छ अनि कतिले निमोठीदिन्छन् । त्यस्तै त हुंला म पनि । तर थाहा छैन लाई जन्मदा मैले कुनै सपना बोकेको थिई की थिईन कुन्नी । मलाई याद छैन त्यो समय, त्यो क्षण अनि त्यो अवस्था । कस्तो अचम्म संसारमा जसको सृष्टि हुदैछ, उसैलाई थाहा हुदैन । भगवानले किन यसरी अन्जान पठाउंछन् यस्तो मरुभूमीमा पनि त्यो सुन्दर पालुवा । कसरी फक्रियोस जब की उसलाई कुनै कुराको आभास नै छैन । पहिले आफैलाई बुझ्दैन मान्छे, पहिले अरुलाई चिन्छ, बुझ्छ, आफूलाई त धेरै पछि चिन्छ जब अरुको पहिचान भईसक्छ अनि मात्र । उसको छोरी, उसकी बहिनी, उसकी भाञ्जी, उसकी नातीनी , मेरो सुरुको परिचय यस्तै हो, जसरी अरुको हुन्छ । नाम पनि उसले एघार दीनपछि मात्र पाउछ, जुन उसैलाई थाहा हुदैन । किन यस्तो हुन्छ जिन्दगी जहाँ केही पनि आफ्नो हुदैन, त्यहीबाट शुरु हुन्छ । हो मलाई त्यहीबाट विदोह गर्न मन लाग्छ । तर समय घर्किसक्यो । म अब जन्मिउँ त त्यहींबाट विद्रोह गर्ने थिए । तर फेरी पनि लाग्छ, यो सम्भव हुन्थ्यो र ?

लाशमाथी टेकेर हिंड्दा….

एउटा त्रासदी र कहालीलाग्दो अवस्था । माटोमुनी मान्छेको लाश डोजरले खोस्रदैछ, निकाल्दैछ । सुनकोशी उर्लिरहेको छ । बेपरवार्ह आफ्नै गतिमा । न कसैलाई सुन्छ, न कसैको आवाज नै उ सुन्न चाहन्छ । एउटा सिंगो बस्तीको आवाज बन्द गरिदिएको छ । सुनुकोशीको सुशेली अब गुञ्जदैन, उ गर्जन्छ । सबैको प्यारो मिठो नाम सुनकोशीले अब मान्छे खाने रौद्र रुप देखाईसकेको छ । त्यो सीतल सुनकोशी भयानक त्रासदी बनेर बगिरहेको थियो । त्यो बगाईमा, त्यो सुसाईमा आत्मियता भेट्ने स्थानीयबासी अब सुनकोशीसंगको दुरी बढाउँदै थिए ।
court news 057काठमाण्डौबाट ८३ किलोमीटरको दुरीमा रहेको सिन्धुपाल्चोकको मांखा गाविस १ जुरेमा भिमकाय पहिराको पीडा कहिल्यै नविर्सने घटना बन्यो, सिन्धुबासीका लागी मात्रै होईन सिंगो देशका लागी । घटना भएको दुईदिनपछि पहिरोस्थलमा पुग्दा यस्तो लाग्थ्यो त्यो मशानघाट हो, जहाँ शबहरु यत्रतत्र गाडिएका छन् । साउनको हरीयालीले झपक्क भएको डाँडा अब बगर बनेको थियो । खाडीचौर पुग्दा नै त्यो पीडाको अनुभुती देखीन थालेको थियो । मनमा कौतुहल र निराशा दुबै थियो । सधै चहलपहल हुने खाडीचौर बजार सुनसान प्राय बनेको थियो । अधिकांश पसलमा ताल्चा लगाइएको थियो । सर्वसाधारण पसलका सामान धमाधम सार्दै थिए । मैले नसोधीरहन सकिन । सामान ट्रकमा लोड गदैै गरेका एकजना दाईले भन्नुभयो, यो सामान माथी लैजान लागेको आफन्तकोमा के गर्नु सास छउञ्जेल आस रोजीरोटी नै खोसीएको  छ । अर्काको शरण मागेर गुजारा गरेका छौं । खाडीचौरमै एकजना महिला भेटीईन् । रातो टिका निधारभरी लगाएकी, रुद्राक्षको माला लगाएकी दिदि पसलको ढोकैमा बसीरहनुभएको थियो । मैले सोधें माथी त्यती ठुलो पहिरो छ, यहाँ यसरी बस्न डर लागेको छैन । उनी धाराप्रवाह बोलीन । त्यहाँ नाग देउता रिसाएर यस्तो उपद्रो गरेका हुन् । घटना नागपञ्चमीकै दिन भएको हो । त्यहाँका तामागहरुले नागकी श्रीमतीलाई मारीदिए । आफ्नी श्रीमती मारीएको झोकमा यो विपत्ति गरेंका हुन् शिवजीले । आब नागको पुजा गरिदिनुपर्छ । गंगाजलमा गएर बा्रम्हणले पूजा गर्नुपर्छ, हामीले गल्ति गर्यौं भनेर माफी माग्नुपर्छ । होईन भने जति बम हानेपनि केही हुनेवाला छैन । यो विपत्ति टर्देन ।
विज्ञानले प्रमाणित नगरेको यो अन्धविश्वासमाथीको यो उनको द्रढ आत्मविश्वासमा भने कुनै टिप्पणी गरिन । एकजना दाई आफ्नै घरमा आनन्दसंग बसीरहेका भेटीए । मरे मरौंला, राती पनि यहीं बस्छु । तर मान्छेहरु यहाँ बस्न छाडेर अब चोरको बढी डर भयो । मलाई लाग्यो जिन्दगीमा पनि के के मा विचार गर्नु । घटना भएको रातको स्मरण गर्दै जना दाईले भने, राती मान्छेहरुको कोलाहल सुनीयो, सुनकोशी खोलाको पानी ठप्पै सुक्यो, कमिला हिड्ने गरी । हामी अत्तिदै माथी पहाडमा उक्लियौं । खोई १५ घण्टासम्म सरकारले केही गर्न सकेको होईन । उनको यो झटारो हामीलाई होईन सरकारलाई थियो ।
खाडीचौरबाट विस्तारै अघि बढ्दै जाँदा मानीसहरु आउने जाने क्रम चलिरहेको थियो । घटनास्थलमा पुगीयो । केही रमीते पनि लागे । ६,७ वटा लासहरु बाटोमा राखिएको थियो । मानिसहरु ओल्टाउदै हेर्दै थिए, कोही बुबाआमा खोज्दै थिए, कोही छोराछोरी खोज्दै थिए । दुई दिनसम्म हिलोभीत्र पुरीएको लास गनाउन थालिसकेको थियो । मानिसहरु मुख छोपेर हिड्थे । नजिकैकी छिमेकी दिदिले सलले मुख छोपेर खुईय गर्दै भनिन् , हरे भगवान अस्ति बेलुकी सम्म सास हुँदाको कति राम्रो मान्छे आज गनायो भनेर छि गदै मुख छोपेर हिड्नुपर्ने  । जिन्दगी सास मात्रै रहेछ । हो जिन्दगी एक त्यान्द्रो सासमा न अडेको छ । बाँकी त के नै छ र ?
court news 058सेना र सशस्त्र प्रहरी निरन्तर शब ल्याईरहेका थिए । अरनीको राजमार्ग बिचबाटोबाटै हराएको थियो । यस्तो लाग्थ्यो त्यसभन्दा अघि कुनै बाटो त्यहाँ कहिल्यै बनेकै थिएन । त्यहाँ त केवल पहाड र खोला थियो । अलिकति अगाडी बढ्दा घरहरु भत्किएको देखियो । एउटा कापीभरी लेखिएका सुन्दर अक्षरहरु देखें । पढ्दा पढ्दै छोडीएको जस्तो गरि पल्टिएको थियो । घरनजीकै बडेमाको ट्रकले घर बचाएको थियो । पार्टपूर्जा केही छैनन् । अर्कोपट्टी सेताम्मे डाँडा देखिन्छ । एकापट्टिको पहाडको ढिस्को अर्कोपट्टी पुगेर ठोक्किएको रहेछ । सुनकोशी पारीको भित्ता पनि सेताम्मे भएका थिए । अनि मान्छे बाँचुन कसरी ? सशस्त्र, सेना लगायत डोजरबाट धमाधम लाश निकाल्दै थिए । आफन्तहरु आाँखा फारेर हेर्दै थिए । कसैका आँखा ओभानो थिएनन् । आफ्नो भनेपछि लासै पनि प्यारो हुने रहेछ ।  कति विभत्स लाग्ने रहेछ, मुटु नै काँप्ने द्रष्य देखियो । डोजरले एकपटक अगाडीको भागबाट माटो उधिनेर अर्कोपट्टी सार्यो  । ठिक त्यहीँबाट जहाँबाट म हिंडेर अगाडी बढेकी थिए । डोजरले हिलोमाटो संगै एउटा सेतो बस्तु उचालेर ल्यायो । मानीसहरु कराउन थाले, उ मान्छे मान्छे…..। डोजरले त्यो वस्तुलाई अर्कोपट्टी खन्यायो । मैले नियालेर हेरे ।  आलिंगनमा रहेका एक दम्पत्ति….। प्रहरीले श्रीमानको लास एकापट्टी पल्टाईदिए, श्रीमतीको सब सर्लक्क अर्कोपट्टी पल्टियो  ।  अन्तिम समयमा पनि आलिंगनमा रहेको त्यो जोडीको कारुणीक द्रष्यले मानसपटल खलबलीरहेको थियो । एकैछिनमा डोजर अर्कोपट्टी खन्न थाल्यो । एकै ठाउँमा १२ जना बस्ने घर पुरिएको रहेछ । हरेक पटक उधिन्दा लासहरु निस्कन थाले । मलाई भाउन्न भयो । हत्तेरी मैले अघि टेकेकै ठाउँबाट प्रहरीले यतिका शब निकाल्यो । साँच्चै म त लाशमाथी पो टेकेर हिडिरहेकी थिए ।
सुनकोशीको रफ्तार केही कम भएको थियो । माथीपट्टी बडेमाको ताल बनेको थियो । मानीसहरु सुनकोशी खोला तरेर पारीपट्टीको बाटो हिँडेर जाँदै थिए । कोही सुनकोशीमै हेरेर टोलाईरहेका थिए । उफ यो कारुणीक द्रष्य म चुपचाप नियालीरहे । कसरी यति क्रुर भयो प्रकृति, किन यति निर्दयी बनीदियो । त्यो चिच्याहट र कोलाहल पनि सुनेन सुनकोशीले ? कति संघर्ष र दुखमा पनि बाँचेको जिन्दगी यसरी चटक्कै कसरी छिन्यो । छैन म संग कुनै जवाफ । सिवाय प्रश्नकै पोको बोकेर फर्किए । मन मनै कामना गरे । प्रकृतीको यो रुप कहिल्यै देख्न नपरोस । फेरी यस्तो कहिल्यै नहोस ।

मेरी आमा

कसले देख्यो र भगवान
कसले लेख्यो र भाग्य
जन्मीए जसको कोखबाट मेरो सौभाग्य

सघंर्षकी प्रतिमुर्र्ती तिमी
सहनशीलताकी धर्ती तिमी
मेरो सिंगो जिवनको आकृती तिमी

जिवनको दर्शनद्रष्टि हौ
संसार सागरको स्रष्टि हौ
माया र ममताकी तिमी प्रकृति हौ

रमाउंछ्यौ सन्तान सुखमा
दुखकी तिमी सुदामा
संसारकी मात्रै मेरी एउटी आमा
Image

सवारी मेरो स्कुटरमा…..

राजधानीका सडकमा सवारी साधन चलाउनु भनेको साच्चीकै ज्यानलाई हत्केलामा लिएर हिंडन जत्तिकै भएको छ । सार्वजनिक सवारी साधनमा हिड्नु भनेको झन् धेरै कष्ट निम्त्याउनु हो । राजधानीको अत्यधिक जाम, यात्रु कोच्ने प्रवृतिका कारण यसबाट सबैभन्दा पीडीत महिलाहरु नै हन्छन् । बेलुकाको समयमा बसमा मान्छे कोचिएको देख्दा उदेक लाग्छ, गाडीको ढोकामा समेत १० जनासम्म यात्रु झुन्डीरहेका हन्छन्, गाडी ओभरलोड भएर ढोकापट्टी ढल्कीएको हन्छ । कतै ट्राफिक देखे बस कर्मचारी जबरजस्ती ढोका लगाउछन्, त्यस्तो बेला के स्थिीती होला । त्यसमाथी उपत्यकाका सांघुरो सडकले झनै जोखीम निम्त्याएको छ । एकपटक अनामनगरमा अफीसको साथीहरुसंग बाटोमा हिडिरहंदा नेपाल यातायातको बस हुइकिएर आयो । परै बस देख्ने बित्तिकै एकजना साथीले टिप्पणी गरिसक्नुभएको थियो, यसको नाम त नेपाल यातायात होईन आंधो यातायात हो । त्यस्तैमा अर्को साथीले टिप्पणी गर्नुभयो यसलाई त हामी ज्यानमारा यातायात भन्छौ । नेपाल यातायात चढ्ने धेरैसंग यसको कटु अनभव पक्कै छ । बस कर्मचारीको अनावश्यक हप्की, मानमर्दन हरेक दीनजसो सहन्छन् यात्रु । खलासी भन्छ पर सर्नुस, जतिसक्यो भीत्र छिर्नुस, अनि निस्कने बेला भन्छ छिटो आउनुस बस हिड्न हतार भो । यात्रुलाई बसमा चढाएपछि दायीत्व सकीयो भन्ठान्छन्, सुरक्षित रुपमा गन्तब्यमा पुर्याउनु पनि दयित्व हो भन्ने बिर्सन्छन् । दई जनाको सीटमा तीन जना, अझ उस्तै परे चार जना बस्न भन्छन्, ठाउ छैन भने, यस्तो भन्नेले आफ्नै गाडी किनेर चढ्नु नी भन्ने टर्रो जवाफ आउछ । मन अमिलो पारेर पनि सकीनसकी डन्डी समाएर भएपनि यात्रा गर्नपरेकै छ ।
उपत्यकामा माईक्रोबसको स्पिड झनै डर लाग्दो छ । उपत्यकामा जाम हुनुमा धेरै यस्ता माईक्रो र साना सवारी साधनकै दोष देख्छु म । १०र१५ जना मान्छे बोकेर दौडने यस्ता सवारीसाधन भन्दा एकैपटक धेरै यात्रु बोक्ने खालका साधन आवश्यक भइसकेको छ । ५० जना मान्छे बोक्न १० वटा माईक्रो गडाउनुपर्छ भने, यती नै यात्रु बोक्न ठुलो बस एउटा गुडाए पुग्छ । बातावारण प्रदुषण घटाउन भन्दै विक्रम टेम्पो काठमाण्डौबाट विस्थापीत गरे जस्तै अब यातायात साधनको प्रदुषण कमगर्न साना सवारी विस्थापीतको कदम चाल्न जरुरी छ । यस्ता साधनहरुको अब्यववस्थित, अमर्यादीत र अनावश्यक होडबाजीले यात्रुहरु मारमा परेका छन् । एउटा माइक्रोले अर्को माईक्रोलाई ओभरटेक गर्ने अनि क्या गर्यो भनेर चालकलाई धाप मार्ने प्रवृति पनि गलत छ ।
माईक्रोबस उपत्यमा सार्वजनिक सवारीको रुपमा आउनुअघि धेरैलाई रहरको साधन थियो । उपत्यकामा त्यतिखेर कि त ठुला बसहरु, होईन भने मिटरवाला ट्याक्सि थिए, अनि विक्रम टेम्पो र मिटरवाला टोम्पो । यस्ता साधनहरुबाट वाक्क भएको बेला माईक्रोबस पनि चल्ने भएपछि मध्ययमवर्ग खुशी भएको थियो । यसर्थमा की माईक्रोको सवारी एक हिसाबले ट्याक्सि चढेजस्तै थियो । मध्यमवर्गका लागी त्यो सस्तोमा ट्याक्सि जत्तिकै भयो । तर विस्तारै यसको अब्यवहारीक र अमर्यादीत पाटो देखेपछि अहिले यो वर्ग पनि परिवर्तन खोज्न्दैछ । माईक्रोमा त्यसरी यात्र कोच्छन् भन्ने कुरा सोचीएकै थिएन शायद त्यसबेला । तर यसमा यात्रु स्वयम पनि कम्ति जिम्मेवार छैनन् ।
एउटा अनुभव, अफ्रिकामा पनि माईक्रोबस चल्छन् सार्वजनिक यातायताका रुपमा । युगाण्डाको राजधानी कम्पालामा माईक्रो यातायातको अनुभव मेरो लागी सधै प्रेरणादायी छ । त्यहां सीट भन्दा बढी यात्रु हाल्न नपाउने नियम छ र त्यो पुर्णत कडाईका साथ लागु पनि भएको छ । १० जनाको सीटमा ११ जनामात्रै यात्रु राखिएका चालकको लाईसेन्स पनि ट्राफीकले समाउछ । त्यसबाहेक यात्रुहरु पनि जिम्मेवार हन्छन्, पछाडीको सीट खाली छ भने चाहे एक मिनेटको दुरीमै ओर्लनुपर्ने किन नहोस, उ पछाडीकै सीटमा सर्छ । हरेक माईक्रोबस स्ट्याण्डमा अगाडीका मान्छे ओर्लन्छन् र पछाडीका मान्छेलाई ओर्लने बाटो दिन्छन् अनि अघि अगाडी बसेको मान्छे पछाडी सर्छ । म आफैलाई अनुभव छ, एउटा पांच मिनेटको यात्रामा म आफै तीन पटक बाहीर ओलैदै भित्र पसेकी छ । हामीकहां जस्तो पछाडीको मान्छे ओलुर्न छ भने अगाडीका मान्छेलाई जबरजस्ती ठेल्दै ठोक्किदै निस्कनुपर्दैन । त्यसैले यात्रुको सास्तीका लागी हामी यात्रु पनि बढी जिम्मेवार छौ ।
अब करा गरौ हामी जस्ता महिलाहरुका लागी स्कुटर चलउन कति खतरनाक छ भनेर । द्रष्टान्त धेरै आईसकेका छन् । मैले आफै धेरैपटक अनुभव गरेकी छु । बाटोमा स्कुटर चलाउदा पछाडीबाट हुईय ल्याएर हर्न बजाएर तर्साउने प्रवृति त अब सामान्य भईसके । यो त स्कुटर चलाउने हरेक महिलाको दैनीकी हो । त्यसमाथी गुडीरहेको स्कुटरलाई ओभरटेक गर्ने अनि लुकीगं ग्लासमा हेरेर हांसेर हियाउने हर्कतले दिक्दारी बढाएको छ । यस्तो देख्दा ईगो बढेर आफु पनि ओभरटेक गर्दिउ जस्तो भान नआउने होईन मनमा । यसले दुर्घटनाको जोखीम झनै बढाएको छ । यस्तै अनभव छ मेरो, कालिमाटीबाट कलंकीको बाटोमा थिए । एउटा बस मेरो बांया बाट हर्न बजाउदै ओभरटेक गर्यो, मलाई झनक्क रीस उठ्यो । म उसलाई ओभरटेक गर्न खोजे, यसो गर्दागदै उसले साईड यसरी चेपेर ल्यायो मलाई अगाडी जाने ठाउ नै दिएन । म उसको साईडबाट गुड्दै गर्दा अचानक डिभाईडर देखियो, हठात ब्रेक लगाउन पुगे । स्पिड नथामीएर म नराम्रोसंग लडे । एकजना भद्रभलाद्मी आईपग्नुभयो र बाइक रोकेर मेरो स्कुटर उठाउन सहयोग गर्नुभयो । तत्काल नै उहाले टिप्पणी गरीहाल्नुभयो—“तपाईहरु हामी भन्दा बढी स्पीडमा स्कुटर चलाउनुहुन्छ । हामीलाई समेत डर लाग्छ तपाईहरुले स्कुटर चलाको देखेर ।” उहांको तपाईहरु शब्दले स्कुटर चलाउने सबै महिलाहरुलाई लक्षित गरेको थियो । मैले धन्यवाद भनेर बाटो लागे, दुखे पनि नदुखे झैं गरी । यसबाट पक्कै पनि महशुशु भएको छ मलाई, सांच्चै हामी स्कुटर चलाउने महिलाहरु आफै पनि केही हदसम्म जिम्मेवार छौ । एकपटक एउटा माईक्रोमा यात्रारत थिए । साइडबाट एक महिला स्कुटरमा आउनुभयो र एक्कासी माईक्रोलाई ओभरटेक गर्दै माईक्रो अगाडी पुग्नुभयो । नेवारी लवजका ती अधवैंशे माईक्रो चालकले आत्तिएको शैलीमा झ्याप्प ब्रेक लगाएर टाउको फटाउला झैं गरी चिच्याए,—“तंलाई मर्न मन छ , ज्यानमारा बनाउन खोज्दैछ हामीलाई ।” यात्रुहरु टिप्पणी गर्दै थिए—“यी केटीहरु के सारो भाका हुन् आजभोली । यस्तै भएर हो के दुर्घटना हुनी ।”
यस्ता तमाम घटना काठमाण्डौंमा भईरहेका छन् । कतै छिटो गन्तब्य पुग्ने होडमा, कतै कसैलाई उछिन्ने दाउमा, कतै ट्राफिकलाई छल्ने निहुमा त कतै मापसेको लहडमा । कतिपय अवस्थामा दुर्घटना आफ्नै लापरवाहीले हन्छ भने कहिले अरुको लापरवाहीले । कती चालकलाई सवारी नियम पनि थाहा हदैन । विगत ५ बर्षदेखी काठमाण्डौंमै मोटरसाईकल चलाएकालाई समेत कन साईड जांदा कन साईड लाईट बाल्ने भन्ने ज्ञान समेत नभएको मैले पाएकी छु । ट्राफीक पनि यस्ता नियम सिकाउने भन्दा गल्ति काहा गर्ला र लाईसेन्स समाउला भनेर लुकेर बाटो ढुकीरहेको भेटीन्छ । त्यसबेला मलाई लाग्छ हामी कस्तो नियम कानुन परिपालनको चरणमा छौं । सवारी दुर्घटना कमगर्न सबैभन्दा पहिले सवारी अनुशासन कायम हुनुपर्छ । पुराना र थोत्रा सवारीहरु निषेधीत गर्नुपर्छ अनि चालक, यात्रु सबै जिम्मेवार बन्नैपर्छ । जिवन अमुल्य छ, एउटा जिवनसंग धेरैको जिवन गांसीएको हन्छ आफु जस्तै अरुको पनि भन्ने तथ्यलाई सबैले आत्मसाथ गर्न जरुरी छ ।

म यी सबै तमाम घटना र परिघटनाबाट परिचित छु । तैपनि मलाई स्कुटर नचलाई भएको छैन । काठमाण्डौंमा सबैभन्दा सजीलो र छरीतो माध्यम हो स्कुटर । पहिले भन्दा अलि बढी सचेत भईन्छ तर स्कुटर त चलाईन्छ । मेरो सबैभन्दा प्रीय सवारीसाधन । सवारी मेरो स्कुटरमा…..

विन्ति नआउ

कुनैदीन फेरी फर्केर नआउ

विन्ति आग्रह गर्छु बिर्सेर नआउ

 

मलाई सबै बेश नै छ

आफ्नै हाल बेहोश छ

तिमी आफ्नै संसार बनाउ

विन्ति आग्रह गर्छु विर्सेर नआउ

 

लैजाउ खुशी पोको पारी

सजाउ सुन्दर फूलबारी

आफ्नै मायाको धनसार बनाउ

विन्ति आग्रह गर्छु फर्केर नआउ

 

बादलमा चांदी घेरा होस

पीडा र बेदना डेरा होस

खुशी फूल्ने सिमसार बनाउ

विन्ति आग्रह गर्छु फर्केर नआउ

संविधान बनाऔं

मुख्य खेलाडीहरु उनै छन्

मैदान उही र उस्तै छ

जित र हारको खेल चलिरहन्छ

कहिले कसलाई पछार्छ, कहिले कसलाई उफार्छ

आउ हामी व्हिल चेयर खेलौ र संविधान बनाऔं

 

कहिले क्याटवाक हुन्छ

फेसनको तडक भडक देखिन्छ

प्रश्न र उत्तरको घम्साघम्सि चलिरहन्छ

कहिले कोही उत्कृष्ट हुन्छन, कहिले खिस्स पर्छन्

मिस्टर र मिस सभासद चुनौ र संविधान बनाऔं

 

थरीथरीका किस्सा र कथा छन्

उखान टुक्का र चुट्कीला भन्छन्

रुप र भावभंगीमा अनेक थरी देखिन्छ

कहिले कसको रुप फेरिन्छ, को बदलिन्छ

अब एउटा प्रहसन चलाऔं र संविधान बनाऔं

 

 

 

अस्पतालबाटै डाक्टर केसीलाई चिट्ठि

डाक्टर साहेब नमस्कार,

म तपाईं अनशनमा बस्नुभएको टिचिंग विल्डिगकै अर्को पट्टीको विल्डिगमा विरामी बुबाको बेड छेउमा बसेर यो चिट्ठि लेखिरहेकी छु । मलाई थाहा छ, तपाई सिकिस्त हुनुहुन्छ । धेरै दिन भईसक्यो अनशन बस्नुभएको । तपाई खानालाई बहिष्कार गरेर अनशनमा हुनुहुन्छ, तपाईंको वरीपरी डाक्टरहरुको लस्कर छ । तर मेरो बुबा दिनदिनै सुगर बढेर खाना खान नपाउने अवस्थामा हुनुहुन्छ, डाक्टरको अनुहार नदेखेको तिन दीन भयो । नर्सले आएर बेला बेलामा ईन्सुलीन लगाईराख्नुहुन्छ । १० बर्षदेखी सुगरको विरामी मेरो बुबाको सुगर अहिलेसम्म नभएको ५६५ पुगेको छ । अस्पतालमा बसेर यस्तो अवस्था आउदा पनि उपचार छैन । यो कस्तो विडम्बना । बुबा आसावादी नजर लिएर मलाई सोध्नुहुन्छ  डाक्टरहरुको आन्दोलन कहिले सकिन्छ ? म के जवाफ दिउं ।

तपाईले जिवनभर विरामीको सेवा गर्नुभयो । आफ्नो आत्मसम्मान र स्वाभीमानमा कहिं डगमगाउनुभएन । एउटा असल र राम्रो डाक्टरको छवी बनाउनुभएको छ । जिवनभर विरामीको उपचारमा सरीक हुनुभयो । हुन त शिक्षकले विद्यार्थीलाई पढाउनु, डाक्टरले विरामी जांच्नु, उनीहरुको पेशा हो । तर पेशामा पनि ब्यवसायीक र नैतीक अभ्यास नभईदिदा हामी त्यसलाई पनि महान कार्य ठान्छौ । धेरैले पेशालाई ठगी खाने मेलो बनाउने र राजनीतिक भऱ्यांग बनाउने कारण पनि पेशाभीत्रको अब्बल ब्यक्ति सबैको आंखामा पर्छन् । तपाई त्यस्तै सबैले मानेको असल र प्रीय डाक्टर हुनुहुन्छ । विरामीको प्रीय हुनुहुन्छ । हरेक विरामीले तपाईलाई आसाको द्रष्टिले हेर्छ अनि हरेक विरामीका आफन्तले तपाईंमाथी भरोसा गर्छ ।

तपाईले माग गर्नुभएको आफ्नो हिसाबले सही छ । राजनीतिक चंगुलबाट मुक्त हुनुपर्छ अस्पताल । टिचिग अस्पतालको वरीपरी हिंडीरहंदा तपाईको नाममा समर्थन जनाउदै धेरै ब्यानर टांगीएको देख्छु । त्यहा लेखिएको छ कि डाक्टर गोविन्द केसीको आन्दोलन किन भनेर । मलाई पनि सबै बुंदा सही नै लाग्छन् । म त्यही बाटो हुंदै अस्पतालभीत्र छिर्छु जंहा तपाईको नाममा सांझमा मैनबत्ति बालीन्छ । तपाईको स्वास्थ्यको चिन्ता सर्वत्र छ । तर त्यही अस्पतालभीत्र मेरो बुुबा जस्ता कयौ विरामी छन्, जो अलपत्र छन् । सस्तो सरकारी अस्पताल भन्दै दुरदराजबाट उपचारका लागी आएका छन् । मैले भेटेकी छु म्याग्दीबाट आएका १७ बर्षकी मुटु रोगकी किशोरी, त्यही भेटे ८० बर्षकी हजुरआमा जो पेनकीलर खाएर दखाई कम गदै बसीराख्नुभएको छ । त्यहीं अर्को बेडमा सर्लाहीबाट आएका विरामी छन्, जसको परिवार १० दीन भईसक्यो त्यो चिसो भुईंमा सुतेको । दिनको  ८००, १६०० अनि २५०० तिरेर विरामी बसेका छन्, यहां त्यस्ता परिवार छन् जसका लागी एक दिनको अस्पतालको बसाइं जति कमाउन उसले एक महिन खट्नुपर्छ । डाक्टर साहेब धेरै विरामी तपाईले पनि देख्नुभएको होला जसको आर्थिक हालत कस्तो हुन्छ भनेर ।

यहां त्यस्ता विरामीहरु छन् जसलाई यहां के भईरहेको छ भन्ने पनि थाहा छैन । नर्सहरुले भनिदिएका छन् डाक्टर विदामा छन् । उनीहरु प्रार्थना गदैछन् कि आफ्ना डाक्टर छिटै विदाबाट फर्किउन् । उनीहरु चिकित्साशास्त्र अध्ययन संस्थान भन्ने पनि बुझ्दैनन् । एकजना दाई भन्दै थिए डाक्टरको हेडमान्छे राम्रो भएन, फेर्नुपऱ्यो भनेर डाक्टरहरु आन्दोलन गरेका रे । हरेक क्षेत्रमा राजनीतिकरणका कारण गम्भिर समस्या छ । यो जगजाहेर छ । तर त्यसलाई समाधान गर्ने सही तरिका अपनाउनुस् । तपाई आन्दोलनको नेतृत्व लिनुस्, तपाईको पछि हजारै डाक्टर लाग्छन्, लाखौ नेपालीले साथ दिन्छन् । तर विरामीले उपचारको अधिकार नपाउदाको छटपटि तपाईले बुझीदिनुपर्छ । तपाई विरामीकै लागी आन्दोलन गरिरहनुभएको छ, तपाईको आन्दोलनले विरामीलाई नै असर गरेको कुरा तपाईले बुझीदिनुपर्छ । शिक्षकले नपढाएर आन्दोलन गर्दा, त्यसको असर विद्यार्थीलाई पर्छ ।  तसर्थ अनशनको यो आन्दोलन छोडेर विरामीको उपचार गरेरै विशिष्ट खालको आन्दोलन गर्नुस् । आफ्नो स्वास्थ्यको ख्याल गर्नुस् । धेरै पटक विरामीलाई तपाईले पनि यस्तै भन्नुभएको होला । स्वास्थ्य रहे न अरु कुराको महत्व हुन्छ । त्यसैले सही ढंगले आन्दोलन गर्नुस्, ताकि भोली शैयाबाटै विरामी उठेर तपाईको आन्दोलनमा सरीक बुनुन् । आगे तपाईकै मर्जी

उही तपाईकै विरामीको
आशावादी आफन्त

मण्डेला मुश्कान

विश्वको पहिलो कालो राष्ट्रपति को हो ? नेल्सन मण्डेला । सानोमा हुंदा हाजीरीजवाफको लागी आफूले कण्ठ पारेको नाम हो यो । आफ्नो हाजीरी जवाफको ज्ञानलाई अझ फराकीलो पार्न मलाई उनी जन्मेको देशको नाम दक्षिण अफ्रिका हो भन्ने पनि जानकारी भईसकेको थियो । तर फेरी म भीत्रै एउटा जिज्ञासा पनि थियो, कि अफ्रिका त पाच वटा महादेश मध्येमा पर्छ, फेरी यो देशलाई दक्षिण अफ्रिका किन भनिएको होला ? अनि अरुदेशलाई चाही पूर्वी अफ्रिका भनिन्छ की त ? यी प्रश्नको उत्तर दिने मैले योग्य ब्यक्ति फेला पारीन या मैले कसैलाई सोध्न आवश्यक ठानिन । विस्तारै बढ्दै गएपछि थाहा भयो कि दक्षिण अफ्रिका भन्ने देश अफ्रिकी महादेशको दक्षिणमा पर्छ र पूर्वी अफ्रिकामा युगाण्डा, केन्या, रुवाण्डालगायतका देश पर्छन् । विश्वमा डार्क कन्टिनेन्ट भनेर चिनिने अफ्रिकी महादेशका देशहरुमा संयोगले अघिल्लो बर्ष घुम्ने र काम गर्ने मौका मिल्यो ।
यही बर्षको जनवरीमा दक्षिण अफ्रिका पनि जाने मौका मिल्यो । अन्य अफ्रिकी देशभन्दा विकासको द्रष्टिले पनि यो देश धेरै अगाडी थियो । पांच करोड भन्दा बढी जनसंख्या रहेको यो देशमा कालाजाती माथी गोरा जातीको विभेदबारे थाहा नपाउने विश्वमा कमै होलान् । रंगभेद विरोधी आन्दोलनमा नेल्सन मण्डेलाले खेलेको भूमिकाको विश्वभर खुलेरै प्रशंसा हुन्छ । काला जातीले पनि मानव सरह जिउन पाउने हकको प्रत्याभूत गर्न सफल अद्भूत ब्यक्ति थिए मण्डेला । उनको देशमा करिब ७९ प्रतिशत काला जातीलाई करिब ९ प्रतिशतमा रहेका गोरा जातीले गरेको ज्यादती र अमानवीय ब्यवहार संसारभर ब्याप्त छ । सन् १९९४ मा मण्डेला राष्ट्रपति भएपछि उनले काला जातिको उत्थानको लागी मात्रै काम गरेनन्, संगसगै गोरालाई पनि बदलाभावको ब्यवहार गरेनन् । सत्रुलाई माफ दिएर हातेमालो गर्दै अगाडी बढ्नुपर्छ भन्ने महान् वाणीका प्रणेता हुन् उनी । यीनै मण्डेलाको देशको सुन्दर र भब्य विमानस्थलमा ओर्लदा म मण्डेललाई नै सम्झिरहेकी थिए । यस्तो लाग्थ्यो दक्षिण अफ्रिका र मण्डेला पर्यायावाची हुन् ।
विमानस्थलमा धेरै गोरा र भारतीयहरुको अनुहार देखिन्थ्यो । त्यहां जाने प्लेनमा नै लगभग १० प्रतिशत मात्रै काला मानीस देखिन्थे । प्रवेशाज्ञा लिएर बाहिर निस्कदा त्यो भब्य सडक संरचना देखेर म चकित परे । आधा घण्टाको दुरीमा जोहानेशवर्ग पुगेपछि इन्डाबा होटलमा पुगीयो । होटलको वेटर मैले गोरो मान्छे देखे, कुक पनि गोरा मान्छे । काला र गोरा मान्छे सराबरी काममा ब्यस्त देखे । अन्य अफ्रिकी मुलुकमा मेैले गोरो ब्यक्तिले वेटरको काम गरेको,बगैंचाको झार उखेलेको देखेको थिईन ।
अफ्रिका पुग्ने अनि मण्डेलाको ठाउं नहेरी नजाने आग्रह गरेपछि एकजना नेपालीले ट्याक्सि ब्यवस्था गरिदिए । ट्याक्सिमा मण्डेला हाउस पुगीयो, जुन स्वेटोमा अवस्थित छ । मण्डेलाले आन्दोलन सुरु गरेको ठाउं र धेरै झुपरपट्टी भएको ठाउं रहेछ । मण्डेला हाउसमा उनीसंग सम्बन्धित विभिन्न सामाग्री, उनले प्रयोग गरेका विस्तारा, लगाएका कपडा, चप्पल, आन्दोलनताका उनले आफ्नी श्रीमतीलाई लेखेका चिट्ठिहरु राखिएको थियो । अत्यन्तै श्रद्धाका साथ मण्डेलालाई विश्वका नागरिकहरुले आफ्नो देशको नोटमा केही लेखिदिने चलन रहेछ । आफ्नो देशको २० रुपैयाको नोटमा मण्डेलालाई केही सन्देश छोड्दै विदा भईयो, लङलीभ मण्डेला, ग्रेट लिडर अफ दि वल्र्ड
त्यहां केही समया बिताएपछि अर्को ठाउंको यात्रामा हिडीयो । बाटोमा ट्याक्सि चालकसंग कुरा गर्न मन लाग्यो र सोधे –“तिमीहरु मण्डेलालाई खुबै माया गर्छौ है ?” उनी मुसुक्क हांस्दै भने–“हामी मण्डेलालाई भगवान मान्छौ । उनले हाम्रो भाग्यको रेखा कोरीदिए । उनले हाम्रो तकदीर बदलीदिए । उनलाई हामी पूजा गर्छौ । भगवान छ भने उ मण्डेला नै हो ।” म अझै अज्ञानी भएर सोधे–“मण्डेलाले तिमीहरुलाई के गरिदिए त ?” “अहिले तपाईको सामु म निर्धक्क भएर गाडी चलाउन सक्छु, यो मेरो आफ्नो गाडी हो, यो कमाई मेरो हो । अहिले म मेरो नाममा घर घडेरी किन्न सक्छु, गाडी राख्न सक्छु । मैले चाहेको ठाउंमा मेरा छोराछोरी पढाउन पाउछु । मेरो बाबुआमाले कहिल्यै यस्तो गर्न पाएनन् । त्यसैले हामीसंग पुख्यौली सम्पत्ति छैन । गोराहरुले हामीलाई जोहानेशवर्गको यो सहरमा विहान १० बजेदेखी सांझ पांच बजेसम्म मात्र हिड्न दिन्थे । त्यसपछि हिडेको देख्यो भने समातेर जेल हाल्थे र यातना दिन्थे । दिउसोको समयमा पनि तीन चार जना एकै ठाउंमा बस्न पाईदैन थियो । हामी दुइघण्टा परको झुपरपट्टीमा बस्थ्यौ, त्यहांबाट हाम्रो बुबाआमा विहान १० बजे काममा आउथे र यहांबाट दुई घण्टाको बाटो हिडेर जानुपथ्र्यो । उनीहरु झिलीमीली सहरमा बस्थे काला जातीका लागी छुट्टै घर बनाएका थिए, जहां विजुली थिएन, टुकीबत्ती बाल्नुपथ्र्यो, पानी पनि ब्यवस्था थिएन । यातना गृहहरु बनाइएका थिए, काला जातीले उनीहरुलाई सिधा आंखाले हेर्न पनि मनाही थियो । हामी अहिले त्यो कालकोठरी र दासताको युगबाट छुट्कारा पाएका छौ ं। तर अझपनि हामी पूणरुपमा स्वतन्त्र हुन सकेका छैनौ आर्थिक रुपमा, अहिले पनि हाम्रो अर्थतन्त्र गोराहरुको हातमा छ । मण्डेला बढी उदारवादी छन्, हामी उनकै बाटोमा हिडीरहेका छौ । यो यात्रा सकिएको होईन निरन्तर जारी छ ।” उनले एकै सासमा यति धेरै कुरा भने । उनले यसा भनीरहंदा उनको मुहारमा कता कता बदलाभाव छिपेको जस्तो देखिन्थ्यो । तर पनि मण्डेलाको मुस्कान उनको मुहारमा उस्तै देदिब्यमान थियो ।
आज सम्झना आईरहेको छ, मण्डेला बिनाको उनीहरुको जिन्दगी कस्तो भईरहेको होला । आफ्ना भगवानको ईहलीला समाप्त पारकोमा उनीहरु भगवानलाई सराप्दै होलान् । ती ट्याक्सिचालकको अन्तिम वाक्य मनमा गुञ्जिरहेको छ आज “मण्डेला कहिल्यै मर्दैनन्, उनलाई हामी लाखौ जनताको हजारौ बर्षसम्मको आयु थपिदिएका छौ । युगौयुग बांच्छन् मण्डेला ।” साच्चै मण्डेला मरेका छैनन्, कहिल्यै मर्ने छैनन् ।

सहरका कुरा

जति बुझ्यो उति कठिन सहरका कुरा

पुरा कहिल्यै नहुने यहां रहरका कुरा

हर थोक किनबेच, मोलतोल यहाँ

उस्तै बिक्ने के गरौ खै जहरका कुरा

विहानीको किरण न त सन्ध्याको नै चर्चा

एकैनास सधै एउटै के गरौं र प्रहरका कुरा

माया, मोह आत्मियता खडेरीमा पऱ्यो

घृणा, कपट र धोका यहां उपहारका कुरा

केही छैन सुनाउन सुख, शान्ति, प्रगति

हत्या, चोरी बलत्कार सधै खबरका कुरा

तिमी

मेरो मनको भावमञ्जरीमा तिमी
तिम्रा मानसपटलमा
मेरा आकृति ताजै छन् कि छैनन्
तर म तिम्रै सम्झनामा पलपल बांचीरहेकी छु

तिमी आफ्नै संसारमा गयौ
समुन्द्रको बीचमा
म एक्लो यात्री भए तर प्रत्येक छालमा
तिम्रा आकृतिलाई मैले
पलपल अंगालीरहेकी छु

तिमी क्रतुहरुको बिचमा भुल्यौ
म एक्लो भएं
शिशिरको कंठ्याग्रिदो जाडोमा छोड्यौ
तर पनि नयां पालुवाको आसमा
पलपल हांसीरहेकी छु

रंगरसमा रमायौ तिमी
बालुवाको मरुभूमीमा म रहे
हठात मेरो हात झट्कारेर फाल्यौ
दुखको भूमरीमा पिल्सिरहे
पलपल दुखीरहेकी छु

अरु ठाउंमा गरेको एमआरआई उपेन्द्र देवकोटाले देख्दैनन्

मेरो मामाकी छोरी अर्थात मेरी बहिनीको एक महिना अघी अचानक एउटा खुट्टा दुख्न थाल्यो । उसको कम्मर भन्दा तल एउटा खुट्टा मात्र दुख्ने गथ्र्यो, हुंदा हुंदा टेक्नै नसक्ने भई । मामा अत्तिएर विरगञ्जको अस्पतालमा लिएर जानुभयो । डाक्टरले १० वटा सुई लगाएपछि ठिक हुन्छ भने । धेरै कष्ट सहेर १० वटा सुई लगाई तर पनि ब्यथा घटेन । त्यसपछि उसलाई मामाले काठमाण्डौ पठाउनुभयो । प्राय सबै विरामीको मानसीकता नै यही छ कि विकल्प जहिले पनि काठमाण्डौका हस्पिटल हुन्छन् ।
बहिनीलाई नसा सम्बन्धी समस्या भएको निक्र्यौल गरेर नर्भीक हस्पिटलका डाक्टर प्रविण श्रेष्ठलाई देखाउन लिएर गए । डाम्टरको फी रहेछ ३४० रुपैंया, त्यो काठमाण्डौको नाम चलेको हस्पिटलको रेट ठिकै लाग्यो । डाक्टर श्रेष्ठ निकै फरासीला र विरामीसंग अत्यन्तै नजीक भएको महशुश बनाउने खालका रहेछन् । हुन त उनीसंग मैले त्यसभन्दा अघि हजुरआमालाई जंचाउन लगेकी थिए । उनले त्यसबेला पनि आमा कस्तो छ हजुरलाई, अब यो उमेरमा गाह्रो हुन्छ आमा नआत्तिनुस, मैले औषधी लेखिदिएको छु, ठिक भईहाल्नुहुन्छ भनेर यति मिठोसंग कुरा गरे हजुरआमा दंग परेर मुसुक्क हांस्नुभाकोथ्यो । मलाई यस्तो लागको थीयो, हजुरआमाको आधा विरामी सञ्चो भईसकेको छ ।
डाक्टर प्रविणले बहिनीको कम्मरमा नसा च्यापिएको छ, एमआरआई गर्नुस अनि कति च्यापिएको छ थाहा हुन्छ भन्नुभयो । उहांको सल्लाह अनुसार बाहिर आफूलाई अनुकुल हुने एउटा सेन्टरमा एमआरआई गऱ्यौ, त्यसको पैसा रहेछ सांढे १० हजार रुपैया । त्यसपछि श्रेष्ठले औषधी खानुस सकेसम्म अप्रेसन नगरौ थोरै मात्र च्यापिएको छ भन्नुभयो ।
ममाघरमा यही कुरा फोनबाट सुनाउंदा फेरी एक पटक उपेन्द्र देवकोटालाई देखाउने हो कि भन्नुभयो । उहांहरुको मन राख्न बांसबारीको न्युरो हस्पिटलमा नाम लेखाएर बहिनीलाई लिएर गए । विहान १० बजे एउटा डाक्टरले हेर्ने र ४ बजेपछि देवकोटाले हेर्ने नियम रहेछ । म डाक्टरको फी देखेर त एकपटक छक्कै परे ६७५ रुपैयां । तैपनि उपेन्द्र देवकोटाले छोईदिएमात्रै पनि सञ्चो हुन्थ्यो भन्ने मानसीकता बोकेर अस्पताल छिर्नेहरुलाई यो फी पनि ठिकै होला भन्ठाने ।
विहान ११ बजे पालो आयो । हामीसंग एमआरआइई रिपोर्ट थियो, १५ दिन अगाडी गरेको । त्यहां एकजना डाक्टरले सबै चेक गरे । उनले एमआरआई रिपोर्ट हेरे र तपाईंको यहांनीरको यो नशा च्यापिएको छ भनेर हामीलाई देखाए । उनले रिपोर्ट तयार पारेपछि हामी ५ बजेसम्म कुऱ्यौ देवकोटालाई देखाउन । पालो आयो, हामी भीत्र छिऱ्यौ, देवकोटा गमक्क परेर बसेका । उनले बहिनीलाई एकछीन बेडमा पल्टाएर खुट्टामा हाने र हामीसंग भएको एमआरआई रिपोर्ट देखायौं । उनले हेरेजस्तो गरे र भनिहाले यो एमआरआईमा केही देखिएन, यहीं अर्को एमआरआई गर्नुस अनि आउनुस । त्यसपछि बल्ल भनौला भन्दै दुई मिनेटमा पठाईदिए । त्यहं एमआरआई चार्ज सांढे १० हजार । म अचम्म परे विहान एउटा डाक्टरले हेर्दा देखिएको एमआरआई उपेन्द्रले देखेनन् । बाहिर एकजना दिदि आफ्नो सानो बच्चा लिएर निरास मुद्रमा बसीरहनुभएको भेटे । उहांलाई सोधे छोराको हातमा समस्या थियो, बालाजुमा चेक गराएर एमआरआई पनि गरेर यहां आको, देवकोटाले फेरी एमआरआई गर्नुपर्छ भने । उनको त्यो खुईय सुस्केराले भन्दैथ्यो फेरी त्यही एमआरआई गर्ने पैसा मैले कहांबाट ल्याउने होला । किन उनकै हस्पिटलमा गरेको एमआरआई मात्र देख्न सक्छन् देवकोटा ? यसको उत्तर मसंग छैन ।
मेरो मनमा देवकोटा प्रति यसअघि असिम श्रद्धा थियो । मिडियामा धेरै प्रचारबाजी गरिएकोले पनि हुनसक्छ, विरामीका लागी उनी भगवान हुन् भन्ने लाग्थ्यो । तर उनको सेवा पैसावाला विरामीलाई मात्र रहेछ । उनी मात्र पैसा देख्ने रहेछन् । देवकोटालाई थाहा नहुन सक्छ एउटा गरिब नेपालीका लागी ६७५ रुपैया उसको लागी एक महिनाको आर्थिक उपार्जन हुन सक्छ । जम्मा दुई मिनेट विरामी हेर्ने, ब्यवहार पनि यस्तो गर्ने कि उनी भगवान हुन् उनलाई भेट्नु मात्र पनि वैतर्नी नदी तरेजस्तो हुन्छ भन्ने उनको सोचले म अचम्मित बने । पहिलोपटक देवकोटाको अस्पताल, विरामीको भीड, उनको रवाफ र निर्देशनले म अवाक भए । उनले धेरै विरामी ठिक गरेका छन्, त्यो उनको पेशागत धर्म हो, तर उनीप्रतिको म भीत्रको श्रद्धा भने त्यसैदीन देखी मरेर गयो ।

उसको त्यो आग्रह

एका विहानै अफिसको गेटबाट छिर्दै थिए । विकासे संसथाहरु अर्काले दिएको डोनेसनमा चल्ने न हन् । ठुलो कम्पाउण्ड बनाएका छन् । तिनवटा एकतलाका विल्डिगं छन् । म बस्ने अफिस पछाडीपटटीको भएकोले अर्को विल्डिगलाई बाया पारेर अफ्नो अफिस छिर्दै थिए । एउटीले मलाई बडो नम्र भएर गुड मर्नीग भनी । मैले पनि मर्नीग, हाउ आर यु भने । आई एम फाईन भन्दै  उसले मलाई आंखाले ईशारा गरी नजीक आईजन भने जसो गरी । म संग कुरा गर्न खोजेको हो भन्दै म नजीक गए । उसलाई मैले यो अफिसमा जम्मा दुईपटक मात्र भेटेको थिए त्यसअघि । पहिले भेट एउटा वर्कशपमा भएको थियो । त्यसबेला म अब यही ईनटर्न गर्ने हो भन्दै थिई । पहिलो भेटदेखी नै उ म संग नजीक भएजसरी कुरा गरेकी थिई । म नजीक गएपछि उसले सोधी, तं नेपालबाट है, तेरो देश कस्तो छ ? मैले भने मेरो देश सानो छ तर अत्यन्तै  सुन्दर छ । जीवन एकदम सहज छ । तिमीहरुकोमा जस्तो महंगी छैन । जीवन बांच्न सजीलो छ । थोरै आम्दानीमा पनि जिवन सजीलो गरी चल्छ । म यस्तै यस्तै कुरा गदै थिए । उ पातली चिटिक्क ज्यान परेकी थिई, अनुहार हेर्दा र उसंग कुरा गर्दा कता कता हाम्रै गाउंकी राम्री थरुनी जस्ती लाग्थी । काली भनेर खासै काली पनि थिईन । उसले अचानक सोधी एउटा प्रश्न,  होईन आग्रह गरी भनौ–“मलाई तेरो देशको ब्वाईफेण्ड खोज्देन है” । लौ म त छक्कै परे । एकैछीन मुसुक्क हासे। यसले ठट्टा पो गरेकी हो की भनेर । तर उ झ्न गम्भिर बनी । मलाई फसाद पऱ्यो । मैले के भनेर सम्झाउने उसलाई । म एउटा अनपेक्षित घडीमा परे । उसलाई मैले ठिकै छ, कोही रहेछ अफ्रिकन केटी विहे गर्न ईच्छुक भने तलाई भनौला नी है भनेर म आफ्नो अफिस गए । अब मेरो दिमागमा अघिको उसको मासुम आग्रह घुमीराख्यो । कतिखेर हासो पनि लाग्यो । कतिखेर गम्भिर पनि बनायो । गोरो मान्छेसंग विहे गर्न पाए हुन्थ्यो भन्ने उसको ईच्छालाई म गलत भन्न पनि सक्दिन थिए । म सोचीराछु कोही होला त उसलाई मिल्ने ब्वाईफेन्ड ।

जन्मदिनमा सम्बोधन तिमीलाई

तिमी सृष्टीकर्तालाई

सानो छदां सुन्ने गर्थे अग्रजहरुबाट कि मान्छेले ८४ जुनी पाउंछ रे । हाम्रो हजुरबुरबा भन्ने गर्नुहुन्थ्यो त्यो सबैभन्दा राम्रो जुनी भनेको मान्छेको हो त्यसैले सबै जुनीको पापबाट मुक्ती पाउन सक्ने यो जुनीमा जतिसक्यो पुण्य काम गर्नुपर्छ । मेरो बाल मस्तिष्कमा यही छाप दिने मेरो हजुरबुबा त अहिले यो संसारमा हुनुहुन्न । तर उहांले दिएको यो ज्ञानले मेरो तन मन र दिमागमा सकारात्मकता भरीदिएको छ । म ईश्वरीय शक्तिमा विश्वास गर्छु । मन्दीर देखीएमा भगवानलाई धन्यावाद दिन कहिल्यै भूल्दिन । उठेपछि र सुत्नु अगाडी भगवानलाई सम्झने मेरो दैनीकी हो । त्यसैले यो जन्म दिने भगवानलाई मेरो जन्मदिनमा पनि सदाझै सम्झना गरे । कि्रष्चियन र मुस्लिमहरुको मुलुक अफि्रकामै भएपनि म संग भगवानको तस्विर र दियो छ । विहानै दियो जलाएर भगवानलाई धन्यवाद दिए । जन्मुनमा खुशी मनाउनुपर्ने उल्लेख्य केही छैन जिवनमा । ठुला उपलब्धि पनि केही छैन तर पनि मान्छेको जुनी पाउनुमा नै भाग्यमानी सम्झदै खुशी भए यो जिन्दगीमा ।

जसको कोखबाट म जन्मिए

परिवारको माईलो सन्तानको रुपमा जन्म पाए । त्यसमाथी पनि दोस्रो छारी । दुई मात्र सन्तान हुनुपर्ने चाहनामा छोराको आकांक्षा पुरा गर्न नसकेकै हो । म अपेक्षा वीपरित छोरी भएर जन्मिए बुबाआमाको लागी अनि आफ्ना आफन्तका लागी । मलाई थाहा छैन थाहा हुने कुरा पनि भएन त्यसबेला तर म सबैलाई खुशी बनाएर जन्मिएकी पक्कै थिईन । आफ्नै मुटुको टुक्रा झिकेर बाहीर हातमा खेलाउंदा आमालाई जति सन्तुष्टि भयो होला अरुलाई त्यसले अर्थ राखेन शायद । तर पनि सबै औलाको माया बराबार भने झै बुबाआमाको माया बढ्दै गयो झंागीदै गयो । अहिले पनि त्यो क्रम उस्तै छ । म भाग्यामानी महशुश गर्छु आफुलाई जसको कोखबाट मैले जन्म पाए । बुबाआमाको नजीकको सन्तान हुं । मेरो भगवानपछिको प्रँर्थना उहांहरुकै लागी हुन्छ मैले सकेजति खुशी दिन सकु । मेरो कारणले कहिल्यै त्यो आंखामा आंशु नआओस । प्रत्येक दिनको अठोट उस्तै छ म जहां रहेपनि जस्तो अवस्थामा रहेपनि । जन्म दिनेलाई दुख दिने मलाई त्यो अधिकार मेरो मनले िदंदै दिदैन अहं दिनै सक्दैन । त्यसैले मेरो कर्तब्य थियो विहानै फोन गरे आमालाई र सोधें तपाईले सम्झनुभो आज के दिन हो  त्यो बर्ष त्यो दीन त्यो क्षण अनि त्यो समय कुनचाही आमाले भुल्न सक्थिन र जिन्दगीमा । आमाले सम्झनुभयो म खुशी भए । हो तपाईले दुख गरेर जन्माएकी छोरी आज यति ठुली भएर तपाईलाई त्यो दीन सम्झाउदैछे । बुबाआमासंगको त्यो कुराकानीले मलाई दिनभर खुशी बनायो अनि उहांहरुले दिनुभएको आशिर्वाद र शुभकामनाले फेरी उर्जा थपिदियो यो टाढाको जिवनमा ।

मेरा आफन्त र मित्रहरुलाई

कतिले सम्झिए कतिले विसर्ीए । सबैले सबैको जन्मदीन सम्झने कुरा पनि भएन । सम्झीएनन् भनेर गुनासो गर्नु पनि आफैमा अनौठो हो । जन्म दिनमा धेरै साथीहरुले शुभकामना दिए । धेरैलाई सामाजीक संजालले सम्झना गराईदियो । शब्द एउटै छ तर त्यसको मूल्य अमूल्य छ । शुभकामना शब्दले मात्रै पनि मनमा खुशी भरीने रहेछ । मान्छेलाई कति धेरै नजीक बनाईदिएको छ यी प्रविधिले । सबैजनाको शुभकामनाले भरिएको शब्दहरु कति मिठो लाग्ने रहेछ । कति अग्रजहरुले शुभकामना दिनुभयो अनि कति आफूभन्दा सानो उमेरकाले दिनुभयो । कसैले दिदी भन्नुभयो कसैले बहिनी भन्नुभयो कसैले कल्पनाजी भन्नुभयो कतिले सम्बोधन गर्ने शब्द नै भेट्नुभएन । तर शुभकामना उस्तै प्यारो थियो मेरो लागी ।  यति धेरै मान्छेको शुभकामना पाउंदा लाग्दोरहेछ म कति भाग्यमानी छु । त्यो चोखो मनले मलाई शुभकामना दिनुहुने सम्पूर्ण आफ्ना आफन्त र मित्रहरुमा हादीक धन्यवाद नदीई रहन सकिन । अफि्रकी मुलुकमा मन बुझाउन गाह्रो भईरहेको बेला धेरै सहानुभूतीको महशुश भयो । यतिका धेरै शुभचिन्तक आफ्नो साथमा छन् भनेर जानेपछि मन खुशी नहुने कुरै भएन । तसर्थ मेरो यो खुशी तपाईहरु सबैमा साटेकी हुं । फेरी पनि मनैदेखी धन्यवाद तपाई सम्पूर्णलाई ।

अफि्रकामा रात्रीबसको एक्लो यात्रा

रात्री बसको यात्रा जीन्दगीले अनुभव नै गर्न पाएको थिएन । जन्मथलो चितवन अनि कर्मथलो काठमाण्डौ । त्यसको जम्मा दुरी २०० किलोमीटर पनि छैन । त्यसैले नाईटबसको यात्रा गर्ने चाहना पुरा भएको थिएन । पहिले पहिले कृष्ण भीरमा जाम पर्दा रात पथ्र्यो त्यो देखी बाहेक जीन्दगीमा रातीको बस चढिएको थिएन । त्यसलाई के नाईटबस भन्नु र ?

तर सात समुन्द्र पारीको देशमा आएर त्यो अनुभव पाईयो जीन्दगीम्ाा ।  केन्यामा माजुलाई भेट्न जाने चाहना युगाण्डा आएदेखी नै थियो । हामी संगै उस्तै कामका लागी  नेपालबाट यात्रा तय गरेका थियौं । नयां ठाउंमा उस्तै संस्थामा काम गर्ने वातावरण साथीसर्कल अनि नेपालीसगको भेटघाटको अनुभव मिलेर फुकाउने उत्कट चाहना थियो । त्यसमाथी केन्या पनि हेरौ न कस्तो रहेछ भन्ने अभिलाषा पनि थियो । उसै पनि मान्छेलाई नयां चीज नयां ठाउंको महत्व बेग्लै लाग्छ । यस्तैमा म केन्या जाने निधोमा पुगे युगाण्डा आएको लगभग पांच महिना पछि । जाने त मन थियो तर मन मात्रै भएर पनि भएन सबैकुरा जुट्नुपर्यो । एउटा देशबाट अर्को देशमा जाने त्यसमाथी जहा कहिल्यै पुगेकै छैन थाहा नै छैन । त्यो ठाउंमा माजु आफै पनि नयां । हाम्रो जस्तो अनुहार र रंग भएकाहरुलाई त झ्न पुरै अफि्रकामा अलि खतरा नै मानीन्छ । जे होस मनमा आंट जम्मा भईसकेको थियो । म केन्या जान्छु जसरी पनि गएरै छाड्छु । जिन्दगीमा मैले नगरे कसले गरिदिन्छ अनि अहिले नगए यो समय फर्केर आउंछ आउदैन के ग्यारेन्टी छ । यस्तै सोचेर म केन्या जाने ब्यवस्था मिलाउन थाले ।

सबैभन्दा पहिले भीसाको कुरा प्रमुख थियो । अफिसबाट चाडै विदा मिलाएर कम्पलामा रहेको केन्या दुतावासमा भिसाको आवेदन दिन गए । खोज्दै जादा दुतावास फेला पारे । तर गेटमा रहेको सुरक्षाकर्मीले भीसाको काम गर्ने समय १२ बजेसम्म मात्र हो अहिले दुई बज्यो भोली आउनुस भन्यो । बल्ल बल्ल पत्ता लगाएर कति दुख गरेर पुगेको छु गार्डले त्यसो भन्दा म खसं्रग भए । तैपनि उसलाई भने मलाई भित्र त जान दीनुस न म एकपटक कुरा गर्छु । उसले मैले हसीलो अनुहार लाएर नम्र संग भनेकोले होला भित्र जान अनुमती दियो । भीत्र एकजना महिला भेटे । सुरुमै मैले अनुरोध गरेर भने कृपया म केन्याको भीसाको लागी आवेदन दिन आएको । समय मलाई थाहा थिएन । मेरो लागी यती काम गरिदिनुहुन्छ । उसले पासपोर्ट दीनुस भनीन् मलाई फर्म भर्न लगाईन पैसा लिईन् र पासपोर्ट लीन भोली आउनु भनीन् । म यति सजिलै काम बनेकोमा दंग परे । भोलीपल्ट गएर भीसा सहीतको पासपार्ट लिएर आए ।

अब मलाई बसको टीकट मिलाउनुपर्ने थियो । अफिसको एकजना साथीलाई फकाए मलाई नैरोबीको बस पाउने ठाउंमा लैजाउन भनेर । उसलाई लिएर गए नाकुमाट ओसीसमा टीकट काउन्टर रहेछ । सुक्रबार राती आठ बजेको टिकट लिए । विहान कति बजे पुगीन्छ  टिकटवालाले भन्यो आठ देखी ९ बजेसम्ममा पुगीन्छ । ओहो ठ्याक्कै १२ घण्टा ।

भोलीपल्ट सुक्रबार सामान प्याक गरेर केन्या जान म घरबाट निस्किए । घरदेखी बस लाग्ने ठाउंसम्म पुग्न लगभग एक घण्टाको समय राखेर हिडे । मनमा एक किसिमको त्रास थियो । अफि्रकाको एउटा देशबाट अर्को देश जादैछु । रात्रीबसमा कहिले हिडेको अनुभव छैन । मान्छेहरु कस्ता हुन्छन् बसमा । केन्या पुगेर माजुसंग भेट भएन भने पो के गर्ने । यस्तै अनेक तर्कनाहरु मनमा आईनै रहेका थिए । यद्यपी माजुसंग मेरो दोहोरो कुराकानी भई नै रहेको थियो । म बस लाग्ने ठाउंमा पुगे । मेरो सामान मेटल डिटेक्टरले चेक गर्यो टिकट र पासपोर्ट हेर्यो अनि मलाई बसभीत्र छिर्न दियो बसवालाले । बसमा चढेर यसो हेरे धन्न दुई जना भारतीय जस्ता मान्छे देखे अरु सबै अफि्रकन । एकछिन पछि एकजना गोरे पनि चढ्यो बसमा । यति भएपछि म अलि ढुक्क भए । गोरो अनुहारका अरु मान्छे देखेपछि मनमा अलिकती भएपनि डर हट्यो । मेरो साईडमा एउटा अफि्रकन मान्छे पर्यो । नचिनेको मान्छे भएपनि हाई हेल्लो गर्ने अफि्रकन बानीमा म अभ्यस्त भईसकेको थिए ।  त्यसैले उसलाई मैले त्यति अभिवादन गरे । एकछिनमा कन्डक्टरले कफी र क्याडबरी बाड्यो । बस निकै सफा चिटिक्कको सीट प्लेनको जस्तो अनि एयरकन्डीसन्स भएको अनि बेला बेला यात्रुलाई पानी अथवा कोक दिईराख्ने । सुरुमै छाप पर्यो मनमा ल बससेवा चाही गज्जबको रहेछ प्लेनमा एयरहोस्टेजले यात्रुको केयर गरेजस्तै लाग्यो । अब विस्तारै बस हिड्न सुरु गर्यो ठिक टाईममा राती आठ बजे बस हिड्यो ।

युगाण्डामा मलाई बानी परिसकेको थियो । कम्पलाका प्राय सबै ठाउ मलाई थाहा भईसकेको थियो । अब यो ठाउं छोडेर म हिडे अन्जान ठाउमा अफि्रकनको भीडमा एक्लो गोरी केटी ।  बसले रफ्तार लिन थाल्यो । मेरो मनमा अनेक तर्कना आउन थालीरहेको थियो । म मनमनै सोच्थे यात्रामा म डराउने मान्छे कहिले पनि होईन । जब केही कुराको सुरुवात  गरिदैन भने अन्त्यमा पाउने सुख काहां अनुभव गर्न पाईन्छ र । जब अप्ठेरो र डर मनमा रहन्छ भगवान नसम्झने कुन मनुष्य होला र यो संसारमा । म मन मनै पुकार गरिरहन्थे भगवानसग कि मात्र सुरक्षा गरीदेउ बांकी सबै म गरौला .

बसको गति एकदमै तीब्र थियो । लाग्थ्यो १०० भन्दा बढीको स्पिडमा गुडीरहेको थियो । यात्रुहरु निदाउन थालीसकेका थिए । मलाई निन्द्रा पटक्कै थिएन मनमा अनेक कुराहरु आईरहेका थिए । म छटपटीरहेको थिए । त्यसैले यात्रालाई सहज बनाउन छेउमा रहेको अफि्रकन संग बोल्न थाले । उ केन्याको रहेछ र युगाण्डमा रहेर ब्यवसाय गर्दोरहेछ । सामान्य कुरा भयो । त्यसपछि म मोबाईलमा इयर फोन राखेर गीत सुन्न थाले । म अचम्म परे मोबाईलमा प्ले अल गरेर गीत सुन्दै थिए । एउटा गीत ठ्याक्कै मिलेजसरी आयो समयसगै रामकृष्ण ढकालको यात्रा रहेछ जिन्दगी एक्लै म हिडीदिन्छु ु।   म आफ्नै तालमा ब्यस्त भएपछि  त्यो अफि्रकनले पनि ग्यालेक्सी आईपड निकाल्यो र फिल्म हेर्न थाल्यो । चिसो हावाले जाडो भईराखेको थियो । सामान्य सलले मुख छोपेर निदाउने प्रयास गरे । मनमा अन्यौलता थियो तैपनि अब भने निन्द्रा लाग्न थाले जस्तो भयो । एकैछीनमा बस रोकियो सबैजना बसबाट ओर्लन थाले । के भईराखेको भन्ने मलाई पत्तो थिएन । त्यसैले छेउको अफि्रकनलाई सोधे के भाको  उसले भन्यो यो बोर्डर हो अब पासपोर्ट लिएर ईमीग्रेसनमा जानुपर्छ । ल अब निन्दै्रमा पनि बसबाट ओर्लनु पर्यो ।  म संग दुईटा ब्याग थियो । अब त्यो ब्याग बोकेर ओर्लने की छोड्ने भयो । बोकौ एकदमै गहा्रौ थियो नबोकै फेरी कसैले लिएर टाप जाने हो की भन्ने डर । अफि्रकामा त आंखा झिम्काउन हुन्न सामान त चोरीहाल्छन् भन्ने सुनेको थिए । अनि त्यही अफि्रकनलाई सोधे ब्याग छोडर जान हुन्छ  उसले भन्यो त्यहाबाट हेर्द गर्नुस न  बोकेर जानुपर्दैन । मैले सानो हेण्डब्यागमा पासपोर्ट लिएर ओर्ले । रातको एक बजेको थियो ईमीग्रेसनमा लामो लाईन थियो । म त्यही लाईनमा बसे । म भीत्र छिर्ने बेला अफि्रकनले बसमा रहेको ब्याग म हेरीदिउंला भन्यो । भित्र गएर भीसा चेक गरेर  फर्किए । यहां बाट त म पास भए । अब सिमा कटेर अर्को देश केन्यामा पुगीयो जुन पांच मिनेटको दुरीमा थियो । फेरी त्यहा पनि बस चढेर एकैछीनमा ओर्लनुपर्यो । त्यहांको ईमीग्रेसनमा मेरो भीसा हेर्यो र ईन्ट्री छाप लगाईदियो । ओहो युगाण्डाबाट केन्या जानेहरुका लागी पैसा साट्नेहरु कति धेरै बस्ने रहेछन् बाटोमा । तर मैले पहिले नै केन्या सीलीग साटेर लगीसकेको थिए । सबै यात्रु पुन बसमा चढे र बसले फेरी आफ्नो रफ्तार लियो ।

त्यो चिसो सिरेटो अन्धकार रात अनि अफि्रकाको फांटमा सयको स्पीडको गाडीमा मेरो मन पनि त्यही बेगमा थियो । यसो झ्यालबाट चिहायो घर कही देखीदैन पुरै फांट । मात्र एउटा गाडी गुडीरहेको छ त्यो फांटमा गाडीको अगाडीपटि देखीएको उज्यालोले म अनुभव गर्दै थिए कति अनन्त सम्मको बाटो देखीएको छ । गाडीको स्पिड उस्तै छ । कहिकतै रोकीदैन छेकबार छैन । आखाले भ्याउने सम्मको सीधा बाटो । कहिकतै दश बाह्रवोटा घर एकै ठाउंमा देखिन्छन अलि अलि बत्ति बलेको देखिन्छ । म सोच्छु यी चाही शायद बजार होलान् । समय विस्तारै घर्कदै गयो विहान  तीन चार हुदै पांच बज्यो ।

म आफैलाई सम्झदै थिए । अफि्रकाको बारेमा किताबको पन्नामा पढेको थिए । कुनै दीन पुगीएला भन्ने सोचिएको पनि थियो होला शायद । तर यसरी एउटा देशबाट अर्को देश रात्रीयात्रा गरिन्छ र गर्न सकिन्छ भनेर शायदै जीन्दगीमा कल्पना गरेको थिए । यस्तै यात्रा त हो नी जिन्दगी जहां धेरै अनिश्तिताहरु हुन्छन् अन्यौलहरु हुन्छन् अनि त्यो संगै रोमााचता पनि हुन्छ । कुनै पात्रको कल्पना गर्न एउटा कुरा हो तर त्यसभीत्र आफु हुनुको यथार्थले मन अहिले दगं हुन्छ । त्यसबेला मनमा आएका डरहरुलाई पन्छाएर कसरी सकारात्मक कुरा मात्र सोचेर हिम्मत बटुलेको थिए भन्ने सम्झना आउंछ म त्यसलाई पन्नामा उतार्नै सक्दिन । विहान छ बजे नैरोबी नपुग्दै नाकुरु भन्ने ठाउंमा त्यो अफिकन ओलीर्यो । नाकुरु राष्ट्रिय निकुाज घुम्न आउदा मलाई फोन गर्नु म सकेको सहयोग गरौला भनेर उ विदा भयो ।

लगभग आठ बज्यो अनि विस्तारै नैरोबी सहर छिरेको हो की जस्तो लाग्न थाल्यो । अलि ठुला ठुला भवन देखे टा्रफीक ब्यस्तता थियो मान्छेको चहलपहल धेरै थियो । माजुले फोन गरिन् कहां आईपुगेउ भनेर । म अलमल्ल परे । न ठाउं थाछ न नाम थाछ काहां आईपुगे भन्नु । त्यति नै खेर पुलीस बीट देखे उसलाई मैलॆ भनीहाले नैरोबी छिरियो पुलीस बीट कटे । तिमी आउ है अब एकछिनमा । मलाई लाग्यो त्यो बसपार्क त्यहांबाट कति टाढा छ तैपनि म त्यहां पुग्दा उसलाई भेट्न पाउ भन्ने थियो । विस्तारै ट्राफीक छिचोल्दै बस गन्तब्यमा पुगेर रोकीयो । सबै यात्रु ओलीर्न थाले । म सामान मिलाएर ओलीए । यसो हेर्छु वरीपरी बसपार्क जस्तो पनि देखिदैन । रोडमै बस रोकेको छ । अन्तै रोकेको पो हो की । अब उसलाई मैले कसरी लोकेसन दिने । एउटा ठुलो बार्ड देखे रातो झलक्क देखीने र फोन गरेर भने कम्पला कोच लेखेको छ हो त्यही आउ । ब्याग भिरेर वरपर गर्दा ट्याक्सीवालाहरुले जानी हो जानी हो भन्दै हैरान पारीराखेका थिए । मनमा डर र अन्यौल भएपनि म त्यो अनुहारमा नआओस भनेर सचेत थिए । उनीहरुको अगाडी यस्तो नैरोबी त कति आईयो कति भन्ने जस्तो देखाउन खोज्दै थिए । आत्मविश्वासले भरिएको देखाउन सके उनीहरु पनि अलि हच्किन्छन् की भन्ने भ्रम थियो मनमा । मै्रले त्यसै गरे । त्यत्तिकैमा माजुलाई झलक्क देखे र दौडीर झ्याम्म अंगालो हाले । संगै आएकी अफि्रकन साथीलाई पनि भेटे । धन्न उनले साथी लिएर आईछीन र हामी सजीलै भटीयौ ।  मलाई यस्तो लाग्यो भगवानले मेरो पुकार सुने र म सकुशल नैरोबी आईपुगे जहां पुग्नुपर्ने हो त्यही पुगे । अन्तरमन देखी ठुलो सास फेरे र भने थ्यांक गड ।

यसरी एउटा अन्जान र अनिश्तित ठाउंको यात्रा गरे । अफि्रकनहरु जो एक्लै हिड्न आफै पनि डराउंछन् । धेरै पुरुषहरु पनि एक्लै रात्री यात्रा गर्न डराउने रहेछन् । तर मेरो मनको अठोट विश्वास र भरोसाले त्यो यात्रा पुरा गरे । चितवन बाट काठमाडौं जादा सिमभाज्यांगको बाटोको यात्रा गर्छु भन्दा त डराउने परिवारलाई मैले यो यात्राको बर्णन गर्दा पनि आज अनौठो लाग्न छाडेको छ । अब यस्तो लाग्छ जीवनमा जुनसुकै ठाउंमा पनि अवसर आए म जान सक्छु । जिवनमा आएका अवसरहरुलाई प्रयोग गर्न चुकेर त्यसबाट पछुताउने ठाउं किन राख्नु र ।  जिवन पुरा पुरा बांच्नुपर्छ ।

बोडा बोडा…

कहिलेकाही कम्पलाको मख्य बजार जानुपर्यो भने ट्राफीक जामले अत्यास लाग्छ । यहांको ट्राफीकले त काठमाडौलाई विसाईदिन्छ । अफिस जांदा थापाथलीको जाममा त कम्तिमा दश मीनेट परिएकै हुन्थ्यो । यहांको ट्राफीक त आधा घण्टा सम्म हुन्छ । कतै जादै छु भने कम्तिमा पनि एक घण्टा अगाडी टाईम राखेर निस्कन्छु । बाटोमा जाममा गाडी रोकियो भने १५ देखी २० मिनेट त ढुक्कले निदाए पनि हन्छ । नेपाली चार पांच लाखमा राम्रो गाडी पाईन्छ के भो रगाडी त सामान्य आम्दानी हुनेको पनि पहुचमा हुन्छ । त्यही भएर पनि मख्य कम्पला बजारमा गाडीको चाप थेगीनसक्नुहुन्छ । त्यस्तो बेला भने अर्को छिटो र सस्तो सार्वजनिक साधन पनि उपलब्ध छ जुनम गयो भने जाममा फसीराख्नपर्दैन जहां पुग्ने हो त्यो ठाउंको नाम अथवा घर नम्बर भनेपनि ठ्याक्कै पुर्याईदिन्छ । अथार्त यहां मोटरसाईकल सार्वजनिक सवारीको रुपमा प्रयोग हुन्छ । जसलाई स्थानीय भाषामा बोडा बोडा भनिन्छ । जुनसुकै चोकमा र ठाउंमा पनि लाम लागेर बसेका हुन्छन् मोटरसाईकलहरु । अर्को कुरा मलाई अचम्म लागेको चाही बोडा बोडा चलाउनेलाई हेल्मेट लगाउनै पर्ने बाध्यता छैन हाम्रोमा जस्तो । दुईजना भन्दा बढी चढेमा ट्राफीकले लाईसेन्स खोस्ने डर पनि हुन्न । जति अट्छ चढाए हन्छ । एक जना चढे अलि कम दुईजना भए बढी पैसा तिर्नुपर्छ । यहांको मोटरसाईकल फेरी हाम्रो तीर पुरानो र लगभग हटिसकेको ईस्कर्ट सुजुकी टाईपको हुन्छलामो सीट भाको ।

बोडा बोडा चढ्नेहरु कति पटक लुटीएको घटना पनि सनिन्छ बेला बेलामा । तर यो एकदमै सुविधाजनक लाग्छ मलाई चाहीं । धन्न अहिलेसम्म नराम्रँे घटना भएको छैन । बाटोमा हिडीरहन्छु अनि बोडा बोडा वाला आएर सिस्टर वी गो भन्छन् । कोही माई फ्रेन्ड आर य गोईग भन्छन् । कोही परैदखी हात उठाउछन । उसको ईशारा हुन्छ बोडा बोडा चाहिएको हो । जे होस मलाई उनीहरुको ब्यवहार चाही राम्रो लाग्छ । एकदमै सम्मानीत तरिकाले बोल्छन् । जहां जाने हो त्यही ठाउंमा ठ्याक्कै पुरा्याइदिन्छन् । बोडा बोडाको भाडा भने पहिले नै तय गर्नँुपर्छ ।  म यो ठाउंमा जाुनछ कति पैसा भनेर सोध्ने । उसले सरुमा धेरै भन्छ । आफुमा पनि बार्गेन पावर हुनुपर्छ । आजभोली म दुरी अनुसार भाडा तय गर्न सिपालु भईसकेको छ । अचम्म लाग्छ आफैलाई पहिले पहिले डर लाग्थ्यॊ चढ्न पनि आजभोली आफै बार्गेन गर्छु । अनभवले परिक्व बनाउंछ नी मान्छेलाई ।

just written……

जीवन यहां जीवन जस्तो नलागेको बेला । मन अचेत र अवचेतन जस्तै भएको बेला अनि समय क्रुर निष्ठुर र पराई भएको बेला । ति विगतका मिठा नमिठा यादहरु मनको मझेरीमा सुस्ताउन आईपुग्छन् । किहंकतै मिठा यादहरु अनि किहंकतै आफ्नै नमिठा घातहरु । धेरै पर छोडीएका सुन्दर फूलजस्तै हरसमय फकि्ररहने ती सुन्दर दिनहरु अब जीवनमा आउंदैनन् कि भनेर अत्यास लाग्छ । हो सांच्चै त्यो मिठो निर्दोषपना अहिले त आफ्नै मनभीत्र पनि छैन होल । समयको छलांगसंगै भत्किएका ती सुन्दर सपनाहरु अब त पर क्षितिजमा विलाईसके । सपना पनि कति मिठो कति रंगीन हुन्थ्यो त्यसबेला । मिठो सपना देख्ने लोभमा छिट्टै निदाउन विस्तारामा पल्टिहाल्ने बहाना खोज्न पनि मन छैन आजभोली । सपनाले पनि आफ्नो ठान्दैन आजभोली । आफैलाई डर र अत्यास लाग्ने सपना देख्ने त्रासले निन्द्रा पनि नजिक आउन मान्दैन आजभोली । तर कहां सकिन्छ र फेरी पनि जिन्दगीमा ननिदाईकन ब्युझन त ।
समक्रमसगै सपनाका रंगहरु पनि बदलिने रहेछन् । दुनियांसंगको साक्षात्कार जति लम्बिदै गयो जिन्दगी उस्तै नमिठो लाग्दै जानेरहेछ अनि त्यो संगै सपनाको रंग पनि परिवर्तन हुनेरहेछ । हो आजभोली दुनीयाको छलकपट र स्वार्थीपनाले मेरो आफ्नै संसार धमिलिएको छ । हरेक मान्छे घटी र बढीमा उस्तै हुनेरहेछन् । कोही कसैलाई आफ्नो नजिकको ठान्न र सोच्न मात्र पनि नसकिने जमाना रहेछ । मायाको बन्धनमा बांधीएकाहरु पनि फगत सम्झौता गर्दारहेछन् । श्रीमान श्रीमती बिचको सम्बन्धमा पनि धेरै तिक्तता देख्दछु म आजभोली । त्यो सुन्दर आवरणभीत्र पनि धोका कपट ईष्र्या र डाह मिसिएको हुने रहेछ । मेरो त्यसबेलाको कलिलो मस्तिष्कले यस्तो विशेषता छाम्ने र केलाउने सामथ्र्य राख्दैन थियो होला शायद । कहिकतै लाग्छ पनि मन त्यस्तै मात्र भएको भए हुन्थ्यो । मनले मनहरु नचिनेको र चिन्न नसकेको भए पनि हुन्थ्यो । आफ्नै मनदेखी असन्तुष्ट छु र गुनासो गर्छु आजभोली । यो दुनियां संगको साक्षात्कारले म आजभोली हरेक मान्छेलाई शंकाको द्रष्टिले हेर्न थालेकी छु । कसैले अगाडी आएर दिएको मिठो मुस्कान पनि मलाई कुटील लाग्छ । अनि कसैले प्रशंसा गरेर भरेको शब्दमा पनि म रमाउन सक्दिन । कसैको मिठो बोली मलाई पछाडीबाट हानेको तीर जस्तो लाग्छ । किनकी मलाई शंका लाग्छ त्यो सांच्चै होईन भनेर । मान्छे सांचो बोल्दैन भनेर मन देखी बोल्दैन भनेर । मान्छे अझै यति महान कहां बनिसकेको छ र अरुको प्रगतिमा खुशी हुन सक्ने । त्यो त देखावटीपन हो दुनीयांको । यो स्वभाव हो मानवको । आखिर यो हरेक मान्छेको विशेषता रहेछ । अरुको काम र कुरामा रमाउन नसक्ने अद्भूत विशेषता त मान्छेमा मात्रै रहेछ । धन्य हो सुन्दर अनुहार भित्रको कूरुप मन । किन बनाउछौ भगवान मान्छेलाई रुपमा धनी अनि सोचमा यति दरिद्रता । तन जस्तो सुकै बनाउ तर मन सुन्दर बनाईदेउ न । खैर अब त सृष्टिकर्तालाई गुनासो गर्न पनि मन छैन । मेरो आग्रह र अनुनय पनि छैन तिमीलाई । मान्छेहरु आफै बांच आफै हास । अरुलाई पछारेर किहं पुगीदैन भन्ने हेक्का पनि राख । अगाडी र पछाडी फरक नबन । जस्तो छौ तिमी भीत्रैदेखी बाहीर पनि त्यस्तै बन । त्यो कुटील आवरण लिएर कृपया म कहां नआउ मान्छेहरु । जिन्दगीमा तिमी पनि जानै पर्छ अजम्बरी लिएर आएका छैनौ त्यसैले कम्तिमा यसको हेक्का राख । हे दुनियांका सभ्य भनाउंदा मान्छेहरु ।

यस्तै हुन्छ मान्छे

अर्काको नै अवनतीमा रमाउने कस्तो मान्छे ।

अरुको नै कुरा काटी रमाउने कस्तो मान्छे ॥

 

चारै प्रहर चिन्ता चासो अरुको नै हुने ।

अरुको नै चिन्ता गरी रमाउने कस्तो मान्छे ॥

 

गुण दोष चिन्दैन कि बुझ्दैन खोई कुन्नी ।

आफै विश्लेषण गरी रमाउने कस्तो मान्छे ॥

 

मन भीत्रको खोट आफ्नो देख्दैन कहिले पिन ।

अरुलाई खोट लगाई रमाउने कस्तो मान्छे ॥

 

बाहिर मिठो मुस्कान दिने निर्दोषपना देखाउने ।

विना प्रमाण दोष लगाई रमाउने कस्तो मान्छे ॥

तिम्रा मिठा बातहरु

अनायसै याद आयो तिम्रा मिठा बातहरु ।

कति कति गर्यौ तिमीले जिन्दगीमा घातहरु ॥

 

ब्ााचा कसम खाने तिमी ईश्वरको नाउंमा ।

मन्दीर मन्दीर धाई भन्यौ पाउनेछौ साथहरु ॥

 

ईश्वर ठानी तिमिलाई पुजा पनि गरे मैले ।

तिम्रो दिनको कामनामा वित्थे मेरा प्रभातहरु ॥

 

कयौ पटक सहे मैले समाजका संगीन आरोप ।

छिया छिया भयो मुटु अझै थप्यौ आघातहरु ॥

 

जिन्दगीमा एक्लै अघि बढ्ने साहस गरे मैले ।

पछ्याउदीन कहिलेपनि अब तिम्रा पदचापहरु ॥

जीवन

तिमी आकासलाई अंगालेको भ्रममा पर्छौ

संसार सारा आफ्नै ठान्छौ ।

जीवनका हर अनभव संगालेको भ्रममा छौ

आफूलाई श्रेष्ठ प्राणी ठान्छौ ॥

 

जिवनका आरोहमात्र चढ्दैछौ तिमी

एकपटक पहरामा ठोक्किएर हेर ।

जिवन सधै एकैनास सरल बग्दैन प्रीय

एकपटक यात्रा रोक्किएर हेर ॥

 

ती रोदन र चित्कार कति बझ्छौ तिमी

आर्तनादमा मनहरु पोलिरहेका छन् ।

तिमी अहंकारको आवाज बुलन्द पार्दै गर्दा

ति जिवनको करुण बोली बोलिरहेका छन् ॥

 

अलिकति खुशी अरुलाई बाडेर हेर

मुस्कानसहीतको माया छिटो पाउनेछौ ।

तिमी मनहरुको भाषा बझ्ने सामथ्य बटुल

जिवनको परिभाषा मिठो पाउनेछौ ॥

समय र सम्बन्ध

”आमा मेरो मोटरसाईकल विगि्रयो म आज यतै बस्ने भए । हजुर खाना आएर सत्नुस ल । म भोली विहानै आउंछु ।”  सविनले आमालाई फोन मार्फत जानकारी गरायो किनकी उसलाई थाहा थियो उनकी आमा छोरो घरमा नआएसम्म खाना खादीनन् । बडो दुखले एक्लै हुर्काएको उनको छोरो अहिले जवान भईसकेको थियो । तर सरितालाई अझै पनि सानो बालक जस्तै लाग्थ्यो । सविन पनि आफ्नी आमालाई हरेक खुशी दिन चाहन्थ्यो । कहिलेकाही आमाको अनहार मलीन भए सबीन सोधिहाल्थ्यो -”आमा के भयो हजुरलाई म औषधी लिएर आउं । चिन्ता नगर्नुँस आमा म छु नी तपाईको लागी संसारको हरेक खुशी दिन्छु ।” छोराको यस्तो बोलीमा आमा संसार जीतेको महशश गर्थीन् । आमाको ममताको आंचल सविनको संसार थियो । गाउंमा सबैले भन्थे एउटा छोरो भएर पनि सरिताको जस्तो छोरो भए पो । छोरीले गर्ने सबै काम गर्छ । आमाको कति ठलो सहारा बनेको छ ।
समय विस्तारै अघि बढ्दै गयो । सविनको विहे पनि भयो । साक्षात लक्ष्मी जस्ती बहारी भित्र्याउन पाएकोमा सरिताको खुशीको सिमा थिएन । बहारीले घरको काम सम्हाल्न थालेपछि उनलाई पनि शान्ति मिलेको थियो । एकदीन सविन सदा झै खाना खाने समयमा पनि घर आएन । बहारीले सासुलाई खाना खान बोलाईन् तर सरीताले पछि खाउंला अहिले टाउको दुखेको छ भनेर टारीन् । उनलाई आफै फोन गरौ कि जस्तो नलागेको पनि होईन छोरालाई तर अनपढ उनलाई टेलिफोन चलाउन पनि आउदैन । रातीको दश बजेपछि उनी बहारीको कोठामा गईन र सोधिन् -”सविन आएकै छैन । किन हो खबर पनि गदैन ।” टिभी हॆरेर बसीरहेकी सविनाले भनिन्-”उहांले अघि नै मलाई फोन गर्नँभएको थियो । आज साथीकोमा पार्टी छ रे आउनहदैन रे ।”

यो पहिलो लघुकथा लेख्ने मेरो प्रयास । कस्तो भयो प्रतिकि्रया दिनुहोला है ।

मुक्ति सपनाको

हजारौ रातको जिन्दगीमा
मैले देखेका लाखौ सपना
विस्तारै बाटो मोडदैछन् अचेल
अंधेरीमा एक्लै छाड्दैछन् अचेल
न मैले स्वागत गरे तिमिलाई
न कहिलै तिमीले सोध्यौ मलाई Continue reading मुक्ति सपनाको

single life

भीडभाडमा एक्लो यात्राको छुट्टै मज्जा
कोलाहलमा आफूभीत्रको सन्नाटै मज्जा
अरुले गरिदिने स्वार्थी माया भन्दा
आफ्नै जिन्दगीले गर्ने ठट्टै मज्जा

चिन्ता त धेरै छैन यो एक्लो ज्यानको
जताततै खुशीहरु छरपस्टै मज्जा

मान्छेसंगै समस्याले घेरिएकाहरु हेर
… एक्लै बांच्नुमा मात्रै छ विछट्टै मज्जा

न सुन्नु पर्ने न सुल्झाउनुपर्ने अरुका कुरा
आहा यसैमा छ जिवनको चौपट्टै मज्जा

तिमी समुन्द्र हौ

तिम्रो मिठो सामीप्यताले मेरो मन चंग भएको छ । तिमीलाई मैले देखे भोगे र स्पर्श गरे । तिमी निलो भएर बग्दै थियौ विशाल आकाशको अंगालोमा मग्न भएर । तिमी कतै शान्त थियौ तर कतै चाचल भएर उच्छृंखल बन्थ्यौ  तिमी सीतल छौ अनन्त छौ विशाल छौ । न केही नपाएकोमा कसैसंग गुनासो गर्छौ न त केही दिन सकिन भनेर ढोंग नै गर्छौ । तिम्रो त्यो विशालता र भब्यतामा म नतमस्तक छु ।  सक्ने भए र मिल्ने भए जिन्दगी तिमीलाई नै दिने थिए । विना कुनै स्वार्थ तिमीले अंगालीदियौ मिठो अनुभुति दियौ । तिम्रो शुद्धताको म कसरी वर्णन गरौं । म तिमी माथी तैरीरहदा तिमी सुस्तरी हेथ्र्यौ ।  म आफू त्यही हराएको अनुभव गर्थे । Continue reading तिमी समुन्द्र हौ

मेरो पहिलो गरु आफ्नै बुबा

आज गुरु पर्णीमा रहेछ । त्यही अक्षर बाट बनेका शब्दहरु अनि त्यही शब्दबाट बनेका वाक्यहरु पढेर मैले जिवनमा साक्षर बन्ने सौभाग्य पाएकी हु । आज ति तमाम गुरुहरुलाई मेरो आदरपुर्ण सम्मान र सम्झना । भनिन्छ घर मान्छेको पहिलो पाठशाला त्यसैले मलाई अक्षर सिकाउने मेरो जिवनको पहिलो गुरु पनि मेरो आदरणीय बुबा । आफुले पढ्न नपाएको सौख र सपना पुरा गर्ने बुबाको प्रतिवद्धता अनि त्यही बाटोमा हिडाउन खोज्दा सिकेकी हु मैले अक्षर । कहिले भुईमा कोरेर सिकिन्थ्यो कहिले माटोको भीत्तामा कोरिन्थ्यो । बुबाले पहिलोपटक ल्याईदिनुभएको कालो पार्टी म कहिले विस्रन सक्दिन । जसको वरीपरी हरियो किनारा थियो अनि त्यसमा सेतो खरीले बुबाले लेख्नहुन्थ्यो अनि आफले त्यसैको मुनी लेखिन्थ्यो । बुबा कति मजाले घुमाएर क लेख्नहन्थ्यो । हेर्दा पक्का लेख्न सक्छ भन्ने लागेपनि लेख्न खोज्दा बुबाले जस्तो बनाउनै सकिदैनथ्यो । जति पटक विगारेपनि बुबाले माया गरी हौसला िदंदै सिकाउनहन्थ्यो । त्यसैले मैले छिट्टै टिप्थे । बुबाले अक्षर सिकाउदा ममीले घरधन्दा सिकाउनुभयो । यसअर्थमा ममी पनि यो दिनको लागी सम्झन योग्य ब्यक्तित्व मेरो लागी ।
त्यही कालो पार्टीबाट शुरु गरेको अक्षँर सिक्ने यात्रा अझैसम्म जारी छ । मलाई औपचारिक शिक्षा दिएर सक्षम बनाउने सबै गुरुहरुलाई आदरपुर्वक सम्मान र सम्झना । अनि मलाई मिडिया सिकाउने सबै अग्रज ब्यक्तित्वलाई सलाम । आज गुरुपर्णीमाको अवसरमा जिन्दगी जिउन सिकाउने ज्ञात अज्ञात सबै ब्यक्तित्वलाई मेरो सम्झना र आभार ।

असार पन्ध्रको स्मृती

युट्युबमा धर्मराज थापाको हरियो डांडा माथी भन्ने गीत हेर्दै यो असारे मासमा सयौ डाडा पारीको आफ्नो सानो गाउंको ताजा याद मस्तिष्कभरी छरिएका छन् । झ्यालबाट चिहाएर हेर्दा सांच्चै पानी परिरहेको छ अझ भनौ झरी परिरहेको छ । आकासबाट थोपा थोपा झरी परीरहदा मलाई यो थोपाले मेरो देशको असारे झरीको सम्झना दिलाईरहेको छ । तर एउटै आकाशबाट झर्ने उस्तै झरीमा पनि म रुझ्न सकिरहेकी छैन । किनकी यहां भौगोलीक रेखा कोरिएको छ । सांघुरो ठाउंमा मन रमाएको छैन । यही झरी मेरो देशमा आजै पर्दो हो त कति आत्मिय लाग्थ्यो होला । जे भएपनि झरीको सामीप्यताले मेरो सम्झना गाढा बनाईदिएको छ । त्यो बालापनको यादले मन चाचल भएर आएको छ । त्यो छाता ओढ्न भन्दा घुम ओढ्न रमाईलो लाग्ने बेला । आलीमा बसेर भन्दा हिलो गरामा बसेर रुझ्न मन लाग्ने समय । त्यो चाचल बालापन त्यो कहिले फर्किएर नआउने मेरो प्यारो बालापन ।
असारको दबदबे हिलोले मशींर बोलाउंछ । हरीया फांटमा बसेर लहलह झुलेको धानखेत हेर्नुको मज्जा नै बेग्लै हुन्छ नी । त्यसैले माना रोपेर मुरी फलाउने असारे महिनामा किसानको धपक्क बलेको उज्यालो चेहरा हेर्न कत्ति मन थियो । त्यसबेला फुरुगं पर्दै म पनि रोप्छु नी भनेर हातमा धानको बिउ बोकेर रोपारहरुको अघिपछि गरेको याद आईरहेको छ । रोप्न पनि ढंग चाहिन्छ नि बुबाले भन्नुहुन्थ्यो । रोपारहरुसंगै बसेर रोप्न निदंदा मन मनै कत्ति रीस उठ्थ्यो । साह्रै रहर गरेपछि ममीले कुना कुना एक एक लाईन रोप्दै जा भन्नुहुन्थ्यो । यति भनेपनि रोप्न पाईयो भनेर साना हातको पाजामा जति अटाउंछ त्यति धानको बीउ बोकेर एक लाईन कुनामा रोप्दै जान्थे । आफूले रोपेको धान फल्ने बेला सम्झना हुन्थ्यो यो मैले रोपेको धान । तराईको ठुलो गरा अनि दुईचार हल गोरु बाउसे २० २५ जना रोपाहार ओहो एउटा ठुलो पर्व जस्तो पो लाग्थ्यो । कति रमाईलो हुन्थ्यो हिलो खेतमा दौडीएर लडीबुडी खेल्न । समयक्रमसंगै त्यो अवसर टाढा टाढा हुदै गयो ।
असारमा चिउरा र दही खानैपर्ने हाम्रो परम्पारगत मान्यता नै हो । अरुबेला दहीचिउरा खानु र असार १५मा खानुको अर्थ र मिठास कति छुट्टै हुन्छ । अझ ठेकीबाट दही निकाल्दै टपरीमा चिउरा राखेर खानुको आनन्द कहां पाईन्छ र अहिले । अहिले त दही पनि रेडीमेड चिउरा पनि रेडीमेड अनि प्लेट पनि रेडीमेड । दहीचिउरा खानु मान्यतालाई जहां बसेर आत्मसाथ गरेपनि त्यो गैरीखेत हिलैहिलो लागेको शरीर अनि त्यो वातावरण म जहिले सम्झिरहन्छु । परदेशको एउटा भूमिबाट म त्यही मेरो गैह्रीखेत नियालीरहेको छ । यहांको पीच गरेको बाटो मेरो खेतको आली जस्तै लागीरहेको छ अनि यो दर्के झरीले सांच्चै म यतिखेर घुम ओढेर खेतालालाई खाजा पुर्याउन गईरहेकी छु जस्तो लाग्दैछ । तर यहां लाग्दैन असार पन्ध्र मात्र भन्छन् जुन २९ तारीख ।

मेरो मन

आरोह अवरोहमा कहिले डराएन मन
अन्यौलग्रस्त भीडमा पनि हराएन मन

भित्र भित्रै बुझाउदै सुक्क गरेहुला
जति धेरै पीडामा पनि कराएन मन

लड्दा खेरी कतिपटक घाउ लाग्यो
जस्तो होस कहिले पनि चहराएन मन

भीरपाखा पखेरा नी आफ्नै बलमा चढे
लहराले साथ िदंदा लहराएन मन

आफै संग रमाएर त्यही वृत घुमीबस्यो
आकास चुम्ने सपना देख्न पराएन मन

एउटा गज्जबको सन्तुलन

एउटा सार्वजनिक कार्यक्रम आयोजना भएको थियो । जसमा मेरो अफिस Uganda Media Womens association पनि सहभागी भएको थियो । विशेष गरी बालबालीकाका लागी रमाईलो तथा चेतनामुलक कार्यक्रम थियो । मेरो लागी त सबै रमाईलो र नयां अनुभव हुने नै भयो । तर एउटा कुराचाही विल्कुल अनौठो । एकजना मान्छे एउटा अग्लो साईकल माथी बसीरहेको थियो रुखको हांगा समातेर अनि साईकलको चक्का एउटा मात्रै थियो । म सोचीराथे यो मान्छे यो साईकल कसरी चलाउंछ होला भनेर । एकैछिनमा बैण्ड बाजा बज्न थाल्यो । उ साईकल चलाउदै कार्यक्रम स्थलबाट सडकमा निस्कियो । सडक पनि राम्रो पीच गरेको काहां हो र पुरै खाल्डाखुल्डी थियो । तर उसले मजाले साईकल चलाएर देखायो ।

The Power of balance

आखिर यसो सोचे मैले सन्तुलन त रहेछ अभ्यास न रहेछ । उसले आफ्नो शरिरलाई सन्तुलनमा राख्न सकेर त साईकल गुड्यो । तर अलिकति सन्तुलन गुमाएको भए उ घाईते पनि हुन सक्थ्यो । तर त्यस्तो खाल्डाखुल्डीमा पनि जोखीम मोलेरै उसले सन्तुलन मिलायो र लगभग चार किलोमीटर जति मजाले चलाएर देखायो । त्यो भीडमा उ माथी माथी उडीरहेको जस्तो अनौठो लाग्थ्यो । मैले त्यसैलाई आफ्नो जीवनसंग दांजेर हेरे । यस्तै हो सन्तुलन मिलाउन सके जीन्दगी एउटै चक्कामा पनि मज्जाले गुड्दो रहेछ । तर त्यो अलिकती अनौठो चाहीं हुदोरहेछ अरुका लागी । कतै आफ्नै पनि यस्तै अभ्यास हो कि । If you want to see the video..just click this link  http://www.youtube.com/watch?v=YF8ISXHFNYk&feature=youtu.be

अफि्रकामा युरोफीभर

युरोजोनको आर्थिक मन्दीको चर्चा छांयामा मार्दै आहिले युरोकपले विश्व तताएको छ । सबै ब्यस्त छन् दिनदिनैको दैनीकी हेर्दै आ आफ्नो देश टीम र ब्यक्तिको खेल हेर्न । परिक्षा चलिरहेका साथीहरु भन्छन् परिक्षा त बर्षै पिच्छे आउंछ युरोकप त चार बर्षमा एकपटक आउंछ । हो चार बर्षको प्रतिक्षा पछि आउने युरोकप सांच्चै कति महत्व होला । भरखर जन्मिएको बच्चा तोतेबोली सिकेर पनि स्कुल जाने भईसकेको हुन्छ एसएलसी िदंदा युरोकप हेर्नेहरु अर्को युरोकप सम्म त ब्याचलर पढ्ने भईसक्छन् जागीर खोज्दै भौतारीनेहरु जागीरमा परिपक्व बनिकेका हुन्छन् । हामी नेपाली संविधानसभा चुनाव गरेर बैठक बसेर पांच पटक म्याद थपेर पनि भंग गर्न भ्याईसकेका छौ भने अर्को चुनावको तयारी गर्दैछौ । थाहा छैन अर्को यरोकपमा संविधान बनिसक्छ कि सक्दैन । अनि कति लामो रहेछ त युरोकपको एक फन्को । अनि महत्व त हुने नै भयो नी । अहिले हेर्न छुटाए चार बर्ष कुर्नुपर्छ । फेरी आफूलाई मन पर्ने खेलाडी अर्को पटक त चार बर्ष बुढो भईसक्छ अहिलेको जस्तो खेल्न सक्नी पो हो कि होईन अहिलेसम्म जम्मा ६ जना खेलाडीले चारवटा युरोकप खेलेको रेकर्ड छ । अनि अहिले युरोकप नहेरेर भयो त ?
नेपालमा युरोकप हेर्न समय चाहीं विल्कुल फरक परेछ यसपटक । राती १२ बजे खेल शुरु हुने कतिले निन्द्रा माया मारी मारी फुटबल हेरीरहेका होलान् विहान ढिलो अफिस जाउंला भन्दै । धेरैको निन्द्रा विगारेको छ अझ कतिलाई पकेट रित्तिएको पत्तो भएको छैन होला । खेल्ने देश अर्कै खेलाडी अर्कै देशका जितेदेखी कप लैजाने नी अर्कै तर बाजी हामी राख्छौ अनुमानको भरमा । फुटबल भनेको शक्तिशाली टिमले मात्रै गोल गर्न सक्दैन नी अलिकति लक पनि हो । कि्रश्चियाना रोनाल्डो हुदैमा पोर्चुगलले जीत्ने नी होईन वायन रुनी हुदैमा ईगलेण्डले जित्छ नै भन्ने के ग्यारेन्टी । तर पनि हामी पैसा दाउमा लगाउर्छौ । तर युरोकप होस वा विश्वकप साथीभाई भेटघाट गर्ने एउटा रमाईलो बहाना पनि हो हामीलाई ।
युक्रेन र पोल्याण्डले संयुक्त रुपमा आयोजना गरेको अहिलेको यरोकप पुर्वी युरोपमा भएको पहिलो पटक हो । सन १९६० देखी सुरु भएको युरोकप त्यसपछि १९६४ सम्म UEFA European Nations Cup भनिन्थ्यो । यरोपका १६ राष्ट्र आआफ्नो देशमा चादीले बनेको आठ किलोको आकर्षक कप भित्र्याउने दाउमा छन् । प्रत्येक यरोपीयन क्लवमा कम्तिमा एकजना अफि्रकी खेलाडी आवद्ध छन् । जब जब विश्वमाचमा फुटबल शुरु हन्छ तब रंगभेदको विषयमा चर्चा उत्तिकै हुन्छ । रंगभेद भन्नाले खेलाडी अथवा खेल अधिकारीहरुलाई उनीहरुको देश रंग जात आदिबारे टिप्पणी गरेर होच्याउने अथवा गालीगलौज गर्ने हो । स्पेनीस टीमका कोच लुईस एरागोन्स जो विश्वकपमा आफ्ना खेलाडीलाई फ्रान्सविरुद्ध खेल्न तालीम िदंदै थिए तालिममा एकजना खेलाडीसंग उनले रंगभेदी टिप्पणी गरेको भएर स्पेनीस फेडेरेसनले पांच हजार डलर जरीवाना तिराएको थियो । जति नै रंगभेद भएपनि यरोपीयन क्लवमा अफि्रकी खेलाडीहरुको आकर्षण उस्तै छ । किनकी रंग हेरेर होईन खेल्ने तरिकाले प्रभावित पार्छ दर्शकलाई । स्वयम युरोपमा पनि अफि्रकी जस्ता काला जाति छन् । म्याडोना रोनाल्डोजस्ता खेलाडी बाहेक आईभोरी कोस्टका काला डिडियर ड्रोग्वा ब्राजीलका रोनाल्डीन्हो अथवा पेले नै किन नहुन् उनीहरुका करोडौ फ्यान छन् विश्वमा । अफि्रकी जनताले फुटबलाई त्यति प्राथमिकता दिन्छन् जति भारतमा कि्रकेटलाई दिईन्छ । फुटबलको चार्म देखेर म छक्कै पर्छ । यीनीहरु ब्ाडो निश्चिन्तका छन् । अहिले यहां युरोकपको फिभर छ । बाटोभरी युरोकप हेर्नेको भिड हुन्छ जताततै । रेस्टरेन्ट होटलको ब्यपार भरीभराउ छ । मोबाईलमा अनेक थरी प्राइज राख्दै एसएमएस आएर हैरान पार्छ । नेपालमा साथीभाई मिलेर खाजा खुवाउने सिनेमा हेर्ने अथवा यस्तै सामान्य बाजी राखेको थाहा थियो । तर यहां त बाजी खेलाउने कम्पनीहरु नै हुदा रहेछन् । त्यसमा पनि कसले जित्छ कति गोल हान्छ कसले हान्छ जस्ता तह हुने बाजीकॊ । बाजीमा जग्गा घर कार टेलिभीजन फि्रज लगायतका सामान पाउन सक्ने जित्नेले । त्यसैले उनीहरु प्रत्येक अपडेट हेरीरहन्छन् बाजी राख्नको लागी अनुमान गर्न सजिलो हुने गरी । बाजीकै कारण यहां कोही करोडपति भएका छन् भने कोही रोडपति नी भएका छन् । कतिले अफिस विदा लिएर बसेका छन् युरोकप हेर्नै भनेर । उनीहरुको आंखा लगातार टेलिभिजन रेडीयो ईन्टरनेटमा हुन्छ ।
हेरौ यसपटकको युरोकपको अन्त्य कसरी हुन्छ । २००८ मा कप लगेको स्पेनले निरन्तरता दिन्छ अथवा हारेको जर्मनीले अहिले बदला लिन्छ । पोर्चुगल ईंगलेण्ड र फ्रान्स पनि दाउ हेरीरहेका छन् । के थाहा चेक रीपब्लिक या ग्रीसले पो लाने हो कि अझ मैले ईटाली ग्रीस त छुटाएछु । जे होस अब जुलाई १ सम्म यो फीभर घट्नेवाला छ्रैन झन् बढ्दै जानेछ र उच्चविन्दमा पुग्नेछ । सन् २००८मा नेपालमा हेरेको यरोकप २०१२ मा अफि्रकामा हेर्दैछु । यतिखेर म चाहीं सोच्दैछु सन् २०१६ मा फ्रान्समा हुने युरोकपमा कहां भईन्छ होला । शायद फ्रान्समै पो भईन्छ कि । के भन्न सकिन्छ र जिन्दगीको बाटो कता मोडीन्छ ।

बालसेनाको मानसिकता

एउटा थिएटरमा नाटक हेर्ने निम्ता थियो । भनिएको थियो चाईल्ड सोल्जर सम्बन्धी । टिकट दश हजार युगाण्डा सिलिग थियो । तर बालबालीका सम्बन्धी काम गर्ने संस्थामा साथी पनि काम गर्ने भएकोले पैसा नतिरी हेर्न पाईयो । बालबालीका कसरी युद्धमा लगाईन्छ त्यसले उनीहरुको मानसीकतामा कस्तो असर गर्छ अनि त्यसले समाज राष्ट्र अनि विश्वमा पार्न सक्ने सुस्त तर विकराल प्रभाव बारे देखाईएको थियो । जसै कार्यक्रम शुरु भएको थियो नाटककी निदेर्शक जर्मनी नागरीक भ्यालेरीया मिक्लेलले सुरुमा अलिकति पृष्ठभूमी भन्दै थिईन् । उनले चाईल्ड सोल्जर अफि्रकाको मात्र समस्या होईन विश्वको समस्या भन्दै उनले सीरीया श्रीलंका हुंदै नेपालको नाम लिईन् । म त्यही शब्दमा अडिए जसले मलाई फ्ल्यासब्याकमा पु्र्यायो । माओवादी जनयुद्धताका कति बालबालीका सेनामा भर्ती भएका थिए । भलै समस्या सल्टिसकेको छ तर त्यसले अझै पनि विश्वमा यही सन्देश प्रवाहित गरिरहेको छ ।
दश बर्षको युद्धमा थुप्रै बालबालीकाले अभिभावक गुमाए बृद्धबृद्धाले बुढेशकालको सहारा गुमाए । म अहिले सम्झिरहेकी छु ती बालबालीका जो बुझेर या नबुझेर माओवादी युद्धमा होमीए उनीहरुको जीवन अहिले कसरी चलीरहेको होला । त्यो बन्दुक र बुलेट रगत र स्लाईन मृत्युसंगको जीत र हारले उनीहरुलाई अझै पनि पछ्याउंछ होला कि बिसर्ीए होला । भ्यालेरीयाले आफ्नो नाटकमा भनेकी थिईन जस्तै पीडाबाट गुजि्रएपनि जसरी भएपनि जिवन चलिरहन्छ । लाईफ गोज अन ।
उनले थुप्रै कुरा नाटकमा पस्केकी थिईन । तर म एउटा सानो भिडियो फुटेज राख्दैछु । जसमा उनले बालकिशोरीहरुको कसरी शारीरीक शोषण हुन्छ गर्भवती बनाईन्छ अनि बच्चा जन्माउन गरेको संघर्ष अझ उसलाई बचाउन एउटी आमाले सहेको पीडा मार्मीक ढंगबाट देखाईएको छ । मेरो आंखा रसाएका थिए । सांच्चै नाटकका ती पात्रहरुलाई म मेरै देशका किशोरीहरु सम्झदै थिए त्यतिबेला । के त्यस्तै थियो होला दश बर्षे जनयुद्धमा ?

Worldwide more than a half million children under 18 have been recruited into government armed forces, paramilitaries, civil militia and a wide variety of non-state armed groups in more than 85 countries. At any time more than 250,000 of these children are actively fighting as soldiers with government armed forces or armed political groups. Child soldiering is a global phenomenon, not simply an African one. More than 70 military organizations in 19 countries around the woorld recruited and used them in armed hostilities between 2004 and 2008. Child soldiers are cheap and efficient weapons in asymmetric warfare. Accounts from the field tell of soldiers who are near free to recruit, cheap to feed and quick to follow orders. They aptly learn how to employ brutal tactics. Trained and educated in the ways of guerrilla war, many child combatants grow up in a world where brutality is the norm. The result is a violent gift that keeps on giving. In addition to inducing psychological trauma, a violent childhood reduces healthy educational opportunities, leaving militancy the only viable career path in later years. War becomes a way of life.

To see the video, click here >>> http://www.youtube.com/watch?v=7u-QkO9MqbU&feature=youtu.be

मेरो रिजल्ट रेडियोमा

एसएलसी परिक्षाको रिजल्ट आज हुंदैरहेछ । फेसबुक स्टाटसमा लगातार अपडेट गरिरहेका छन् साथीहरु । जसले धेरै बर्ष अघिको आफ्नो  एसएलसी परिक्षाको नतीजाको सम्झना दिलायो । गाउंदेखी एक घण्टाको बाटो िहंडेर भएपनि अंगे्रजी स्कुलमा पढाउने बुबाको चाहना । त्यसैले भाग्यमानी नै ठान्थे म आफूलाई कि त्यो गाउंमा अंग्रेजी स्कुलबाट एसएलसी दिने पहिलो नै थिए । यतिखेर ती क्षणहरु याद आईरहेका छन् । जतिखेर एसएलसी परिक्षामा घुंडा धसेर पढिएको थियो । यस्तो लाग्थ्यो त्यसपछि पढ्नै पर्दैन जिन्दगीमा यही नै अन्तिम पढाई हो र अन्तिम परिक्षा पनि । एसएलसी परिक्षा दिईसकेपछि पनि नतिजा ननिस्कीएसम्म मन त्यसैमा हुन्थ्यो । भगवानको मन्दीर फोटो अथवा मुर्ति जे देखेपनि दुईहात जोडेर प्रार्थना गरिन्थ्यो । हे भगवान मलाई केही चाहींदैन एसएलसीमा फस्रट डिभिजन आओस । सुनेको थिए एसएलसीको नतीजा कहिलेकाही आशातीत हुदैन । शिक्षकहरु र_िक्स खाएर कपी चेक गर्छन् आफ्ना श्रीमती छोराछोरीलाई चेक गर्न दिन्छन् । म जहिले यही प्रार्थना गर्थे की मेरो कपी सही शिक्षकले नै जांचोस ।
त्यसबेला अहिले जस्तो फलानो दिन रीजल्ट आउंछ भन्ने पनि थाहा हुन्थेन । प्राय जहिले पनि राती रिजल्ट सुनाउने गरिन्थ्यो । अनि भोलीपल्ट गोर्खापत्र लिन छापाखानामै भिड लाग्थ्यो । काठमाडौंमा आफन्त हुनेले अलि चांडै रिजल्ट थाहा पाउंथे । त्यो पनि फोनको सुविधा छ र उसले गोर्खापत्र भेट्टायो भने मात्र । दुरदराजको त कुरा नगरौ काठमाडौं बाहीरकालाई नतिजा थाहा पाउन निक्कै समस्या हुन्थ्यो । सामान्य फोन त नहुने उस समयमा अहिले जस्तो हातको मोबाईल बटन थिचेको भरमा रिजल्ट थाहा पाउनु त कल्पना भन्दा परको कुरा हुन्थ्यो ।
आज राती रेडीयोले समाचार फुक्यो एसएलसी परिक्षाको नतिजा प्रकाशन भएको छ भनेर । आफूलाई रातभरी छटपटि भईराख्यो । एकमनले सोच्छु फस्र्ट डिभिजन त शतप्रतिशत आको छ कतै आक्कल झुक्कल जिल्लाको बोर्डमा पनि पो परिन्छ कि । फगत त्यो रात त्यस्तै छटपटिमा बित्यो । भोलीपल्ट विहान पनि नतिजा थाहा पाउने कुनै विकल्प देखिएन । स्कुल जान पनि मन लागेन । किनभने मनभीत्र एउटा आशंका छदै थियो न फेल पो भइएको छ कि । स्कुल पनि फेरी नजीक भए पो । आ जे त होला भनेर घरमै बसे । दिनभर खुल्दुलीमै वित्यो । त्यसबेला समाचारको स्रोत भनेको मात्र रेडीयो नेपाल नै त थियो । त्यही रेडीयो घन्काउदै बोर्डमा पर्नेहरुको नाम सुन्यो बस्यो । रेडीयोमा अब भने स्रोताको अनुरोधमा गित बजाउने पालो थियो । रेडीयो सुन्दै आफ्नो काममा ब्यस्त थिए । अचानक रेडीयोमा मेरो नाममा सन्देश आयो । काठमाडौंबाट रामबहादुर बुढाथोकीले चितवन बस्ने भााजी कल्पना भण्डारीलाई एसएलसीमा प्रथम डिभिजनमा पास भएकोमा बधाई दिदै यो गीत सुनाउन अनुरोध गर्नुभएको छ । मलाई विश्वास नै भएन ।सांच्चै मेरै मामाले सन्देश पठाउनुभाको होला त । ओहो म यति खुशी भए की त्यसबेला घरमा कोही थिएन सुनाउनलाई तर पनि मन यति हलुंगो भयो । खुशीले मन भरीयो त्यो खुशीमा मामाले कुन गीत अनुरोध गर्नुभएको थियो भन्ने पनि सम्झना भएन । किनकी मेरो दिमागमा त्यही एउटै कुरा घुमिरहॆको थियो । फस्र्ट डिभिजनमा पास  फस्र्ट डिभिजनमा पास । फस्र्ट डिभिजनमा पास ।
हो साच्चै मेरो मामा र रेडीयो नेपाल मेरो एसएलसीको रिजल्ट सुनाउने पहिलो ब्यक्ति । कति महत्व थियो त्यसबेला त्यो रेडीयो त्यो एसएलसी अनि फस्रट डिभिजनको । त्यो क्षण प्रत्येक एसएलसी परिक्षाको बेला उस्तै ताजा भएर आउछन् मेरो स्मृतिमा ।

उ नेपाली ठिटो

मलाई आफ्नै पौरखले जीवन बांच्नेहरु मन पर्छ । अभिजात वर्गमा जन्मिएर अमेरीका र युरोप भन्दा आफ्नै बलबुताले खाडीमा जानेहरुले बगाएको पसिनाको बढी सम्मान गर्न मन लाग्छ । अर्काले बनाईदिएको बाटोमा हिड्न त जसलाई नी सहज हुन्छ तर जसले आफूले बनाएको बाटोमा िहंड्छ उसले बुझेको हुन्छ साचो अर्थमा जीवन । पैत्रीक सम्पतिमा आंखा लाउने भन्दा आफ्नो श्रममा विश्वास गर्नेहरुप्रति म सम्मान गर्छु । 
दैलेखदेखी आफ्नो जीन्दगीको बाटो आफै कोर्दै युगाण्डा आईपुगेको एउटा भाईसंग भेट भयो । उमेरले उ म भन्दा कान्छो तर विहेवारी गरेर छोराछोरीको जिम्मेवारी बोकेको परिवारको जेठो छोरो । सोसल मिडियाकै उपयोगबाट उ संग मेरो भेट भयो । फोन नम्बर आदानप्रदान भयो । पहिलोपटक उसैले मलाई फोन गर्यो । उसको आवाजमा छचल्किएको त्यो खुशी मैले प्रष्टै अनुभव गरे । यस्तो लाग्थ्यो उसले बर्षौ देखी नेपाली बोल्नै पाएको थिएन नेपालीलाई भेट्नै पाएको थिएन । उसको निम्ता थियो एकपटक भेट्नै पर्ने । त्यसैले एकदीन म आफै भेट्न गए । उसको र मेरो बसाई ठ्याक्कै सातदोबाटो र धापासी जस्तो थियो । तर पनि म सोध्दै खोज्दै म गए उसकोमा । एउटा इण्डियन साउको रेस्टुरेन्टमा बसीरहेको गमक्क परेको मोटो मोटो । उसलाई उसको नाम ठिक्क सुहाएको गणेश ।
मलाई देखेर उसको मुहारमा एक प्रकारको चमक महशुश गरे । उ पटक पटक दोहोराईरहन्थ्यो तपाई संग भेटेर म एकदमै खुशी छु । म झन् खुशी नहुने कुरै भएन । मेरो आतिथ्यताका लागी उसले कति धेरै खानेकुरा बनाएर राखेको रहेछ । मम तन्दुरी नान दाल भात कति मिठो थियो । अझ त्यसमा उसले माया सम्मान र आत्मियता मिसाएको थियो ।

enjoying food with ganesh

उ फोनमा जसरी खुलेर बोलेको थियो भेटमा भने निहुरीएर बोल्ने बानी रहेछ । गाउंमा बस्ने श्रीमती दुई वटा छोराहरु अनि बुबाआमाको न्यास्रोले केही अत्तालीएको जस्तो । उ विस्तारै आफ्नो कुरा फुकाउदै गयो । घरमा आइए मा फेल भएपछि बाले हानेको एक लातले एक रातमा उसलाई दिल्लि पुर्यायो । अन्जान ठाउंमा आफूले बांच्न गरेको संघर्ष उ कहिले बिस्रन सक्दैन । बांच्न विकल्पको लागी मान्छेले नगर्ने के हुन्छ र  उसले होटलमा काम गर्यो समय जसरी अगाडी बढ्दै गयोउ काममा पोख्त हुदै गयो । अनि एकजना आफन्त मार्फत उ युगाण्डा आईपुग्यो । यहां आएको पनि तीन बर्ष भएछ । अब त उ साउको विश्वासीलो पात्र बनीसकेको छ । यो पुरै रेस्टुरेन्ट उसलाई आफ्नै जसरी दिएको छ साउले । उसले नै काम लगाउने अख्तियारी पाएको छ अनि तलब पनि त धेरै भएको छ ।
धेरै संघर्षबाट उसले पाएको अहिलेको जिवनले केही सन्तुष्टि दिएको छ । पढाई पुरा गर्न नसकेकोमा भने कताकता पछुतो छ उसलाई । तर अनगीन्ती सघर्षका बाबजुद उ अहिले धेरै कमाउने घरघडेरी जोड्ने भएको छ ।  जे होस एउटा यस्तो संघर्षशील पात्रलाई भेट्दा म पनि खुशी नै थिए । तीन बर्षपछि यसपाली दशैमा  घर जाने योजना बनाएको छ उसले ।  उसको खुशी प्रत्येक वाक्यमा उ जोडीरहेको थियो ।  मात्र नेपालीको नाताले भेटेको उसलाई मैले । फर्कने बेला उसले मलाई सोध्यो तपाई संग खर्च छ  धन्य हौ तिमी गणेश भाई । तिम्रो जीवनमा सफलताको कामना ।

उस्तै भीडमा फरक म

आफूजस्तै मान्छेको जमातमा बांचेको त जीवनमा धेरै भयो । धेरै बर्ष उस्तै परिवेश अनि उस्तै खालका मानीसहरुसंग संगत गरियो । स्कुल पढ्दा उस्तै साथीहरु थिए कलेज जिवनमा पनि उनिहरु नै जागीर खान थालीयो उस्तै साथीहरु । एउटै देश एउटै वातावरण उस्तै रहनसहन र सामाजिक वातावरणमा हुर्किएपछि विचार र संस्कारमा पनि खासै फरक पर्दैन । हाम्रा आफ्नै सामाजिक मुल्य र मान्यताहरु छन् जुन युरोप अमेरिका लगायत पश्चिमा मुलुक भन्दा भिन्न र मौलिक छ । हामी उनिहरु जत्ति खुला र उदार छैनौ हामी केही रिजर्भ छौ । तर हामी त्यही ठाउंमा बसेर अनुभव गर्न पाए सांच्चै कस्तो फरक हुन्थ्यो होला भन्ने मनको चाहना अहिले पुरा भएको छ । म पूर्वि अफि्रकामा पर्ने एउटा मुलुक युगाण्डामा छु । हामी त्यस्ता मुलुकका नागरिक हौ जहां कुनै अमेरिका या युरोप मुलुकको पनि हुनुपर्दैन सेतो छाला भएको खैरो कपाल र कुईरो आंखा भएको मान्छेप्रति अर्कै आशक्ति हुन्छ । उनीहरुप्रति हाम्रो आशक्ति यस्तो छ कि एकपटक बोल्न पाए उ मेरो साथी हो भन्न पाए धन्य सम्झन्छौं । उनीहरु सम्पन्न हुन्छन् हामीलाई दिन बांड्न आएका भन्ने ठान्छौ र हात मोल्दै अघिपछि गर्छौ ।
केही यस्तै अनुभव गर्दैछु म अहिले अफि्रकामा । काला अफि्रकनहरुको भीडमा म ठ्याक्कै चिनिन्छु परैबाट । मलाई देखेर जो कोही पनि फर्किएर हेर्छन् । बाटोमा एक्लै िहंड्दा सबैको आंखा आफूतीर भएको देख्दा कहिलेकाहीं एकदमै अनौठो लाग्छ । यीनीहरुलाई कम्प्लिमेन्ट दिन कसैले भेट्ने रहेनछ । हाई ब्युटीफुल आई लाईक योर हेयर आई लाईक योर आईज यु आर ब्युटीफूल आई लाईक योर सुज ड्रेस त बाटोमा िहंड्नेले नि भन्छन् अफिसका साथीहरुको त के कुरा गर्नु । बाटोमा हिडिरहेको बेला खेलीरहेका केटाकेटी मलाई देखेर खासखुस् गर्छन् उसले उसलाई हेर्न गोरी केटी आउंदैछे भनेका होलान् शायद त्यसपछि सबै एकै स्वरमा दंग पर्दै हात हल्लाएर बाईबाई गर्छन् । गोरीलाई हामीले कुईरी भनेजस्तै यीनीहरुले स्थानीय भाषामा मुजुंगी भन्छन् । उनीहरु बाईबाई मुजुंगी भन्छन् कुईरी खैरी भन्या भए पो अलि अलि रिस उठ्थ्यो मैले पनि हात हल्लाएर बाई बाई भन्दिन्छु । उनीहरु खुशी हुंदै दंग पर्छन् । त्यसबेला मलाई आफ्नो बाल्यकाल सम्झना आउंछ । जतिबेला गाउंमा कोही गोरा मान्छे आउंदा त्यसैगरी बाईबाई गर्थे किनकी त्यसभन्दा बढी अग्रंेजी आउथेन । यस्तैगरी अहिले यहांका केटाकेटी मलाई दंग परेर हेर्छन् म फुरुंग हुन्छु । साना तोतेबोली बोल्ने कलिला केटाकेटीको अनुहारको चमक देखेर म सांच्चै प्रफुल्लित हुन्छु ।
उस्तै काला मान्छेहरुको भीडमा फरक गोरी हुनु पनि अनौठो अनुभव हुनेरहेछ । म कुनै कार्यक्रममा सहभागी भएभने उनीहरु मलाई कुसर्ी छाडीदिन्छन् । म आफूलाई उनीहरुले गरेको सम्मान सम्झन्छु । कतिलाई मेरो कपाल छुन मन लाग्छ मेरो कपाल देखेर लोभीन्छन् । ईथियोपीयामा एउटा केटाले मेरो कपाल छोएर यो सक्कली हो भनेर सोधेको थियो । अफि्रकनहरुको कपाल दह्रो हुन्छ अलि अलि बढ्यो भनेपनि कोर्न सक्दैनन् त्यसैले महिलाहरु नक्कली कपाल राख्छन् भने पुरुषहरु मुडुलो हुन्छन् । साथीहरु भन्छन् तेरो कपाल काटेर मलाई देन कोही भन्छन् हे भगवान मेरो पनि त्यस्तो कपाल भईदिए ।
केही राम्रा अनुभव हुंदा हुदै पनि फरक हुनुको बेफाईदा पनि छ । म परबाटै टक्क चिनिन्छु । सबैको आंखा पर्छ । पाकेटमार र चोरको बीगबीगी त आफ्नै देशमा पनि छ । त्यसैले गोरा मान्छेहरु संग धेरै पैसा हुन्छ भन्ने मानसीकताले किहंकतै काम गर्छ कि जस्तो लाग्छ । बाटोमा एक्लै िहंडदा बसमा यात्रा गर्दा चाहीं कहिलेकाहीं म पनि उनीहरु जस्तै भएको भए नि हुन्थ्यो नि जस्तो सोच्छु । किनकी कसैले एकदमै नोटीस गरिरहेको भान हुन्छ । तर घरमा आएर ऐना हेर्छु अहं नाई मलाई म नै ठिक छु । यस्तै गरी काटौंला म यहां दिनहरु । जिवनमा एउटा नयां र विल्कुल फरक अनुभव जुन शायद मलाई किहं कतै प्राप्त हुंदैन । म उस्तै मान्छेहरुको भीडमा फरक मान्छे गोरी लामो कपाल भएकी नाकमा फूली लगाएकी नेपाली केटी ।

I am missing you

तिमिसंगको साईनो मेरो जन्म अर्थात मैले धर्ति टेक्नु र सृष्टि देख्नु अघिदेखीको । त्यसपछिका हरेक सम्बन्ध तिमि भन्दा सानो छ त्यसैले सम्बन्धमा पहिलो अधिकार मात्र तिम्रो छ । तिमिले दश महिना कोखमा राख्यौ शायद त्यसलाई जिवन्त दिने मिठो कल्पना सजाउंदै । थाहा थियो तिमि बुहारी थियौ त्यसबेला एउटा ठुलो परिवारको । तिमिले त्यो अवस्थामा पनि कति काम गर्नुपथ्र्यो होला । तिमि घांस काट्न जंगल जान्थ्यौ खेतमा काम गथ्र्यौ । त्यसमाथी सासु ससुरा नन्द आमाजु अनि श्रीमानलाई रिझाउन तिमिले आफ्ना कति ईच्छा र चाहनाहरुलाई तिलााजली दियौ होला पक्कै पनि । तिमिले अमफूलाई कहिले केन्द्रमा राखेनौ अहिले पनि तिमि उस्तै छौ । सबैको ख्याल गर्ने तिमिले आफ्नो ख्याल कहिले गरिनौ । त्यसैले त तिमीलाई संसारकै गहन शब्दले पुकार्दैछु । तिमी आमा हौ मेरी आमा । मलाई जन्म िदंदा तिमिले भोगेको प्रसव पीडाको अनुमान मात्र गर्न सक्छु । तिमिले गरेका हरेक संघर्षहरु सांच्चै मलाई कथा जस्ता लाग्छन् । परिवारकी जेठी छोरी र घरकी बुहरीको नाताले तिमिले निर्वाह गरेको हरेक भूमिकामा कहिले आंच आउन दिएनौ । तिमी प्रकृतिले नै त्यस्तै छौ अर्काको खुशीमै आफ्नो खुशी देख्छौ । जिन्दगीका उतारचढावमा तिमिले कत्ति आंशु खसाल्यौ होला कति ठाउंमा चित्त दुख्यो होला तर तिमिले चुपचाप आफ्नो मनसंग मात्र गुनासो गर्यौ । आफ्ना सन्तानले सुख देलान् भन्ने आसामा तिमिलॆ हरेक दुख आत्मसात गर्यौ । तिम्रो त्यो देदिब्यमान चेहरामा दुखका धसा्र कहिले देखिएन किनकी तिमी सुदुर भविष्यको मिठो कल्पनाले ज्वाजल्यमान थियौ । वरीपरी आफ्ना सीर्जनाका फूलहरु ढकमक्क फूलीरहेको सपना देख्थ्यौ । झरी बादल घाम पानी हर समय तिम्रो लागी उस्तै थिए केहीको पर्वाह गर्थेनौ । तिमिले दिनभर घाममा खेत खनेको याद छ मलाई अरुको मेलापात हिडेको याद छ मलाई झमझम पानी परेको बेला घांसको भारी ल्याएर गोठमा बिसाएको याद छ मलाई । तिमी त्यस्ती महान ह्रदयकी धनी हौ जो परिवारका सबैको पेट भरेपछि रहे खान्थ्यौ नभए भोकै सुत्थ्यौ । तिमी बोटमा पाकेको आंप हामीलाई दिन्थ्यौ र आफु बिग्रेको र कांचो खान्थ्यौ । मलाई अझै पनि याद छ सबैजना बत्तिको उज्यालोमा झुम्मिएर पढ्न बस्दा तिमि पर अंध्यारो कुनामा भांडा माझीरहेकी हुन्थ्यौ । मेरो त्यो बाल मष्तिष्कले त्यसैबेला सोचेको थियो तिमिलाई पढ्न रहर छैन होला र तर कहिले गुनासो गरिनौ हामीसंग । तिम्रा सन्तानले पढेर जति प्रगति गरे त्यसमा तिम्रो त्यही संघर्षको देन छ । अहिले त तिमी पनि पढ्न जान्दछौ अलिअलि धेरै सिकाउने रहर थियो तर अब त तिम्रो शरीरले पनि िदंदैन तिम्रा आंखा पनि पहिले जस्ता छैनन् । तिमिले आफ्नो शरीरको पनि ख्याल नगरी दुख गर्यौ नी त्यसबेला । सन्तानका लागी तिमिले गरेको त्याग तपस्या बलिदान र संघर्षको ब्याख्या गर्ने कुनै शब्द छैन । अतुलनीय र अवर्णनीय छ तिम्रो आत्मीयता तिमिले दिएको ममता तिमिले प्रदान गरेको वात्सल्यता अनि तिमिले सिकाएको बफादारीता र ईमान्दारीता । बस म महशुश मात्र गर्न सक्छु । यति ठुलो बनायौ तिमिले कति सपना सजाएकी थियौथाहा छ ति पुरा भएका छैनन् । तर पनि गुनासो गर्दीनौ तिमि त्यसैले त तिमि महान छौ । तिमिलाई खुशी बनाउने असीम ईच्छा छ आमा तिम्रो आंखामा कहिले आंशु देख्न नपरोस् । संसारका हरेक खुशी म तिम्रो लागी दिन चाहन्छु । तिमीले दिएको गुनको बदला दिन सक्ने त्यस्तो कुनै वस्तु छैन यो संसारमा । त्यसैले तिम्रो चित्त दुखाउने अधिकार पनि छैन मलाई । जति तिम्रो समीपमा रहेर सिकें संसारले के सिकायो र । सन्तान भएर तिमी प्रतिको कर्तब्य म कहिले विस्रने छैन । तिमी कत्ति चिन्ता नगर आमा तिम्रो हरेक दुखमा हुनेछु । तिमी निश्चिन्त बन मलाई तिमिले आफ्नो लागी जन्म दिएकी हौ । नजीक हुंदा कहिलेकाहीं चित्त दुखाएं हुंला दुख पनि दिए हुंला तर मेरो अन्तरआत्माले भन्छ मेरो तिमी संगको नाता अजम्बरी छ । समय र परिस्थितीले कहिलेकाहीं संसार देखी टाढा जाने मन होला तर तिमिलाई छोडेर जान सक्दिन म । मेरा हरेक अंगमा तिम्रो रगत बगेको छ । मैले फेर्ने हरेक सासमा तिमी छौ । टाढा छु यत्ति लाग्छ मलाई कि तिमीले मेरो चिन्ता गरेकी हौली । म विश्वास दिलाउन चाहन्छु तिमीलाई कि म तिम्रो सहारा बन्नेछु । मेरा हरेक क्षण तिम्रो लागी हुनेछ । तिमी ढुक्क बन तिम्रा लागी दुनियांका हरेक चुनौती सामना गर्नेछु । तिमीले देखाएको असल मार्गमा िहंडेर जब म लक्ष्यमा पुग्नेछु त्यसको पहिलो श्रेय तिमीलाई जानेछ । टाढा र नजीक त समयले बनाउछ तर मनको दुरी कहिले बढ्ने छैन । तिमी संग पनि दुरी बनाए भने म के सन्तान भएं र आमा आफ्नो कोखमा गर्व गर्ने बनाउंला तिमिलाई । मेरो बलबुताले भ्याएसम्म असल सन्तान बन्ने प्रयत्न गरौंला । तिमी कत्ति चिन्ता नगर आमा तिमिलाई धेरै खुशी लिएर आउंला । जुनीभरी तिमी संगै रहुंला ।

गजल

यसरी भन

जे भन्छौ दिल खोलेर भन

आंखाले होईन बोलेर भन

 

जान्नु नी पर्छ मायाको भाषा

कुरामा मिठो घोलेर भन

 

म्ायामा डर किन हो मान्नु

सबै चुनौती मोलेर भन

 

विश्वास जित्न परिक्षा देउ

मायाको रापले पोलेर भन

जिन्दगीका आरोह अवरोहले धेरै कुरा सीकाउंछ र परिपक्व बनाउंदै लान्छ अनि लाग्छ… यस्तो त म पहिले नै भईदिएको भए यतीखेर अर्को नयां कुरा सिक्नेथिए । जति समय बित्दै जान्छ त्यति आफ्ना पहिलेका कुराहरु अपरिक्पक्व लाग्छन् । समय हो अघि बढेपछि पो सिक्दै गईन्छ । तर उमेर अघिका कत्ति कराहरु पनि सम्झंदा रमाईलो लाग्छ । विगतको कुराले नै त हो नी फेरी पनि मान्छेलाई परिपक्व बनाउने । कति गल्तिले सिकाउंछ कति संगतले सिकाउंछ अनि कति आफै देखेर सिकिन्छ । जे होस सकिदैन कहिल्यै सिक्ने सिलसिला…।अनन्तसम्म॥निरन्तर चलिरहन्छ चलिरहन्छ

कसले सिकाउन पर्छ

फुललाई फकि्रन

सिकाउनु पर्दैन

लहरालाई लत्रिन

 

सॄिष्ट चल्छ निरन्तर

बिहान घाम झुल्किन्छ

रातमा जुनको उज्यालो

सित टलपल टल्किन्छ

 

कहिले हुन्छ अन्त्य

सिकेर सकिन्छ कहिले

जटील जीवन मान्छेको

बुझेर सकिन मैले

 

गजल

एउटा प्रयास 

कोर्दै थिएं अक्षर त्यसै अनायसै गजल भयो

शान्त थियो तलाउ त्यो बिचारको आहाल भयो

अरु त के नै छ र आफुसंग सम्पत्तिको नाउंमा

सिर्जना नै सबै अब सम्पत्ति चल अचल भयो

गीतगजल कथा कविता लेखौंला नी मैले पनी

सिकौला नी धेरै साहित्यमा एउटा पहल भयो

शब्द शब्द केलाउने क्षमता त छैन मेरो

लेख्न सके भन्ने थिएं मनोकांक्षा सफल भयो

जान्दिन म गजल लेख्न एउटा प्रयास गरेको हो

भन्दिनुस न कस्तो भयो ठिकै भो कि अब्बल भयो

गजल

मलाई यस्तै राम्रो

ज्योतीष भन्छ देखाउंदा बत्तीस लक्षण हात राम्रो

तर पनि दशा लागे मलाई सांढे सात राम्रो ॥

झलमल्ल पूर्णीमाको जुनमा पनि मन खुल्दैन

खै किन मलाई त औंशीको कालो रात राम्रो ॥

कोमल अनि नरम हुन्छ भन्छन् सबै फूलहरु

मलाई त सुन्दर त्यो फूल भन्दा पात राम्रो ॥

रमझम र विलासीतामा सोमरसको होईन मलाई

आफ्नै आंशु पिउंदा पाउने अनौठो मात राम्रो ॥

राष्ट्रघाती विद्रोहीको मिठो बोली होईन मलाई्

त्यो भन्दा त शान्तिप्रेमी बुद्धको नै लात राम्रो ॥

प्रशंसा र अभिवादन तिरस्कार भो मेरो लागी

बेईमानी र निष्ठुरी उपमाको खात राम्रो ॥

one month in Uganda

 

One month experience

                                             By kalpana

 

The very first impression

‘Oh really, are u going Uganda? One under develop country to another? If you are going overseas, it’s better to choose go Europe or America.’ These were the comments of my friends when I shared my decision to fly abroad for the exchange programs run By Fk Norway.

I was selected by College of Journalism and Mass Communication (CJMC) to work with Ugand Media Women’s Association (UMWA) in Uganda for 10 months. I found nobody on my side except my father who gave strong confident and inspired me.

‘If you scared of adventure, you learn nothing in your life’.’ This is my thoughts from childhood. I never afraid of walking alone, climbing trees and swimming in rivers. I always love to perform specially at anywhere with anything. That’s made me taking no time to decide to take opportunity to fly Uganda.

Settling with  new environment

Before my visit to Uganda I have been to Ethiopia for training for about 15 days. It  was to prepare the participant to be ready to work in foreign country. On January 22nd I had reached the capital city Aadis ababa, where aadis means new and ababa means flower in Ethiopian language.  I found it very nice. We, the people  from different countries shared the ideas of individuals and culture of society. More over, I found the discussion between the partners and participant,  much fruitful.

I didn’t have much time to stay back in Kathmanu, as I have to fly for Kampala, the capitcal city of Uganda. I departed from Kathmandu international airport  to my destination  with excitement and some fears as well. By travelling with 17 hours of transit in Kenya and Bahrain, I reached Enteebbe airport at midnight of 21st February. When I got out of immigration, I found somebody calling my name, Kalpana. She was Margaret madam, who is the executive director of Uganda media women’s association and mama FM 101.7 Mhz. I got on her car and went to her house but couldn’t see the beauty of city,it was a dark night.

Next morning, Maddam Margaret took me to office. I found the people in the office were welcoming. ‘welcome to Uganda’ they greeted me with smiling face. Then with Catherine and Alice I suddenly rushed to the apartment. I have had assumption  about the home, I found the home was nice.

It was a Hut type house, as most of the houses in Kampala.We three girls went to market for shopping like kitchen utensils, foods and groceries, bed sheets and stuffs of daily uses.

The first meeting in UMWA was impressive. Executive director Margaret and all the members of UMWA and staffs of Mama Fm were gathered in a meeting hall to introduce me and my friend Alice from Zambia. We shared our fears, expectation and excitements in the society. We started get into our job to be done. The first week went with knowing staffs, the market and the route of the busses.

Learning Luganda and knowing city

We started learning Luganda language with teacher Kiwanuka Moses, from the 2nd week,. It’s a bit hard for me, but it is helping me to greet the people, to be close to them. From the second day of class, I started greet  people with  ‘wasuzze Ottya’ in morning and ‘Osibiya ottya’ in afternoon and so on. I found the Ugandans are very pleasant in behavior. I am very much sure, people don’t know me but the simply say, ‘Hi, how are you?’. So they keep me always cheerful.

In shopping center or wherever when I say ‘webale’ instead of ‘thank you’, the people feels happy and grateful to me. Teacher Moses gave lot of information about Uganda and its culture. Lots of internal conflict has made the country suffering, but now it’s on progressive way, its similar to my country Nepal.

In the 3rd week we went to Buganda king’s official residence which is called Kabacas Palace. Nepal has just transformed from royal regime to federal republic. In Uganda though it’s federal republic with monarchism, very novel political system. I found people have respect and affection towards their king and queen. Kabacas palace is inside almost 58 hectare, we round the palace by boda boda, a motorcycles as in taxi service.

It was horrifying to see the tunnel, we visited, where people used to be tortured and killed in the regime of one of the ruler Idi Amin. One of my friend from U.S.A.  has asked me about Idi Amin when I told him that I am in Uganda, I was ignorant on this note. But after visiting the place, I notified him with quite confident and proudly, that I had seen the place.

We visited so many women and human rights organization, in order to have good relation with them to have necessary assistance about the issues. We went Kira police office and get introduced with the inspector and other policemen also.

In 4th week we went to Namugongo which is the historical place, where 45 young Christian believers were burnt alive by king Mwanga II. Believers from all over Uganda and from its neighbor countries gather here and greet with honor with due respect to Ugandan martyrs.

My seven wonders and pleasure

  1. 1.     The Climate and weather

There are some wonders about Africa I stumbled upon. My first wonder is the atmosphere. There was chilly cold in Nepal at the time of my departure, but here I am a bit suffering from sizzling warm. I don’t know whether it’s only my contemplation, I found the sun rises earlier in the morning and it sets late in evening. Whole day the sun is almost the same hot. I came to know that there is no winter season here. Another thing is the time differences, its 3 hour late than my country. So in night, sometime I feel sleepy earlier, but getting habitual on this matter.

  1. 2.     The Roads and transport     

I found the roads and transport are the biggest issues of frustration of the people here. Except the city centre, mostly the roads are not paved, so that everybody has to face the dust. Taxis which we used to call Micro bus, are also not in adequate service, people have to wait for long time. Taxi conductor charge the passenger according to the situation, not according to the rule. They take advantage of rain and peak time.

I came to know from a newspaper that Ugandans are spending 40 percent of their income on transport, as transport is expensive. Besides taxi, Boda-Boda is another means of transport in widely used. It’s motorcycle but in taxi service. It’s a bit expensive than taxi but fastest.

Motorcycles are for only private means and the helmet is obligatory in Nepal, but boda boda riders rarely wear helmet, and sometimes carry three or four people. Even some of the bodas are running on roads without number plate too. Why doesn’t government make the helmet and number plate compulsory ? It’s necessary for safety and security.  The young people are waiting for the passengers in Boda Boda, and the drive it in high speed without caution, so I don’t prefer to get on it.

  1. The plated hairs and breeds

One day, Alice, my roommate from another country Zambia,  wanted to remove her plated hair. I was eager to go with her in saloon. We went to saloon in Ntinda, which is 3 km far from our residence Nalya state. During our walk on the way, we found so many saloons. I wondered what  a huge business is this ?

We entered in a saloon which was crowdie, some were plating new hair, some were removing. Actually its very tough to plate the hair, it takes whole day. I found mostly man are involved in this business.

One small girl, in my assumption she was not more than 5 year was removing her plated hair. She felt pain and cried so horribly. Its expensive, time consuming and painful but most of ladies prefers to plate the hair. They used different color lie pink, purple, green and brown which is plus point in their beauty. Some looks so beauty and dashing in plates if they are sensibly used according to their face cuts and skin color.

  1. 4.     The office and working hour

Working days and hours here in Uganda are unlike to Nepal. In my organization(UMWA),office starts at 9 am and ends at 5 PM. Two days, Saturday and Sunday is off for office, but in Nepal  we have only Saturday to be off  and have to work from 10 to 5 Pm in week days. We don’t take luch to office, but have food stuffs in restaurants.

Here in Uganda,  We have to depart earlier from home and should carry lunch. For me to eat earlier in the morning is a problem. But in the new environment, adjustment is also sometimes enjoyment. Wake up earlier in the morning, making breakfast and lunch and walking to office quickly, a bit challenging for me but I am getting into the new lifestyle.

  1. 5.     The dress and costume

Wearing jeans is most comfortable dress in Nepal, I prefer to wear skirts in Nepal but doesn’t comfortable as the most of woman wear it in Nepal. The women in Nepal (and India) wear  kurta salwar and sari which is long type and almost covers feet. In Uganda I found the women wearing skirts. I am taking advantage here. So I find myself smarter on these outfits.

In Uganda the woman have their nice outfit called ‘Gomesi ‘,but widely used by women from rural areas only. Women and ladies wearing skirts, they look beautiful. But wearing the miniskirts and travelling in bodaboda, looks a bit uncomfortable for me.

  1. 6.     The food stuffs   

Rice, curry dal and pickle is our daily meal in Nepal. We don’t compromise other thing in meal except rice. Matoke which is made from unriped banana, is very famous food here. Apart from this, atap, poso, katoge are also on Ugandan dishes. This place is very favorable for agriculture. So there are lots of fruits like banana, pineapple, jackfruits, avocado etc. I am enjoying on these fruits. I wonder the size of fruits, they are very big in comparison to Nepal.

  1. 7.     The currency and exchange

In the 2nd day of my arrival, I went for shopping. I bought the kitchen items, foods and groceries, bed sheets etc. When I returned back to home and conveyed to my family members and friends that I spent about five lakhs in shooping and I had pizza worth of ten thousands, they could not even comment and dampened. Later I told them the sum was in in shellings, Ugandan currency. When I explained them that one US $ is equal to 2100 to 2400 shellings.  Our currency in Nepal is  rupees and note of 1000 is the biggest currency, we can buy so many food items. But here I have to paid 1000sh, 2000sh for travel within the city, I have to travel with thousands of shellings in bag.

In the initial days, I  used confused  many times, in shopping center when they asked to give 8000 then I used to start to count lots of five thousand notes. They have the coins of about 50,100, 200 and 500.

One thousand is called lukumi, 2000 nkumibiri and so on. Once I asked for pineapple, they told me to pay One thousand five hundred, I repeat it as 15 hundered, they became confused. It was really puzzling for me. The highest note is 50,000Sh here. But nowadays i don’t confuse. I have started to bargaining also, it’s amazing.

Last words

I am not going to miss anything here except my family. As the time passes, I am being very much habituated. I used to be scare on roads also, but now am becoming confident day by day. I feel myself as lucky because I got so nice office with good working environment. All my colleges are much helpful and co operative. My supervisor Sarah Muwanag, a positive minded lady, always inspires me, and wants to make me comfortable. I found UMWA has put great effort to up bring women to the front.

Now after a month, I can say firmly that I have done the right decision to take the oppurtunity. If I had given up, I would surely miss the great opportunity of learning life. Things are going very positively, so what about remaining nine months? Definitely wonderful, I believe.

it’s one month in Africa

युगाण्डा आएको पनि ठ्याक्कै एक महिना भएछ । मेरो दश महिनाको बसाई एक महिनाले घट्यो । अर्काको देशमा त्यही पनि अफि्रका जस्तो ठाउंमा कसरी बिताउने होला भन्ने लागेको थियो नेपालमा हुंदा तर समय हो घडीको सुई आफ्नै रफ्तारमा घुमिरहन्छ । फर्कने दीनको प्रतिक्षा अत्यासलाग्दो भएपनि एक महिना बितेको पत्तै भएन । सुरुको एक साता केही मेसो पाईएन के गर्ने कसो गर्ने कसरी अफीस जाने आदि सिक्नै बित्यो । जे देख्यो त्यही अचम्म लाग्थ्यो शायद cultural differenceले होला अफ्रीकनहरुले बोलेको खाएको लुगा लगाएको हरेक मेरा लागी आश्चर्यको विषय हुन्थ्यो । अचम्म मान्दा मान्दै एक महिना बितेछ अब त मलाई बानी परीसक्यो ।मेरो facebookको भीत्तामा अफ्रीकनकॊ फोटो देख्दा साथीहरुले comment गरेका थिए आहो कति काला मान्छे डर लाग्दैन तपाईंलाई सपनामा त्यो मान्छे आयो भने के गर्ने…आदि ईत्यादी । तर कालै काला मान्छेहरुको भीडमा म बिपनामै बांचीराखेको छु । सुरु सुरुमा मलाई पनि अचम्म लाग्थ्यो र मनमनै भन्थें हे भगवान यती कालो मान्छे किन बनाएको तिमिले  ? सबैको पुजनीय तिमि आफ्नै सीर्जनामा किन यस्तो विभेद गर्छौ  तर मैले विस्तारै बुझ्दै गए । आखिर रंगमा के हुन्छ र  मान्छे त फरक मन र ब्यवहारले हुन्छ । सबैको आत्मामा बस्ने भगवान उस्तै र एउटै हुन् । आखिर हामी सबै जन्मिएर एकदीन मर्नैपर्ने मात्र मानव हौं धर्तीको… देशको सीमारेखा हामीले कोरेका हौं रंगको विभेद हामीले पोतेका हौं अनि धनी र गरीबको खाडल हामीले बनाएका हौं ।

कालो मान्छेहरुको बीचमा म आफुलाई आफै अचम्म मान्न थालीसके । कहिलेकाही उनीहरुको भीडबाट निस्किएर ऐनामा हेर्छु के म उनीहरु भन्दा फरक छु  ? के मेरो रंग गोरो छ र  होईन होला म उनीहरुजस्तै छु होला जस्तो लाग्थ्यो । अनौठो अनुभव हुंदोरहेछ । मलाई बाटोमा अचम्म मानेर हेरीरहन्छन् कति केटाकेटीहरु दंग पर्छन् र मुसुक्क हास्छन् अनि बाई गर्छन् । मलाई केटाकेटीले अचम्मसंग हेरेको एकदमै मन पर्छ ।  यहांका मानीसहरु देख्दा मलाई कहिलेकाहीं सोध्न मन नलागेको पनि होईन कि तिमिहरुलाई कालो भएकोमा किहं कतै हिनताबोध हुन्छ की हुदैन  तर मैले यसरी सिधै सोध्न सकिन केवल उनीहरुको हाउभाउ र कुराकानीबाट बुझीन्थ्यो उनीहरु यस्तै अफि्रकन हुनुमा गर्व गर्छन् मैले आदरपुर्वक घुमाएर सोध्दा मेरी अफि्रकन साथीले यस्तो उत्तर दिएकी थिई “Yes,We love to b African, It’s our identity, that’s why us’’ उसले भनेजस्तै यो उनीहरुको विश्वभरको परिचय हो । अफि्रकामा कालो पनि विभिन्न थरीका हुने रहेछन् कोही एकदमै कालो कोही हल्का कालो कोही फुस्रो कालो र कोही चाहीं एसीयन मुलका जस्ता पनि देखिने । उनीहरु चिल्लो र हल्का उज्यालो कालो face मन पराउंदा रहेछन् । Chinese मान्छे र Chinese समान विश्वमा काहां पाईदैन होला यहां Indian को त बाहुल्यता नै छ । कम्पालामा युरोपीयन र अमेरीकन INGO हरु प्रशस्तै छन् डलरको खेती गर्नेहरुलाई यो पनि विकाशशील राष्ट्र उर्वर भूमी नै हो नी । त्यसैले गोरा मान्छेहरुको ओहोर दोहोर पनि देखिन्छ प्राय । गोरी केटीलाई उनीहरु white girl भन्दा रहेछन् । उनीहरुको आफ्नै भाषा लुगाण्डामा चाहीं मोजुंगी भन्दा रहेछन् । भाषाकै कुरा गर्दा हामी काला मान्छेहरुलाई अलिकति हेपेर काले भन्छौ । तर लुगाण्डामा काले भनेको ठिक छ राम्रो भन्ने हुंदो रहेछ । उनीहरुले जे भनेपनि काले भन्यो भने दंग पर्दा रहेछन् । लौ अचम्म लाग्यो भाषाको विविधता र फरकपना । अहिलेलाई लुगाण्डामा weebale माने  Thank you नेपालीमा धन्यवाद ।

 

A few words

आखिर कहिल्यै पुरा भएर नसकिने रहर त रहेछ जिन्दगी कहिल्यै नसकिने मान्छेका आकांक्षा र चाहनाहरु । एउटा रहर पुरा नहुदै अर्को रहर उब्जन्छ ।  सबैको लीस्ट उतार्नु भन्दा पनि एउटा रहरमात्र खोतल्दैछु । धेरै रहर मध्ये मेरो एउटा रहर थियो ब्लग लेख्नु । स्वभावैले मान्छे अरुसंग घुलमील हुन मन पराउंछ अरुलाई आफ्ना कुरा बाड्न मन पराउंछ र यो भन्दा पनी ठुलो मानवीय स्वभाव भने अरुले आफ्नोबारे के सोच्छ भन्ने मान्छे जान्न चाहन्छ । त्यसैले हामी भन्छौं नी अरुको विषयमा जति सोच्ने गर्छौ त्यती आफ्नो बारे सोच्ने हो भने समाज अर्कै दीशामा अघि बढ्थ्यो । एउटा अंग्रेजी भनाई मलाई सारै मनपर्छ M Mind your business। तर पनि स्वभाव हो सानैदेखी यस्तै समाजमा रहीयो र यस्तै हुन सिकियो ।

मैले रहरको कुरा गर्दै थिए । धेरै रहर मध्येको यो रहर अहिले पुरा गर्दैछु । यो त्यस्तो समयमा गर्दैछु जहां म मेरो समाज मेरो परिवार मेरो साथीसंगी सबैबाट टाढा छु । समय होयसको बहकाईमा बांधीने न हौं हामी । तर जति टाढा भएपनि प्रविधिले कति नजीक ल्याईदिएको छ । मोबाईल र टेलिफोन भन्दा पनि विदेशमा ईन्टरनेटको एकदमै महत्व लाग्यो । अहिले सबैसंग कुरा गर्न पाएकी छु Facebookको माध्यमबाट । नेपालमा हुंदा यसको खासै उल्लेख्य महत्व लाग्ने थिएन उहि सामान्य कुरा गर्यो chat मा पनि त्यति रमाईलो लाग्थेन । त्यसैले म कहिलेकाहीं मात्र online हुन्थे । तर अहिले विदेशमा हुंदा यसको महत्व महशुश गरेकी छु । एउटा सामान्य देशको सामान्य नागरीक म Africa जस्तो देशमा दश महिना काम गर्ने हिम्मत र साहस जुटाएर आएकी छु । नर्वे सरकारको Exchange Project बाट म यहां आएकी हुं । सुरुमा युगाण्डा जाने भनेपछि कता कता मनभीत्र डर नलागेको पनि होईन । तर भनिन्छ नी Oppurtunity does not knocks your door frequently। यसैलाई असल मन्त्र सम्झेर मैले जाने निर्णय गरे । यसमा मलाई मेरो बुबाले अझ बढी हौशला दिनुभयो । विदेश गएपछि धेरै थाहा हुन्छ धेरै बुझीन्छ, अनुभव हुन्छ जसले आगमी दिनमा अझ अघि बढ्न आत्मविश्वास दिन्छ भन्नुभयो । परिवारको पुर्ण समर्थन भएपछि संसारमा जहां गएपनि काम गर्न सकिन्छ भन्ने मनमा  लाग्यो । मलाई लाग्छ बुबा आमा आफ्ना सन्तानका लागी जहिले पनि मार्गदर्शक हुन्छन् । हामीले पढेर के जानेका छौं र जति उहांहरुले परेर जान्नुभएको छ ।

नेपलमा हुंदा युगाण्डा जादैछु भन्दा धेरैले जिब्रो टोकेका थिए । िहंसाले ग्रस्त मुलुक नजानु भनेर कती आफन्त र शुभचीन्तकले नसम्झाएका पनि होईनन् । मैले यो देशबारे अखबारमा विरलै पढेकी थिए भने टेलीभीजनमा पनि कमै देखेको थिए त्यो पनि नकरात्मक कुरा मात्रै । तर यहां आएपछि थाहा भयो बाहीर प्रचार भएजस्तो रहेनछ युगाण्डा । विस्तारै विकास तिर लम्किरहेको एउटा मुलुक जहां अधिकांश जनता गरिबिको रेखामुनी कष्टपुर्ण जीवन बांचीरहेका छन् । जहां मानवअधिकार र कानुनले कमै महत्व पाएको छ ।  नेपालमा जस्ता राजनीतिक नेतृत्व भ्रष्टाचारमा मुछिनु कुनै नौलो कुरा होईन रहेछ । हरेक दीन अखबारमा नेताका  भ्रष्टाचारका कुरा छापीन्छन् । नेताहरुप्रति जनताको तीब्र आक्रोश छ ।

धेरै कुरा भनौला भन्ने छ । साथीहरुसंग धेरै कुरा share गरौंला गफगाफ गरौंला। त्यही भएर अहिले यत्ति मात्र भने । धन्यवाद

माया मारी जिन्दगीको

बिसाउन ठाउँ छैन भारी जिन्दगीको

खनीखोस्री बसेकी छु बारी जिन्दगीको ।

एक झुल्को घाम छैन,बास दिने ओत छैन

थेग्नु मैले कसो गरी झरी जिन्दगीको ।

भिर पाखा घुम्तीहरु अनकन्टार उस्तै

जसोतसो चल्दैछ सवारी जिन्दगीको।

चिन्ता मात्रै सँधैभरी यसो हो कि उसो

बाँच्नै पर्ने रैछ माया मारी जिन्दगीको।।

नितान्त ब्यक्तिगत

प्रीय बर्ष २०७४ साल,
मान्छेले बनाएको समयको यो भागमा तिमी २०७४ साल भनेर नामकरण भएका छौ, होइन भने सृष्टिको नीयममा दिन र रातसहीतको क्षणमात्र बर्गीकरण हो भन्ने मलाई लाग्छ । तिम्रो ३६५ वटा दिनमा आज अन्तिम रात म यो सम्बोधन गर्दैछु । मनभरी बसेको, आँखा भरी सजिएको अनि मुटुभरी छाएको यादहरुको समर्पण तिम्रो नाममा । जिन्दगीका हरेक बर्षहरु भन्दा पृथक, प्रष्ट र प्रत्युष जस्तै बन्यौ । जन्मेदेखी मृत्यु सम्मको दुरीमा थाहा छैन मलाई, तिम्रो अस्तित्व जिन्दगीको कुन भागमा छ, तिमी बिचमा छौ या अन्तिममा छौ । तर म यत्ती भन्न सक्छु जिवनको एक अंहम र महत्वपूर्ण बर्ष हौ तिमी । जिवनमा केही यस्ता समय वा घटना हुन्छन्, जुन बर्षौ बितेपनि हिजो अस्ति झैं लाग्छ अनि केही यस्ता हुन्छन् जुन हिजो अस्ति घटेपनि यादबाट सयौं दुरी टाढा रहन्छन् । यी दुवै स्थिती र परिस्थीती तिमीले दिएर गएका छौ । सागरको खोँचदेखी सगरको उचाई सम्म पुर्याएका छौ । कति विषयमा जिवनले गहनता हासील गर्यो । कतिमा जिवन सतहमा मात्र रह्यो । कतिमा जिवन आफै डुबुल्की मार्यो । यो सब तिमीले दियो ।
बषौैदेखीका कतिपय मान्यताहरु आँखा अगाडी धुजा धुजा भए । वरीपरी मजबुत बनाएर राखेका विश्वासका पर्खालहरु पनि एक एक गरेर झरे । अनि आफैले हिँडेर आएको बाटो फर्केर हेर्दा आफै झस्किएँ । कहिलेकाहीँ जिवनमा सबैतीर अन्धकार हुँदा पनि आफैमाथीको विश्वासको तेजले एउटा आसाको बाटो देखाउँछ । हो म त्यही आसाको बाटो पछ्याउँदै हिँडे । जिवनमा कहिँ कतै प्राथमीकतमा नपरेका सामान्य ठानेका मान्छेहरु साँच्चै सह्रदयी र सहयोगी भएर आए । कसैले देखाएको आत्मियता र सह्रदयताको विशाल छातीले आकासको आयतनलाई पनि कम आँकीरहेको थियो । जिवन सिकाई र भोगाइहरुको संगालो न हो । कतै खुशी कतै दुख कतै सफलता कतै असफलता । यी र यस्तै यती धेरै सोच्ने र भोग्ने विषय हुन्थेन भने मान्छेको जिवन कसरी चल्थ्यो होला र । यो सबै यात्रामा कतिपय अवस्थामा आफ्ना आशयलाई अरुले अनर्थ लगाइदिँदा चित्त दुख्छ, आफ्ना ब्यवहारलाई अनुकुलतामा ब्याख्या गरिदिदा मन दुख्छ । म चाहीँ कोही कसै भन्दा फरक कसरी हुन्थेँ र । त्यसैले यती लाग्छ जिवनमा कोही कसैलाई राम्रो गर्न सकिदैन भने म नराम्रो गर्दीन, राम्रो भन्न सक्दिन भने पनि म नराम्रो भन्दीन, राम्रो सोच्न सक्दिन भने पनि म नराम्रो सोच्दीन ।
२०७४ सालले जिवनलाई केही फरक लयमा लगेको छ । वस्तु, घटना र समयलाई हेर्ने द्रष्टि दरिलो भएको छ, सोच सुद्रढ भएको छ, मन द्रढ भएको छ । प्रीय २०७५ साल, मेरो यही आसा र अपेक्षा तिमीसँग छ । त्यसैले २०७५ साल तिमी जिवनमा यस्तो भएर आउनु, कि मैले कहि कतै कसैको पनि मन नदुखाउँ, कसैको विषयमा नराम्रो नभनु, कसैको बारेमा नराम्रो नसोचुँ । हरदम सबैको जिवनमा खुशी, सुख र संवृद्धीको कामना गर्न सकुँ । जिवनको अर्को एउटा पानमा तिमीलाई खुशी खुशीका रंगहरुले भर्न सकुँ । ह्रदय विछ्याएर स्वागत तिमीलाई…..

मेरी आमा

 

अग्राखको काठ
आगोमा जलेर खरानी हुन सक्छ
तर म आफ्नो अस्तित्व
त्यही एक चिम्टि खरानीको धुलोमा पाउँछु
त्यती कमजोर म काहाँ छु र
तर तिनीहरुलाई थाहा छ
तिमी मात्र मेरो कमजोरी हौ
त्यसैले त पटक पटक प्रहार गर्छन् तिमीलाइ
र मलाई दुखाउन खोज्छन् ।

म सोच्थेँ
तिमीलाई पनि म जस्तै बनाउनु छ
किनकी तिमी कमजोर त हुनै सक्दैनौ
तिमीले त हातमा आगोको ज्वाला बोकेर
आफ्नै जीवनको चित्तामा आगो लगाइसकेकी छौ
हेर त
कति हिम्मत छ तिम्रो
तर तिनीहरु भ्रममा छन्
र ठान्छन्, तिमी सजिलै दुख्छौ
म चाहन्छु
त्यो द्रष्टिभ्रमको पर्दा च्यातीयोस अब
सोच त
जीवनका आरोह अवरोहमा
सँधै उच्च रहेकी तिमी
मेरो प्रेरणा
मेरो भरोसा
मेरो आकांक्षा
अनि मेरो सर्वश्व
मेरो जीवनकै एक अहंम मान्छे
म भन्दा कमजोर त कसरी हुन्छ
अँह यो ते इश्वरले पनि मान्दैनन्
आमा,
म त तिम्रै पेटबाट
तिम्रै रगतबाट
बनेको मान्छे हुँ

आजभोली,
तिमीमा आएको चेतनाको राप
तिमीमा बलेको विश्वासको ताप
तिमीले देखाएको आत्मविश्वास
तिमीले बोकेको अदम्य साहस
देखेर म नतमस्तक छु
कामना चिरस्थायीको

म यस्तो मान्छे

म त इन्द्रेणीको रंग खोसेर हिँडेको मान्छे !
म त अाँधिमै आगो झोसेर हिँडेको मान्छे !!

तिमी तर्साउँछौ बन्दुकको नाल देखाउँदै !
म त छातिमै बारुद भरेर हिँडेको मान्छे !!

दुख्नु र दुखाउनुको अर्थ केही छैन साथी !
म त आँखामै समुन्द्र बोकेर हिँडेको मान्छे !!

माया, प्रेम, सद्भाव नखोज कहिल्यै म भित्र !
म त मुटुमै पत्थर ठोकेर हिँडेको मान्छे !!

 

फरक छ आमा हिजो र आज

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो सन्तानले पेटमा लात्ताले नहान्दा दुखी हुन्थ्यौ
आज त्यही सन्तानले पेटमा लात्ताले हान्दा दुखी हुन्छ्यौ

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो प्रसव पिडाको बेला उ नरुँदा दुखी हुन्थ्यौ
आज जिवन उत्तराद्र्धमा उ रोए दुखी हुन्छ्यौ

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो ताते भन्दै हात समाउँदै हिंड्न सिकायौ
आज उ हिँडेरै तिमीबाट कोशौं टाढा गयो

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो तोते बोलेर आमा शब्द सुन्दा विव्हल हुन्थ्यौ
आज त्यही शब्द सुन्न नपाएर विव्हल हुन्छ्यौ

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो सन्तानको खातिर तिमी बाँच्थ्यौ
आज सन्तान अर्कैैको खातिर बाँच्दछ
– कल्पना भण्डारी